site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एमसीसीमा पन्छियो एमाले, व्याख्यात्मक घोषणालाई 'कागजको खोस्टो'को संज्ञा 
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी
Ghorahi CementGhorahi Cement

काठमाडौं । लामो समय गिजोलिएको अमेरिकी सहायता परियोजना (एमसीसी) संसद्को ठूलो दल नेकपा (एमाले)को अवरोधकाबीच नै पारित भएको छ । सडक र सदनमा विरोधका बाबजुद १२ बुँदे व्याख्यात्मक घोषणा गर्दै एमसीसीलाई प्रतिनिधिसभाबाट अनुमोदन गरिएको हो । 

एमाले एमसीसीको पक्ष वा विपक्षमा भन्ने स्पष्ट नहुँदै एमसीसी अनुमोदन भएको छ । विवादित बनेको एमसीसीबाट एमाले पन्छिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई गठबन्धनका नेताहरूलाई थकाउन एमालेसँग केही दिनयता निरन्तर संवाद गरेका थिए । सत्ता गठबनधनमा सहमति नभए एमालेसँग मिलेर भएपनि एमसीसी पारित गर्न कस्सिएका देउवालाई त्यो कदममा अघि बढ्नु परेन । सत्ता गठबन्धनका दलहरूलाई थकाएरै देउवा एमसीसी अनुमोदन गर्न सफल भए । एमाले यो सम्झौतामा पछिल्लोपटक मौन रह्यो ।

Agni Group

तत्कालीन प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी सम्झौतालाई अघि बढाउन चाहेका थिए । तर, पार्टीभित्रैबाट विरोध भइरहेकाले त्यसलाई अघि बढाउन् सकेनन् । तत्कालीन सभामुख कृष्णबहादुर महराले एमसीसीलाई अघि बढाउन नदिएको आरोप एमालेले लगाउँदै आएको छ । 

तर, निर्णायक घडीमा पनि एमालेले एमसीसीको बारेमा आफ्नो धारणा नै राखेन । पार्टीले कारबाही गरेका १४ सांसदको सूचना सभामुखले टाँस नगरेको, आफूलाई संसद्मा उपस्थित हुन नदिएको भन्दै आफ्ना माग पूरा हुँदासम्म संसदीय कारबाहीमा आफू सहभागी नुहने पूर्ववत अडान कायमै रह्यो । एमालेका सांसदहरूले आइतबार पनि अवरोध कायम राखे ।

Global Ime bank

एमालेका प्रमुख सचेतक विशाल भट्टराई आफूलाई एमसीसीको प्रक्रियाबाट विमुख बनाइएको बताउँछन् । 

“हामी लामो समयदेखि कुनै प्रक्रियामा सहभागी भएका थिएनौँ । हाम्रा माग सम्बोधन नगरी हामी हुन्छ हुन्न भेन्नेमा सामेल हुने कुरै आएन । हामीलाई त्यो अवसर नै प्रदान गरिएन । ढोका बन्द गरेर भित्र आउ भनियो,” संसद् बैठकपछि भट्टराईले भने ।

एमालेकै नाराबाजी भीम रावलले गरे एमसीसीको विरोध 
आइतबारको प्रतिनिधिसभाको पहिलो बैठक झण्डै तीन घण्टा चल्यो । बैठक २ घण्टा ५८ मिनेट सञ्चालन भएको थियो । एमालेका अरू सांसदहरूले भने सभामुख अग्नि प्रसाद सापकोटाले बैठक सुरु गरेको जानकारी गराउनासाथ नाराबाजी गर्दै बेलमा उभिए । 

तर, पार्टीको विरोधकाबीच एमालेकै सांसद भीम रावलले भने पहिलो बैठकमा एमसीसीको सैद्धान्तिक छलफलमा भाग लिए । उनले एमसीसी पारित गर्ने सबै राष्ट्रघाती हुने भन्दै अस्वीकार गर्न आह्वान गरेका थिए ।

त्यस्तै दोस्रो बैठक १ घण्टा २४ मिनेट सञ्चालन भयो । रावलले दोस्रो बैठकमा प्रस्तुत भएको व्याख्यात्मक छलफलमा पनि भाग लिए । अरू सांसद भने दुवै बैठकमा उभिएर नारबाजी गरिरहे ।

व्याख्यात्मक टिप्पाणीलाई ‘खोस्टो’को संज्ञा 
एमालेले प्रतिनिधिसभाबाट जारी गरेको व्याख्यात्मक टिप्पणीलाई कागजको खोस्टाको संज्ञा दिएको छ । प्रमुख सचेतक भट्टराईले त्यसले कुनै मान्यता नपाउने दाबी पनि गरे । 

“व्याख्यात्मक टिप्पणी भन्ने शब्द प्रयोग भएको छ । न कुनै त्यसको राजनीतिक अर्थ छ । न कानुनी अर्थ छ । न नैतिक अर्थ । कुनै अर्थ बेगरको कागजको खोस्टो प्रयोग गरेर अलिकति फेस सेभिङ गर्न उहाँहरूले जुन प्रयास गर्नुभएको छ, त्यो प्रयास निरर्थक छ । त्यसको कुनै अर्थ हुँदैन । देशभित्र पनि त्यसको मान्यता हुँदैन,” उनले भने ।

एमसीसी पास भएको देख्दा जनता आश्चर्यचकित भएको उनको भनाइ छ ।

संसद्मा बोल्ने क्रममा व्याख्यात्मक घोषणा जनता ठग्ने पत्र मात्रै भएको सांसद रावलको भनाइ थियो ।

“यो व्याख्यात्मक घोषणा होइन । यो भ्रामात्मक घोषणा हो । दुई पक्षीय सम्झौता एक पक्षीय रूपमा घोषणा गर्‍यौँ भनेर जनतालाई ठग्ने यो भन्दा ठगपत्र अरू केही हुन सक्दैन,” रावलले दाबी गरे ।

संसदमा प्रश्न– कहाँ लुकेको ? 
नेकपा (एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठले एमालेलाई एमसीसीमा छलफलमा भाग नलिएर कहाँ लुकेको भन्दै प्रश्न गरे । ओलीले नै एमसीसीलाई संसद्बाट अनुमोदन गर्ने भनेर हस्ताक्षर गरेको र अहिले भागेको उनको आरोप थियो ।

“मलाई आश्चर्य लागेको छ, यो विकासको योजना सम्पन्न गर्ने अधिकार सराकारसँग थियो । २०१७ मा सरकारले सम्झौता गरेपछि २०१९ को सरकारले सिग्नेचर गरेर संसद्मा लैजाने काम गर्‍यो,” उनले भने, “जुन पार्टी सरकारमा थियो, त्यसले यस विषयलाई सरकारमा दर्ता गर्‍यो । त्यो दल छलफलबाट किन भागिरहेको छ ? किन लुकिरहेको छ ?”

संसद्मा बोल्ने अधिकांश सांसदहरूले एमालेको अवरोधकाबीच एमसीसीमा छलफल गर्ननहुने धारणा राखेका थिए । 

सत्तारूढ दलका सांसदहरूको पनि विरोध 
सत्तारूढ दलका केही सांसदहरू पनि एमसीसी अनुमोदनमा सहमति जनाउन सकेनन् । सत्तारूढ माओवादी र एकीकृत समाजवादीका कतिपय सांसहरूले एमसीसी पारित गर्न नहुनेमा जोड दिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  २२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC