site stats
बाह्रखरी :: Baahrakhari
देश
सर्लाहीमा जीपको ठक्करबाट महिलाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सर्लाहीको गोडैटा नगरपालिका–१० मा गए राति जीपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते छिन् ।

भारत घर भई हाल सर्लाहीको गोडैतास्थित माइतीमा बस्दै आएकी ४० वर्षिया रन्जीतादेवी मन्डलको मृत्यु भएको हो । अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जनाइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सोही दुर्घटनामा ६५ वर्षीय जयकलियादेवी मण्डल गम्भीर घाइते भएकी छन् । उनको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

गए राति करिब साढे ९ बजे भारतीय नम्बरको जीपले पैदलयात्रीद्वयलाई एकैसाथ ठक्कर दिएको थियो । जीपसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीचौकी गोडैताले जानकारी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  ०९:४७
प्रतिक्रिया दिनुहोस्