site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तनावपूर्ण खेलमा नेपालको जित
SkywellSkywell

काठमाडौं । चार रातो कार्ड देखाइएको खेलमा नेपालले मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा १–० को विजय हासिल गरेको छ । 

७०औँ मिनेटमा दुई टिमबीचका खेलाडीबीच झडप हुँदा खेल एकछिन तनावपूर्ण बनेको थियो । रेफ्री नविन्द्र महर्जनले नेपालका पुजन उपरकोटी र मोरिससका एड्रिन बोट्लरले रातो कार्ड देखाएका थिए । त्यसपछि दुवै टोली १० खेलाडीमा सीमित बनेको थियो । त्यस्तै रेफ्री महर्जनले नेपालका गोल किपिङ प्रशिक्षक विकास मल्ललाई पनि रातो कार्डको दर्शन गराउँदै स्ट्यान्डको बाटो देखाएका थिए । 

KFC Island Ad
NIC Asia

त्यसको ७९औँ मिनेटमा मोरिससका बैकल्पिक खेलाडी इमानुएल फुलचुन्डले रातो कार्डको सामना गरेपछि मोरिसस ९ खेलाडीमा सीमित भएको थियो । 

त्यसअघि नेपालले सुजल श्रेष्ठको गोलबाट १०औँ मिनेटमा अग्रता लिएको थियो । नवीन गुरुङको कर्नरमा मोरिससले खेलाडीले राम्रोसँग क्लियर नगरेको बललाई आशिष लामाले १८ यार्डबाट सशक्त प्रहार गरेका थिए । उक्त बल पुजन उपरकोटीको खुट्टामा लाग्दै सुजलको खुट्मा पुगेको थियो । त्यही बललाई सुजलले पोस्टको दिशा दिएका हुन् । सुजलको त्यही गोल नेपालको जितमा निर्णायक बन्यो । 

Royal Enfield Island Ad

No description available.

लगत्तलै मोरिससले पेनाल्टी अवसर पाएको थियो । तर एन्डी सोफिई गोल गर्न चुकेपछि मोरिससले बराबरी गर्ने मौका गुमाएको थियो । १३औँ मिनेटमा सोफिइको पेनाल्टी प्रहारलाई किरणले बचाइदिएका थिए । रिबाउन्डको आएको बललाई पनि सुजलले क्लियर गरिदिएका थिए । 

No description available.

३६औँ मिनेटमा तेज तामाङले हानेको लामो प्रहार थोरैले बाहिरिँदा नेपालले अग्रता बढाउने मौका गुमाएको थियो । 

दोस्रो हाफ लगत्तै नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आशिष लामाको स्थामा विमल घर्तीमगर र नवीन लामाको स्थानमा मनिष डाँगीलाई मौदान छिराएका थिए । त्यसपछि नेपालको खेलमा तालमेल बिग्रिएको थियो । अल्मुताइरीले ६२औँ मिनेटमा एरिकको स्थानमा सुमन लामालाई छिराए भने दर्शक गुरुङको स्थानमा गौतम श्रेष्ठलाई छिराएपछि नेपाल सम्हालिएको थियो । 

५६औँ मिनेटमा नेपालले अग्रता बढाउने अर्को राम्रो अवसर गुमाएको थियो । वैकल्पिक खेलाडी सुमन लामाको क्रसलाई पेनाल्टी क्षेत्रमा रहेका विमलल भेट्न सकेनन् । त्यस्तै ६२औँ मिनेटमा मनिष डाँगीको प्रहारले पनि पोस्टको दिशा लिन नसक्दा नेपालले अग्रता लिने अर्को राम्रो अवसर खेर फाल्यो । 

No description available.

६८औँ मिनेटमा मोरिसस फरवार्ड एन्डी सोफिइको सशक्त प्रहारलाई नेपालका गोलकिपर किरण चेमजोङले बचाइदिएका थिए । 

नेपालले शनिबार सम्पन्न पहिलो खेलमा १–० को विजय हासिल गरेको थियो । 

निर्धारित ९० मिनेटको समय सकिन दुई मिनेट बाँकी हुँदा दशरथ रंगशालामा बत्ती गएपछि खेल झण्डै १० मिनेट स्थगित भएको थियो । तर पछि बत्ती आएपछि खेल पुनः खेलाइएको थियो । 

तस्बिरहरू : हरिशजंग क्षेत्री
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  १८:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro