site stats
बाह्रखरी :: Baahrakhari
देश
चोभारमा टाटासुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंको चोभारमा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।

बुधबार ना१ज ६३५४ नम्बरको टाटासुमो गाडीले बा९२प २३१ नम्बरको पल्सर मोटरसाइकललाई टक्कर दिँदा दुईजनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेश मैनालीले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ठक्करबाट काठमाडौंको नागार्जुन नगरपालिका बस्ने समीर गिरीको मृत्यु भएको हो । अर्का मृतकको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पताल पुर्‍याइएको थियो । लगत्तै अस्पतालले मृत घोषणा गरेको हो ।

“गाडी चालक सिमरा उपमहानगरपालिका–६ का सञ्जय खानलाई नियन्त्रणमा लिइएको छ,” प्रहरी उपरीक्षक मैनाली भने ।

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १६:४०
प्रतिक्रिया दिनुहोस्