site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युक्रेनबाट भागेका नेपाली जर्मनीको जेलमा, लिथआनिया र बेलारुसको जंगलमा ११ नेपाली अलपत्र
फाइल तस्बिर
Tiktok banner adTiktok banner ad

काठमाडौं । रुस युक्रेन तनावका कारण युक्रेनबाट भागेका नेपालीहरु जर्मनीको एक जेलमा परेका छन् । जेलमा परेकाहरुलाई नेपाली दूतावासले पहल गरेर बाहिर ल्याएको गैर आवासीय नेपाली संघका तर्फबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ विज्ञप्ति

रुस – युक्रेन द्वन्द्व  अपडेट – ७

प्रेश विज्ञप्ति

लन्डन । युक्रेन युद्धबाट भागेर जर्मनीको जेलमा परेका नेपालीहरु  नेपाली दुतावासको पहलमा निस्केका छन् । जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्का अनुसार उनीहरुलाई जर्मनीको अध्यायगमन विभागले नियन्त्रणमा लिएको थियो ।  

राजदुत खड्काका अनुसार रुस युक्रेन द्वन्द्व पीडित नेपालीहरु दुतावासको सम्पर्कमा आउन छाडेको  जानकारी दिनुभयो ।

रुस–युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिको बैठकलाई शनिवार साँझ सम्बोधन गर्दै राजदुत खड्काले केही बिचौलीयाहरुले युरोपका बिभिन्न देशमा रहेका नेपालीहरुलाई भित्र्याउन  रसिया–बेलारुस युक्रेन हुँदै युरोप ल्याउन दलालहरु सकृय हुन् सक्ने भन्दै  सचेत रहन आग्रह गर्नुभयो ।

उहाँले युक्रेनमा रहेका नेपालीहरुको सफलता पूर्व उद्दार गर्न सहयोग गर्ने गैरआवासीय नेपाली संघलगायत अन्य संघसंस्थालाई धन्यवाद  दिनुभयो ।

खड्काले युद्धमा विस्थापित भएका नेपाली मध्ये ४ जनालाई भारतीय सरकारको सहयोगमा उद्धार गरी  नेपाल पठाएको जानकारी दिनुभयो । भारतले २ जना हंगेरी, १ जना रोमानिया र १ जनालाई  पोल्याण्डबाट गरी ४ जनालाई भारतीय सरकारले उद्दार गरेको हो ।  नेपाल फर्किएका १० जना मध्ये बाँकी ६ जना आफै सहयोग जुटाएर नेपाल फर्किएका हुन् ।

यसैबीच युद्धमा अलपत्र परेका नेपालीहरुलाई जर्मनीस्थित नेपाली दुतावासले निःशुल्क यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) जारी गरेको छ । हालसम्म ५६ जना नेपालीहरुले यात्रा अनुमति पत्र लिएका छन् ।

बैठकमा स्वास्थ्य समितिका संयोजक डा. बोध सुवेदीले युक्रेनको लुगानबाट आएका ६ जना विधार्थीहरुलाई उद्धार गरेर सुरक्षित स्थानमा पुराइएको जानकारी दिनुभयो । उहाँले ३५ वर्षदेखि युक्रेनमा बासोबास गर्दै आउनु भएका एकजना नेपाली परिवारले समेत युक्रेन छोडेर हिड्नु भएको जानकारी दिनुभयो ।

एनआरएनए पोल्याण्डाका महासचिव पवन खड्काले संघले अलपत्र परेका नेपालीहरुलाई खाना बस्नको व्यवस्था गरेको बताउनुभयो ।

यस्तै एनआरएनए स्पेनका अध्यक्ष शालिकग्राम डुम्रेले  युद्ध प्रभावित देशमा १ सय ३२ जना नेपाली एनआरएनए स्पेनको सम्पर्कमा आएको जानकारी दिनुभयो । उहाँले पीडितको आग्रह अनुसार अधिकांश नेपालीलाई पोर्चुगल पठाएको जानकारी दिनुभयो ।

एनआरएनए पोर्चुगलका अध्यक्ष रविन अधिकारीले युक्रेनबाट आएका नेपालीहरुको खाना बस्नको लागि आवश्यक सहयोग जुटाउन संघ सकृय रहेको बताउनुभयो ।

युद्ध शुरु भएपछि युक्रेनमा रहेका नेपालीहरु आफ्नो ज्यान बचाउन पोल्याण्ड, स्लोभाकिया, फ्रान्स, हंगेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावा लगायतको देशमा पुगे छन् ।  

पछिल्लो तथ्यांक  अनुसार हालसम्म पोल्याण्डमा ४ सय ६६ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २८ जना, हंगेरीमा ८ जना, र ४ माल्दावा पुगेका हुन् ।

 
लिथआनिया र बेलारुसको जंगलमा ११ नेपाली अलपत्र
रुसबाट हिडेका ११ जना नेपालीहरु लिथआनिया र बेलारुसको जङ्गलमा अलपत्र परेका छन् । उनीहरुले एनआरएनए स्लोभाकियाका प्रतिनिधि जय प्रकाश शिवाकोटीलाई सम्पर्क गरी शनिवार आफ्नो उद्धारको लागि पहल गरिदिन आग्रह गरको हुन् ।

उनीहरु रुसबाट युरोपका अन्य मुलुक जान हिँडेको आशंका गरिएको छ ।  सम्पर्ककर्ता मध्येका एक सुभाव कुँवरले ह्वास्स एप मार्फत आफ्नो उद्धारको लागि अनुरोध गरेका थिए । जर्मनीको लागि नेपाली राजदुत रामबाबु खड्काले ती नेपालीहरु युक्रेन युद्ध पीडित नभएर अन्य विचौलियामा मार्फत युरोप छिर्न हिडेको हुने सक्ने आशंका गर्नुभयो । खड्काले उनीहरुको खोजीको लागि रुसस्थित नेपाली दूतावासमार्फत समन्वय गरेर उनीहरुसँग सम्पर्क स्थापित गर्न खोजिएको जानकारी दिनुभयो । उनीहरुले रुसमा विगत केही बर्षदेखि बसोबास गर्दै आएको समेत बताएका थिए ।  
 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  ०९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro