site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युक्रेनमा रहेका नेपालीको तत्काल उद्धार गर्न एनआरएनए उपाध्यक्ष केसीको आग्रह
Tiktok banner adTiktok banner ad

मस्को । गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष डा. बद्री केसीले युक्रेनमा रहेका नेपालीहरूलाई तत्काल उद्धारको पहल गर्न नेपाल सरकारसमक्ष आग्रह गरेका छन् ।

डा. केसीले बिहीबार एक विज्ञप्ति जारी गर्दै त्यहाँ रहेका नेपालीहरूको उद्धारको पहलका लागि आग्रह गरेका हुन् ।

उनले भनेका छन्, “नेपाल सरकारले त्यहाँ रहेका नेपालीहरूको सक्दो छिटो उद्धार गर्नुपर्ने आवश्यकता छ । हामी सरकार तथा त्यहाँ रहेका नेपालीबीच समन्वय गरी उद्धार गर्न तयार छौँ ।” 

रुस र युक्रेनबीचको द्वन्द्वका कारण त्यहाँ रहेका नेपालीहरू त्रसित छन् । केसीका अनुसार हालसम्म त्यहाँ रहेका सबै नेपाली सकुशल छन् ।

सैनिक अड्डाहरूमा मात्र आधुनिक क्षेप्यास्त्रले हमला गरिएकोले सर्वसाधारणको जीवनमा खासै खतरा नभएको त्यहाँको सरकारको दाबी छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  ११:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro