site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
प्रकाश सपूतलाई एउटा पत्र

प्रिय, प्रकाशजी  ! 

इन्टरनेटको माध्यमबाट भए पनि नमस्कार ! हुन त आजकाल अधिकांशका अक्सर भेट र गफ इन्टरनेटबाटै त हुनेहुन् । त्यो भएन भने मोबाइल । स–शरीर भेट त आजकाल कहाँ हम्मेसी हुन्छ, हैन र ?

आइतबार (आज) बिहान साढे ९ बजे तपाईंलाई फोन गरेको थिएँ । फोन अफथियो । नरमाइलो लाग्यो । अर्को नम्बरमा डायल गरेँ । झनै मन खिन्नभयो । कारण त्योनम्बर पनिअफथियो ।  त्यसपछि म सँग जे विकल्प थियो, त्यही प्रयोग गरेँ अर्थात फेसबुक म्यासेन्जर । जहाँ तपाईं र म बेला–बेला कुरा गथ्र्यौं । त्यसमा पनि तपाईंको रेस्पोन्स पाइन । अनि निष्कर्षमा पुगेँ– तपाईं पिरमा हुनुहुन्छ ।  

KFC Island Ad
NIC Asia

बोल्नै पर्ने त उखुमै त्यस्तो केही थिएन । अघिल्लो दिन (शनिबार) तपाईं हाम्रो बोलचाल नभए पनि देखादेख भएकै थियो । स्टेजबाट तपाईंले नै हो मेरो प्रिय मित्र नरेश भनेर स्टेजमा मलाई बोलाएको । 

तर, त्यही प्रिय साथीलाई २४ घण्टा नपुग्दै रेस्पोन्स गर्नु भएन ।त्यसैले मन खिन्न त हुने नै भयो । 

Royal Enfield Island Ad

तपाईंले फोन नउठाउनु भएकोमा भन्दा पनि तपाईंले ‘पिर’ मा लिएको पिरले चाहिँ मलाई नमज्जा लाग्यो । तर, पनि म तपाईंसँग बेखुसी छैन । सायद म भएको भए पनि त्यही गर्थें कि !

तपाईंलाई यो समाजको चप्पा–चप्पा थाहा छ । म पनियही पहाडको उकालो ओरालो गरेकाले तपाईंको थोर बहुत मूल्यांकन गर्न सक्छु । तपाईंलाई बाध्यता, विवशता र वेदना थाहा छ । म यो पनि मूल्यांकन गर्न सक्छु किन भने मैले पनि थोरबहुत भोगे/देखेको छु । सहरमा काँडो बिज्दा अपरेसन गर्न अस्पताल भर्ना हुँदा हामी कहिले खिल पल्टिन्छ र दुख्न छोड्छ भन्ने पर्खाइमा खल्च्याङ खल्च्याङ गर्दै भारी बोकेर लेकबेसी गथ्र्यौं । तिनै पीडादायी अनुभव तपाईंले भन्नुभयो र त आज त्यही सुनाउँदै हुनुहुन्छ । अभाव र बाध्यतामा पिल्सिरहेका बेला कोही सपना देखाउन घरकै ढोका आइपुग्यो । त्यसैले तपाईं हाम्रै लंगौटीया साथीहरु जंगल छिरे । कति सुनौलो सपनाको भारी बिसाउन नपाउँदै जंगलबाट गाउँ फर्किन पाएनन् । पाएका मध्ये केहीका सुनौला सपनाहरू दिनदुई गुणा रात चौ गुणा फष्टाउँदै झांगिए । तर, केही  अझै पनि छातीमा पसेका गोलीका छर्राहरू निकाल्न नसकेर बसिरहेका छन् । कोही घाइते शरीर र मनहरू लिएर दिनरात रोइरहेका छन् ।

यही कथा होइन तपाईंले ‘पिर’मा सुनाएको ? मैले जे देखेको थिएँ, तपाईंले त्यही गाइदिनु भएछ । मैले जे सुनेको थिएँ, तपाईंले त्यसैलाई शब्दमा उनेर लय भरिदिनु भएछ । 

प्रिय, प्रकाशजी  ! 

त्यसैले तपाईं फोन स्विच अफ गरेर बस्नु पर्दैन । आफ्नै साथी तथा शुभचिन्तकहरु बाट भाग्नु पर्दैन । तपाईंका संघर्षका कथाहरू मैले सुनेको छु । तपाईंले मलाई थुप्रै पटक आफ्नो संघर्ष र दुःख सुनाउनु भएको छ । ती दिनहरू पार गरेर भर्खर भर्खर त खुसी हुन थाल्नु भएको छ, किन फेरि दुःखी हुनुहुन्छ ? दुःखी त ती व्यक्ति हुनुपथ्र्यो जसले ‘पिर’गाउन बाध्य बनायो । पिर त तिनले लिनुपर्छ जसले आफ्ना प्रतिबद्धतालाई लुतो फाले झैं फोलेर मनमौजी गरे । टेकेको लठ्ठी आधा बाटोमै हुर्याइदिए । 

प्रिय, प्रकाशजी  ! 

