site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कलाकारको पारिश्रमिकविनै ‘आरआरआर’को लगानी ३३६ करोड !

मुम्बई । एसएस राजमौलीको बहुप्रतीक्षित चलचित्र ‘आरआरआर’ रिलिजका लागि तयार भइसकेको छ । 

चलचित्र बिग बजेट, कलाकार टिमलगायत कारण चलचित्र विशेष छ । ठुलो लगानीमा बनेको आरआरआरको लागत राजमौलीको अघिल्लो ब्लकबस्टर चलचित्र ‘बाहुबली’भन्दा करिब १०० करोड बढी दाबी गरिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“हामीले आरआरआरका निर्माण टिमबाट आवेदन पाएका थियौँ । उक्त जानकारीअनुसार निर्माताले चलचित्रका लागि ३३६ (भारु) लगानी गरेका छन् । छिट्टै, फाइल मुख्यमन्त्रीसम्म पुग्नेछ र त्यसपछि हामी चलचित्र टिकटको मूल्य बढाउनतर्फ सोच्छौँ,” आन्ध्र प्रदेशका मन्त्री पेरनी नानीले भने । 

यो जन जीएसटी र कलाकार अनि क्रिको पारिश्रमिकबाहेक लागत हो । 

चलचित्रमा भारतीय सिनेमाका महँगा सुपरस्टार रामचरण, जुनियर एनटिआर, आलिया भट्ट र अजय देवगन फिचर्ड छन् । 

चलचित्रको लगानी चार सय करोडभन्दा बढी हुने अनुमान गरिएको छ । सरकारले लगानीलाई मध्येनजर गर्दै हललाई प्रत्येक टिकट मूल्यमा थप ७५ रूपैयाँ बढाउन निर्देशन दिएको छ । 

चलचित्र तेलुगू स्वतन्त्रता सेनानी अल्लुरी सीताराम राजु र कोमाराम भीमबाट प्रेरित काल्पनिक कथा हो । चलचित्र तेलुगूलगायत हिन्दी, कन्नाडालगायत भाषामा यही मार्च २५ मा रिलिज हुँदैछ ।

द इन्डियन एक्सप्रेसबाट ।

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  १९:३०
प्रतिक्रिया दिनुहोस्