site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेको ग्राउन्ड रिपोर्ट : सत्ता गठबन्धन कायम रहे चुनाव जित्न गाह्रो
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीले एक्लै ६०–६५ प्रतिशत विजय हासिल गर्ने दाबी गरिरहेकै बेला प्रदेश अध्यक्षले भने वर्तमान सत्ता गठबन्धन कायमै रहे एमालेले चुनाव जित्न गाह्रो हुने निष्कर्ष पेस गरेका छन् ।

बुधबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकमा प्रदेश अध्यक्षहरुले ग्राउन्ड रिपोर्ट सुनाएका थिए । जसअनुसार हालको सत्ता गठबन्धन नै चुनावमा होमिएमा पहिले जितेका स्थान पनि जोगाउन नसकिने निष्कर्ष उनीहरुको छ ।

गठबन्धन नभएको अवस्थामा भने राम्रै जित निकाल्न सक्ने उनीहरुको ब्रिफिङ थियो ।

यस्तो छ प्रदेश अध्यक्षहरुको ब्रिफिङ

बुधबारको केन्द्रीय कमिटी बैठकमा सातै प्रदेशका अध्यक्षहरुले प्रदेशगत अवस्थाको ब्रिफिङ गरे । प्रदेश १ मा भने पार्टीको आकर्षण बढेको भन्दै राम्रै नतिजा आउनसक्ने एक नम्बर प्रदेशका अध्यक्ष तुलसी प्रसाद न्यौपानेले बैठकमा सुनाए ।

उनले एमालेबाट विभाजित भएको दल नेकपा एकीकृत समाजवादीको असर न्यून रहेको समेत जिकिर गरेका छन् । सत्ता गठबन्धन कायमै रहे पनि नतिजा एमालेको पक्षमा रहेको निष्कर्ष सुनाएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

अन्य प्रदेशको तुलनामा प्रदेश एकमा एमाले कमजोर नरहे पनि सत्ता गठबन्धन प्रमुख चुनौती भने रहेको छ । 

त्यस्तै मधेस प्रदेशका अध्यक्ष रामअवतार यादवले पार्टी प्रवेशको लहर चलेको र अवस्था सुधार हुँदै गएको बताएका छन् । उनले सिरहा, सप्तरीलगायतका जिल्लामा पार्टी एक नम्बरमा रहेको दाबी गरे ।

त्यस्तै दोस्रो नम्बरमा नेपाली कांग्रेस, तेस्रोमा जसपा, चौथोमा माओवादी केन्द्र र पाँचौंमा लोसपा रहेको उनको निष्कर्ष छ ।

त्यसैगरी वाग्मती प्रदेशमा एमालेले ८० स्थानीय तहमा विजय हासिल गर्ने आकलन गरेको छ । प्रदेश अध्यक्ष केशवराज पाण्डेले यस्तो आकलन बैठकमा सुनाएका थिए । प्रदेशका १३ जिल्लामा ३ वटा महानगरपालिका, १ वटा उपमहानगरपालिका, ४१ वटा नगरपालिका तथा ७४ वटा गाउँपालिका गरी ११९ स्थानीय तह छन् ।
 
उता गण्डकीका अध्यक्ष नवराज शर्माले एक्लाएक्लै चुनावमा गए एमालेको सिट पहिलेभन्दा केही बढ्ने तर सत्ता गठबन्धन कायमै रहेमा भने एमाले कमजोर अवस्थामा पुग्ने बताएका थिए । 

एमाले यसअघि ३९ स्थानीय तहमा विजयी भएको थियो । गठबन्धन कायम रहेमा अहिले २७ स्थानीय तह जित्ने अध्यक्ष शर्माले बैठकमा रिपोर्टिङ गरे ।

उनका अनुसार सत्ता गठबन्धन कायम रहेमा पहिले जितेका १२ सिट पनि गुम्न सक्छ ।

स्याङ्जा, लमजुङ, तनहुँ, मनाङलगायत सातवटा जिल्लामा पहिलो रहेको सुनाए । त्यस्तै गोरखा जिल्लामा भने एमाले कमजोर रहेको उनले बताए ।

१०९ स्थानीय तह भएको लुम्बिनीमा एमाले एक्लै लडे ६५ स्थानीय तहमा जित हासिल गर्ने रिपोर्ट प्रस्तुत भएको छ । तर, गठबन्धन कायम रहेमा ४१ सिट मात्र खुम्चिनुपर्ने रिपोर्ट प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलको छ ।

त्यस्तै कर्णालीमा ७९ पालिकामध्ये २९ वटा पालिका जित्ने आकलन सुनाए । विगतमा एमाले २७ पालिका जितेको थियो । सत्ता गठबन्धन बनेमा १५ वटामात्रै जित्ने स्थितिमा रहेको प्रदेश अध्यक्ष विनोद कुमार शाहले बताए ।

त्यसैगरी सुदूरपश्चिमा स्थानीय निर्वाचनमा सबै पार्टी अलग–अलग निर्वाचनमा गएमा ३८ पालिका जित्ने रिपोर्ट प्रदेश अध्यक्ष दामोदर भण्डारीले पेश गरे । त्यस्तो अवस्थामा अरु ३७ पालिकामा प्रतिष्पर्धा हुने र १३ पालिकामा अवस्था कमजोर रहेको निष्कर्ष उनको छ ।

त्यस्तै सत्ता गठबन्धन कायम रहेमा २३ पालिकामा जितिने ४६ पालिकामा प्रतिष्पर्धा हुने र १९ वटा पालिकामा अवस्था कमजोर हुने उनको आकलन छ ।
 
नेताहरुको जोड गठबन्धन

एमालेका नेताहरुले भने निर्वाचन जित्नका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । सत्ता गठबन्धन कायम रहेमा चुनाव निकै अफ्ठ्यारो पर्ने उनीहरुको भनाइ छ । अध्यक्ष ओलीले एक्लै लड्ने बताए पनि ग्राउन्ड रियालिटी भने त्यस्तो नरहेको उनीहरु बताउँछन् । 

ओली निकट नेताहरुले ओलीलाई एक्लै नजितिने बताउँदा पनि उनको ‘कन्फिडेन्स’ नघटेको एक नेताले बताए ।

“हामीले गाह्रो छ भन्दा अध्यक्ष हामीलाई जनताले मत दिन चाहेका छन् । किन दिँदैनन् मत ? तपाईंहरु त्यसै डराउनुहुन्छ । जनताकाबीचमा गएर प्रचार गर्नुहुन्न भन्नुहन्छ,” उनले सुनाए ।

पार्टीले गठबन्धन नचाहे पनि स्थानीय स्तरमा गठबन्धन हुन सक्ने ती नेताको भनाइ छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro