1647601139.jpg)
काठमाडौं । स्पेक्ट्रम कला संस्थाले होलीको अवसरमा विशेष चित्रकला कार्यशालाको आयोजना गरेको छ । बिहीबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपतिसहित विभिन्न कलाकारहरूको उपस्थितिमा कार्यशाला आयोजना गरिएको संयोजक राम कृष्ण थापाले जानकारी दिए ।
२०५९ सालमा स्थापना भएको स्पेक्ट्रम संस्थाले ८ वर्षदेखि निरन्तर रूपमा होलीको अवसरमा विशेष चित्रकला कार्यशालाको आयोजना गर्दै आएको छ ।
सीमित स्रोत र साधन भएर पनि कलाको विकासका लागि कला प्रदर्शनी, निःशुल्क कला शिक्षा, पुरस्कार, सम्मान तथा गाउँ–गाउँमा पुगेर कला कार्यशाला गरी जनचेतना जगाउनेजस्ता कार्यहरू गर्दै आएको संस्थाले जनाएको छ ।
ओझेलमा परेका कला, कलाकार तथा ऐतिहासिक स्थानहरुलाई उजागर गर्दै लग्ने संस्थाको लक्ष्य रहेको संयोजकले थापाले बताए ।