तपाईंले भनेको सुन्नु भएकै छ निगीत, संगीत र सिनेमामा देशको माटोको परावर्तन हन्छ । माटोमा जे छ त्यसमा त्यही आउँछ । ऐनाले त्यही देखाइदिन्छ ऊ अगाडि जे छ । माटोमा त्यही फल्छ जे को बिऊ रोपेको छ । 

तपाईंले आफ्नो शिल्पमार्फत् देशको यथार्थ भनिदिनु भयो । जुन कथा तपाईंले भनिदनु भयो संयोगले त्यो माओवादीको यथार्थ कथा परेछ । माओवादीको ठाउँमा कांग्रेस वाएमालेले १० वर्षे सशस्त्र युद्ध लडेर उनीहरु अहिलेको अवस्थामा आएको भए, सम्बोधनमा उनीहरू पर्ने थिए । 

प्रिय, प्रकाशजी ! 

तपाईं आत्तिनु पर्दैन । गीत माटोकै हुन्छ । तपाईंले गाथा होइन गाएको गीत नै हो, त्यसैले किन आत्तिनु हुन्छ ? गाथा गाउन त कार्यकर्ता छँदैछन् नि जुन गाइरहेकै छन् । तपाईं माटोको गीत गाउँदै जानुस्, कमरेड र यस्तै अन्यहरू डराउँदै जाउन् । तपाईं सोच्नुस् त कति कमजोर रहेछन् तपाईंलाई धम्क्याउनेहरू ? एउटा गीतदेखि डराउने ? कस्ता हिम्मतिलाहरूले क्रान्ति गरेछन् है ? एउटा गीतबाट डराउनेहरुले ?

तपाईंलाई पनि सायद अहिले मलाई जस्तै उदेक लागिरहेको होला । 

सिर्जनाको तागत कति हुन्छ ? सायद बुझेरै हो आज तपाईंलाई हप्कीदप्की गरेका । 

 

प्रिय, प्रकाशजी ! 

तपाईं दरिलोगरी खुट्टा टेक्नुस् । सकेसम्म धेरै सञ्चारमाध्यममा अन्तर्वार्ता दिनुस् । आफ्नो मनको कुरा राख्नुस् । र, ती प्रत्येक अन्तर्वार्तामा संविधानमा लेखिएको ‘वाक तथा प्रकाशन स्वतन्त्रता’को अर्थ के हो भनेर सोध्नुस् । कि यो राजनीतिक दलका नेता र उनीहरूका कार्यकर्ताका लागि मात्रै हो ? भनेर सोध्नुस् न ।

कुरा रह्यो, पूर्वलडाकुको आत्मसम्मानको । यसले तपाईंलाई केही विचलित बनाउन पनि सक्ला । तर, साहित्य र संगीतमा बिम्बको प्रयोग हुन्छ । त्यो तपाईंले पनि गर्नु भयो । के बिराउनु भयो ? प्रकाशजी तपाईंले सबै पूर्वमहिला लडाकुले देह बेचेका छन् कहाँ भन्नु भएको छ र ? भन्नु भएको थियो भने माइतिघर मण्डलामा तपाईंविरुद्धका हजारौं प्लेकार्डहरु बोकेर उभिनेहरूको भिड लागिसकेको हुन्थ्यो । त्यो भिडमा स्वतस्फुर्त सहभागीहरूको जमात ओइरिने थियो । सायद म पनि अहिले त्यहीँ हुने  थिएँ ।त्यसैले ढुक्क हुनुस् विरोधको रोइलो नेतृत्त्वलाई बाहिरी संसारबाट गुमराहमा राखेर जयजयकार गर्ने झुण्डको हो । नेतृत्तवलाई अध्यारो बाटोमा हिँडाउने एकाध व्यक्तिहरूको हो । बुज्रुक भइदिएको भए त नेतृत्वलाई आँखा खोलिदिने सिर्जना भनेर नेतृत्त्वसम्म पो पुर्याउँथे होला होइन र ? त्यसैले पाखण्डहरूको विरोधमा आँखा चिम्लिनुस् । इमान्दार भएर गरिएको सिर्जना हो भने अबिचलित रहनुस् । 

किन डराउनु हुन्छ ? हरेक चिया पसलमा हुने गफ त हुन्, तपाईंले गाएका । हरेक मनका कुन्तरको भाव त तपाईंले समेटेका । 

