खेल

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको आईसीसी एकदिवसीय वरीयतामा पाँच स्थान सुधार भएको छ ।
आईसीसीले सार्वजनिक गरेको पछिल्लो बलिङतर्फको वरीयताअनुसार सन्दीप अहिले ६१औँ स्थानमा छन् । यसअघि उनी ६६औँ स्थानमा थिए ।
एकदिवसीय वरीयताको शीर्ष सयमा नेपालबाट सन्दीप मात्रै परेका छन् । ब्याटिङतर्फ पनि नेपालका कुनै खेलाडी शीर्ष सयमा परेका छैनन् ।
प्रकाशित मिति: बुधबार, चैत ९, २०७८ १७:५६
प्रतिक्रिया दिनुहोस्