site stats
बाह्रखरी :: Baahrakhari
खेल
एनएसएल चैत २५ गतेबाट, खेलाडी ट्रान्सफर क्लबको समझदारीमा हुने
एनएसएल अक्सन । (फाइल तस्बिर)

काठमाडौं । विवादमा तानिएको नेपाल सुपर लिग (एनएसएल) चैत २५ गतेबाट गर्न अखिल नेपाल फुटबल संघ(एन्फा)ले बुधबार अनुमति दिएको छ । 

एनएसएलले सहिद स्मारक ‘ए’ डिभिजन लिगका क्लबहरूले आफूसँग अनुबन्धित भएका खेलाडीहरूलाई विना अनुमति अक्सनमा समावेश गरेको भन्दै विरोध गरेपछि विवाद बढेको थियो । क्लबहरूले विरोध गरेपछि एन्फाले अक्सन तत्कालका लागि रोक्न निर्देशन दिएको थियो । तर, एन्फाबाट कुनै पत्र नआएको भन्दै एनएसएलले अक्सन गराएको थियो । एन्फाले त्यसको स्पष्टीकरण पनि सोधेको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

क्लबहरूले कडा प्रतिवाद गरेपछि एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा संयोजकत्वमा विवाद समाधान कार्यदल गठन गरेको थियो । कार्यदलले चैत २५ गतेबाट प्रतियोगिता गर्न अनुमति दिने निर्णय गरेको छ । त्यस्तै यस संस्करणको प्रतियोगिताको सकिएसँगै एन्फा र एनएसएलबीचको सम्झौता स्वतः रद्द हुनेछ । 

त्यस्तै एनएसएलका लागि खेलाडी ट्रान्सफर क्लबहरूको आपसी समझदारीमा गर्न दिने निर्णय भएको कार्यदलका एक सदस्यले बताए । त्यस्तै खेलाडी तथा क्लब दर्ता एन्फाले नभई एनएसएल आफैले गर्ने निर्णय गरेको छ । 

प्रतियोगिता अब चैत २५ देखि जेठ १ सम्म हुने छ । प्रतियोगितामा १० फ्रेन्चाइज क्लबले प्रतिस्पर्धा गर्ने छन् । अघिल्लो संस्करण सात क्लबले प्रतिस्पर्धा गरेका थिए । यसपटक तीन नयाँ क्लब थपिएका छन् ।

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १७:३९
प्रतिक्रिया दिनुहोस्