सिर्जना सधैँ स्वैर रुमानी परि कल्पना मात्रै हुँदैनन्, बाध्यता, विवशता र यथार्थको चित्रण पनि हुन्छ । कहिले माओवादीले छोडे र बिर्सिएकाहरूले भोगेको दुःख होला, कहिले एमालेले दिने दिवा सपनाका पोका होलान् त कहिले आधा शताब्दीदेखि रुमल्लिरहेको कहिले मेलो नसार्ने कांग्रेस होला । सुनाउँदै जानुस्, नागरिक सुन्दै जानेछन् । सक्नु हुन्छ भने बरु अलि चाँडो चाँडो सुनाउनुस् । स्रोता/दर्शक तपाईंलाईं अंगाल्दै जानेछन् । रुष्ट हुनेहरूले धारे हात लगाउँदै जाउन्, तपाईं कालो चस्मा लगाएर अगाडि बढ्दै जानुस् । माटोमा कथा लेन्स लगाएरै खोज्नुस् । जनताका अन्तरह्रदयलाई झंक्रित बनाउँदै जानुस् । 

 

प्रिय, प्रकाशजी ! 

तपाईं किन हडबडाउनु हुन्छ ? नहडबढाउनुस् । पशुपति शर्माको व्यङ्ग्यात्मक गीत नपचाउने हाम्रा राजनीतिक दल, तीनका नेता र सांसद तथा कार्यकर्ताहरूको कमजोर मनोविज्ञान तपाईंले बिर्सिनु हुँदैन । त्यसबाट तपाईंले हिम्मत जुटाउनुपर्छ । 

आफ्नैले छोडेर हिँडिसके । आफ्नैले कति ठाउँमा अभद्र व्यवहार देखाइसके । समाचारहरूमा राजनीति छोडेर विदेश पलायन भएका खबरहरू हामीले पढिरहेकै हो । गाथा गाउनेहरू पनि कति विरोधी भइसके । तर, पनि केही व्यक्तिहरू पुरानै धङधङीबाट बाहिर आइसकेका रहेनछन् । समाजमा यस्ता केही व्यक्ति र प्रवृत्ति त समाज रहेसम्म रहिरहन्छ । मात्रै अहिलेलाई तपाईं निर्धो होइन बलियो हुनुपर्छ । 

 

प्रिय, प्रकाशजी ! 

तपार्ईंले पटक–पटक कान थाक्नेगरी सुनेको शब्द, कलाकार देशका गहाना हुन् । गहना अर्थात सिंगारपटार/सजावटको बहुमूल्य बस्तु ।  शोभा दिने र वाह्य इज्जत बढाउने बस्तु । गहना मन लागेको बेला लगाइन्छ, नलागे फुकालेर राखिन्छ । हाम्रोमा कलाकारलाई आवश्यक परे गहना नै झैं प्रयोग गरियो (हरेक राजनीतिक परिवर्तनका आन्दोलन)मा । मन नलाग्दा गहना फुकालेर राखे झैं कलाकारले जतिसुकै कराए पनि राज्यले वास्तै गरेन । यसको कारण के हो थाहा छ प्रकाशजी ?

मलाई लाग्छ तपाईंले पनि अनुभूत गर्नु भएको छ । हाम्रा सिर्जना नै बलिया भएनन् । बलिया होलान् तर सत्य यही हो जति हुनुपर्ने त्यति सशक्त भएनन् । त्यसैले आजसम्म सरकारले तपाईंहरूका आवाज सुनेन । हेपिरह्यो । तिनै हेप्नेहरू अहिले दपेट्न खोजिरहेका छन् । जब, विस्तारै तपाईंहरूका सिर्जना बलिया हुँदैछन् । त्यसैले उनीहरू सुन्न थालेका छन् । र, डराउन थालेका छन् ।

 

त्यसैले प्रिय, प्रकाशजी ! 

अब डराउने तपाईं र पशुपति शर्माहरू होइन, जनताका सपना लुट्नेहरूको पालो । जनता मुठ्ठी उठाएर तपाईंलाई साथ दिनेछन् । तपाईं मुठ्ठी फुकाएर खुकुलो बनाइसकेकाहरूलाई सच्च्याउन यसैगरी खबरदारी गर्दै जानुस्, तपाईंलाई जनताले सुन्दै जानेछन् । साथ दिँदै जानेछन् । कमजोरी देखाइदिँदै जानुस् । 

प्रिय, प्रकाशजी ! 

सच्चिने त बाटो बिराएकाहरूले हो । बाटैमा खुट्टा भएकाहरूले त अगाडि बढ्ने हो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  ०६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro