site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कंगनापछि ‘द कश्मिर फाइल्स’का निर्देशकलाई ‘वाई’ श्रेणीको सुरक्षा

मुम्बई । भारतीय चलचित्र ‘द कश्मिर फाइल्स’ रिलिज भएदेखि नै निकै चर्चामा छ । कश्मिरी पण्डितहरूको पलायनमा बनेको चलचित्रले ताली र गाली दुवै पाइरहेको छ ।

आलोचकरूले चलचित्रले मुस्लिमहरूविरुद्ध घृणा फैलाउने सन्देश दिएको विरोध भनेर गरिरहेका छन् । चलचित्रका विरोधीहरूले यसका निर्देशक विवेक अग्निहोत्रीलाई ज्यान मार्ने धम्कीसमेत दिएका छन् ।

धम्कीपछि भारतको गृह मन्त्रालयले निर्देशक विवेकलाई ‘वाई’ श्रेणीको सुरक्षा दिएको छ । विवेकलाई यो सुरक्षा पूरा भारतमा आरपीएफले दिँदै छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो चलचित्र रिलिज हुनुअघि निर्देशक अग्निहोत्रीले आफ्नो ट्विटर अकाउन्टसमेत डिएक्टिभ गरेका थिए । उनले आफूसहित परिवारलाई ज्यान मार्ने धम्की आइरहेको र अश्लील म्यासेज पनि आइरहेको बताएका थिए । त्यसपछि सरकारले उनलाई ‘वाई’ श्रेणीको सुरक्षा दिएको हो ।

यसअघि सरकारले अभिनेत्री कंगना रनौतलाई उक्त श्रेणीको सुरक्षा दिएको थियो । 

के हो वाई श्रेणीको सुरक्षा ?
यो श्रेणीको सुरक्षामा जम्मा ११ जना सुरक्षाकर्मीहरू खटिएका हुन्छन् । जसमा दुईजना निजी सुरक्षागार्ड (पीएसओ) पनि हुन्छन् । यसमा कुनै कमान्डो तैनाथ हुँदैन । यो सुरक्षा देशका सम्मानित व्यक्तिहरू र नेताहरूको ज्यानको खतरा भएमा मात्रै दिने गरिन्छ ।

तर, यो सुरक्षा मन्त्रीहरूले पाउने सुरक्षा भन्दा फरक हुन्छ । यो सुरक्षा लिनुपूर्व सरकारलाई निवेदन पेस गर्नुपर्छ । त्यसपछि सरकारले खुफिया एजेन्सीहरूमार्फत सम्भावित खतराको अनुमान गर्छ । साँच्चै निवेदकको ज्यान खतरामा रहेको देखिएपछि मात्र सुरक्षा दिइन्छ । गृहसचिव, महानिर्देशक र मुख्य सचिवको समितिले सम्बन्धित व्यक्तिलाई कुन श्रेणीको सुरक्षा दिने भन्ने निर्णय गर्छ ।

मार्च ११ मा रिलिज भएको चलचित्रले राम्रो कमाइ गरिरहेको छ । रिलिजको एक हप्तामा चलचित्रले ९५.५० भारु कमाइ गरिसकेको छ । चलचित्रमा अनुपम खेर, दर्शन कुमार, पल्लवी जोशी, मिथुन चक्रवर्ती, चिन्मय मान्डलेकरको मुख्य भूमिका रहेको छ ।

नवरात टाइम्सबाट ।

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  १६:१५
प्रतिक्रिया दिनुहोस्