site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
दक्षिण कोरियाले हटायो क्वारेन्टिनमा बस्नुपर्ने बाध्यता : नेपाली श्रमिकलाई सहज
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

सोल । विदेशबाट दक्षिण कोरिया प्रवेश गर्नेलाई त्यहाँको सरकारले अब क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था यही मार्च २१ तारिखबाट लागु हुने दक्षिण कोरिया सरकारले जनाएको हो । यसअघि, दक्षिण कोरिया प्रवेश गर्ने सबैले अनिवार्य रूपमा सात दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था थियो ।

यो व्यवस्था आएसँगै वर्षौँदेखि कोरिया प्रवेशको पर्खाइमा रहेका विदेशी मजदुरलाई आकर्षक रोजगारीको गन्तव्य भनिएको मुलुक दक्षिण कोरिया जानलाई थप सहज हुने भएको छ । दक्षिण कोरियाले नेपाललगायत पाकिस्तान, थाइल्यान्ड, भियतनाम, बंगलादेश, श्रीलंका, म्यानमारलगायत १६ देशबाट ईपीएस कामदार लैजाने गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

क्वारेन्टिनका लागि बस्ने ठाउँकै अभावका कारण लामो समयदेखि नेपाललगायत अन्य देशबाट विदेशी नागरिक सहज रूपमा कोरिया उड्न पाइरहेका थिएनन् । यसका साथै कोरिया छिरे पनि क्वारेन्टिनको शुल्क महँगो हुने कारणले समेत थप समस्यामा परेको गुनासो पनि उत्तिकै आइरहेको थियो । यो व्यवस्थाले सबै समस्या हल हुने अनुमान गरिएको छ ।

कोरोनाभाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएकाले मात्रै यो सुविधा पाउने जनाइएको छ । दक्षिण कोरियाको यो निर्णयले अब कोरिया विस्तारै विदेशी आगमनलाई खुकुलो पार्दै जाने सोचमा रहेको बुझ्न सकिन्छ । कोरोनाभाइरस संक्रमणका कारण सहज रूपमा कोरिया प्रवेश गर्न नपाउँदा नेपालबाट रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत भाषा पास गरेर उडानको प्रतीक्षामा रहेका हजारौँ श्रमिक प्रभावित भइरहेका थिए ।

Global Ime bank

कोरियाले केही समयअघिबाट विस्तारै कामदार प्रवेश गराउन थाले पनि प्रतीक्षामा रहेका कामदार धेरै भएका कारण कोरिया प्रवेश सहज भइसकेको छैन । तर, यो निर्णयले कोरिया प्रवेश छिटो हुने बुझाइ यहाँका विभिन्न संघसंस्थाको प्रतिनिधिमा छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय