site stats
बाह्रखरी :: Baahrakhari
विशेष
यातायात व्यवस्था विभागका सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । यातायात व्यवस्था विभागले सर्भरमा आएको समस्याका कारण आज बेलुकादेखि सबै सेवा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ ।

सेवा अवरोध सम्बन्धी सूचना प्रकाशित गर्दै विभागले भनेको छ, “विभागका सर्भरहरुमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न आज अपराह्न ५ बजेदेखि उक्त समस्या समाधान नभएसम्मका लागि यातायात कार्यालयहबाट प्रदान गरिने सबै सेवाहरु अवरुद्ध हुने व्यहोरा जानकारीका लागि अनुरोध छ । यसबाट सेवाग्राहीलाई हुन जाने असुविधाप्रति विभाग क्षमाप्राथी छ ।”
विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले सूचना जारी गर्दै भनेका छन् ।

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १४:२२
प्रतिक्रिया दिनुहोस्