काठमाडौं । नेपालको पर्यटन क्षेत्रका ‘किङ’का रुपमा परिचित राधेश्याम सर्राफको निधन भएको छ । ९२ वर्षको उमेरमा उनको उपचारको क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको हो ।
सर्राफ ५९ वर्षअघि भारतबाट नेपाल आएर व्यवसाय सुरु गरेका थिए ।
उपचारको क्रममा भारतको मेदान्त अस्पतालमा निधन भएका उनी सन् १९६३ देखि काठमाडौंमा नियमित बस्दै आएका थिए ।
उनको पार्थिव शरीर आजै काठमाडौं ल्याउने तयारी गरिएको छ । दिउँसो पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।
सर्राफका दुई छोरा छन् । उमेश र अरुण उनका छोरा हुन् । सर्राफले नेपाल र भारतमा ठूला होटेल सञ्चालनमा ल्याएका थिए ।
उनले सन् १९७७ मा काठमाडौको दरबारमार्गमा होटल याक एन्ड यती होटल खोलेका थिए । उनले त्यसअघि हङकङमा बसेर व्यापार गर्दै आएका थिए ।