site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निर्वाचन समिति पुर्नगठनको विषयमा अध्यक्ष कुमार पन्तको आपत्ति
Tiktok banner adTiktok banner ad

काठमाडौं । गैरआवासीय नेपाली संघको आगामी महाधिवेशन थप पेचिलो बन्दै गएको छ । एनआरएनएका पूर्वअध्यक्ष शेष घलेले संघको निर्वाचन समिति पुर्नगठन गरी छुट्टै सम्मेलनको आयोजना गर्न लागेको भन्दै अध्यक्ष कुमार पन्तले आपत्ति जनाएका छन् । 

पन्तले विज्ञप्ति जारी गर्दै संघका पूर्वअध्यक्ष शेष घलेले संघको निर्वाचन समिति पुर्नगठन गरिएको र छुट्टै सम्मेलन आयोजना गर्ने भनिएको कदमप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाए ।

गैरआवासीय नेपाली संघको निर्वाचन यही मार्च २४–२५ तारिख हुने तय भइसकेको अवस्थामा आपसी सहमतिबाट अहिलेको समस्या समाधान गर्न सकारात्मक पहल भइरहेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

संघले विज्ञप्तिमार्फत् अन्तर्राष्ट्रिय समन्वय परिषद्को ८२ औँ बैठकले संरक्षक परिषद् र उच्चस्तरीय समिति भंग गरिसकेको र संघको विधानले पूर्वअध्यक्षलाई कुनै पनि कार्यकारी अधिकार नदिएको अवस्थामा पूर्वअध्यक्ष शेष घलेबाट चालिएका कदम विधान र संघको परम्पराविपरीत भएको जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १४:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro