site stats
बाह्रखरी :: Baahrakhari
देश
संस्कृतिमन्त्री आले भन्छन्– राज्यको सम्पत्ति दोहन गर्न कसैलाई दिन्न

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विगतका सरकारका पालामा कौडीको भाउमा दिएको नारायणहिटी राजदरबार सङ्ग्रहालय आफूले फिर्ता ल्याउँदा धेरैको टाउको दुःखाइ भएको बताएका छन् । 

“नारायणहिटी राजदरबार सङ्ग्रहालय कौडीको भाउमा दिन हामीले गणतन्त्र ल्याएका हौँ ?”, उनले भने, “राज्यको सम्पत्ति दोहन गर्न कसैलाई पनि दिन्न । म नेपाली जनताको शीर ननिहुरिने गरी काम गर्छु, आफू पनि गलत गर्दिनँ र गर्न पनि दिन्नँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले वैदेशिक राजगारीमा जाने नागरिकका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विश्रामस्थल, तातोपानी, चिसोपानी, निःशुल्क वाइफाइको व्यवस्था मिलाइएको र विमानस्थलमा कोभिड परीक्षण गरेको शुल्क रु दुई हजारबाट घटाएर एक हजार १०० बनाएको बताए ।  

विमानस्थलमा रहेका ट्याक्सी व्यवसायीले मिटरमा जान नमान्ने, मनोमानी रकम लिने गरेका कारण आफूले यात्रुलाई सहज होस् भनेर विमानस्थलबाट गोल्डेनगेटसम्म निःशुल्क सटल बस सञ्चालन गरेको जानकारी दिए । रासस

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  ०८:४१
प्रतिक्रिया दिनुहोस्