site stats
बाह्रखरी :: Baahrakhari
विदेश
१३२ यात्रु बोकेको ‘चाइना इस्टर्न’ विमान दुर्घटनाग्रस्त 
फाइल तस्बिर
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बीबीसी । १३२ जना यात्रु बोकेको चाइना इस्टर्न एयरलाइन्सको विमान चीनको जुआङछी प्रान्तमा दुर्घटनाग्रस्त भएको चिनियाँ उड्डयन विभागले जनाएको छ । अहिलेसम्म क्षतिको विवरण प्राप्त भएको छैन । 

बोइङ ७३७ विमान पहाडी क्षेत्रमा दुर्घटनामा परेको बताइएको छ, जसकारण जङ्गलको बीच आगलागी भइ धुँवा देखा परिरहेको चीनको राष्ट्रिय संचारले जनाएको छ । उक्त विमान कुमिङबाट स्थानीय समय अनुसार दिउँसोको १ :१५ बजे ग्वाङजाउका लागि उडेको थियो ।
 
फ्लाइट ट्रयाकिङ साइटले सो विमान उडेको एक घण्टामा दुर्घटनामा परेको रिपोर्ट गरेको छ । उद्धारकर्मीहरु त्यस क्षेत्रतर्फ गइसकेको पनि खबर गरिएको छ । 

फ्लाइटरेडर २३ डाटाको सबैभन्दा पछिल्लो जानकारीमा सो विमान स्थानीय समय २ः२२ मा ३,२२५ फिटको उचाइमा सम्पर्कविहीन भएको देखिएको छ । 
 

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १५:०८
प्रतिक्रिया दिनुहोस्