site stats
बाह्रखरी :: Baahrakhari
विशेष
लेटाङ घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विराटनगर । मोरङको लेटाङमा एक महिला प्रहरीको ज्यान जाने गरी भएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । प्रदेश नम्बर–१ प्रहरी कार्यालय विराटनगरले घटना छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा समिति गठन गरेको हो ।

घटनाको सबै पक्षको अनुसन्धान गर्ने र दोषी पत्ता लगाउने गरी समितिलाई कार्यादेश दिइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । एसएसपी चौधरी प्रदेश–१ प्रहरी कार्यालय, अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा प्रमुखका रूपमा कार्यरत छन् ।

लेटाङमा छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको घटनापछि गएको आइतबार झडप भएको थियो । आक्रमणमा परी प्रहरीजवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । घटनामा २५ प्रहरी र  सात सर्वसाधारण घाइते भएका छन् ।

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १४:११
प्रतिक्रिया दिनुहोस्