site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोरिससविरुद्धको दोस्रो खेल आज, कस्तो होला अल्मुताइरीको रणनीति ?
SkywellSkywell

काठमाडौं । पहिलो खेलमा १–० को जित निकालेपछि हौसिएको नेपाली राष्ट्रिय फुटबल टोलीले आज अफ्रिकी मुलुक मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल्दै छ । 

दशरथ रंगशालामा हुने दोस्रो खेलका लागि नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो खेलको टिममा ११ जना परिवर्तन गर्दै नयाँ टिम घोषणा गरेका थिए । तर, आइतबार साँझ दोस्रो टिममा भएका अनन्त तामाङ र प्रशान्त अवस्थी टिमबाट बाहिरिएका छन् । अल्मुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा)ले दुई खेलाडी परिवर्तनको कारण स्पष्ट पारेका छैनन् ।

दर्शन गुरुङ र मनीष डाँगीलाई टिममा बोलाइएको छ । अब पहिलो खेलमा भएका १४ खेलाडी दोस्रो टोलीमा पनि भएका छन् । टिममा नौ खेलाडी मात्र नयाँ थपिएका छन् ।

KFC Island Ad
NIC Asia

घरेलु मैदानमा पहिलो खेल जितेका कारण दोस्रो खेल कम्तीमा नहार्नका लागि नेपाली टोलीमाथि दबाब छ । तर, मोरिससको पनि दोस्रो खेलमा टिम परिवर्तन हुने सम्भावना छ । किनभने, नेपाल आउनेबित्तिकै कोरोना संक्रमित भएका चार खेलाडी आजको खेलमा फर्किनेछन् । त्यसले पाहुना टोलीको प्रदर्शनमा पक्कै सुधार आउने अपेक्षा गर्न सकिन्छ । 

‘‘संक्रमित भएका चार खेलाडी दोस्रो खेल्नका लागि तयार हुनेछन् । उनीहरू हाम्रा महत्त्वपूर्ण खेलाडी थिए । उनीहरूको आगमनपछि हाम्रो प्रदर्शनमा सुधार हुने अपेक्षा गर्न सकिन्छ,’’ पहिलो खेलपछिको पत्रकार सम्मेलनमा मोरिससका मुख्य प्रशिक्षक टोनी मारीइ पास्कलले भनेका थिए ।

Royal Enfield Island Ad

साढे दुई वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेलेको मोरिसस नेपालबाट सकारात्मक नतिजा लिएर फर्कने पक्षमा छ । किनभने, मोरिससले अफ्रिकन कप अफ नेसन्सको छनोट खेल खेल्दै छ । त्यसैको तयारीका लागि उनीहरू नेपाल भ्रमणमा निस्किएका थिए ।

नेपाल उत्रिएपछि मोरिससका मुख्य प्रशिक्षक पास्कलको भनाइ पनि त्यही थियो । उनले भनेका थिए, ‘‘हामी अफ्रिकन कप अफ नेसन्सको तयारीमा छौँ । त्यसको तयारीका लागि हामीलाई नेपालविरुद्धको दुई खेल महत्त्वपूर्ण हुनेछ ।’’

त्यसकारण मोरिसस सकारात्मक ऊर्जासहित घर फर्कन पनि आजको खेल कम्तीमा हार्न चाहँदैन । दुवै टिम हार्न नचाहने भएकाले आजको खेल बराबरी नतिजामा टुंगिने सम्भावना पनि उत्तिकै हुन्छ ।

नेपाल पनि एएफसी एसियन कप छनोटको तयारीमा जुटेको छ । प्रशिक्षक अल्मुताइरी उक्त प्रतियोगिताका लागि बलियो टोली बनाउने योजनामा छन् । त्यसैले उनले बन्द प्रशिक्षणमा बोलाएका सबै खेलाडीलाई दुई खेलका लागि दुई टोलीमा विभाजन गरेका थिए ।

अल्मुताइरीले आज दशरथ रंगशालामा ४ः४५ बजे हुने दोस्रो खेलमा केही प्रयोग गर्ने सम्भावना भने छ । तर, उनलाई नतिजा निकालेर घरेलु दर्शकलाई खुसी पार्नुपर्ने दबाब पनि छ । त्यसो त अल्मुताइरी समर्थकलाई खुसी बनाउन जेसुकै पनि गर्न तम्तयार हुन्छन् । यद्यपि, अल्मुताइरीले खेलाडीले गल्ती नगर्दासम्म आफ्नो टिमबाट नबाहिरिने बताएका छन् ।

अल्मुताइरीले पहिलो खेलमा ४–३–३ को फर्मेसनमा खेलाएका थिए । उनले आजको खेलमा पनि आफ्नो फर्मेसन परिवर्तन गर्ने सम्भावना कम छ । यदि, गरेमा उनी ४–२–३–१ को फर्मेसनमा जान सक्छन् ।

त्यसकारण दोस्रो खेलमा पनि नेपालको कप्तान तथा गोलकिपर किरण चेम्जोङ परिवर्तन हुने सम्भावना न्यून छ । जोखिम मोलेको खण्डमा विशाल श्रेष्ठले मौका पाउन सक्छन् । त्यस्तै, रक्षापंक्तिमा परिवर्तनको सम्भावना कम छ । अनुभवी अनन्त तामाङले स्थान बनाउने सम्भावना हुन्थ्यो । तर, तर अब त्यो सम्भावना पनि सकिएको छ ।

मिडफिल्डमा भने केही परिवर्तन हुनसक्छ । पहिलो खेलमा पहिलो रोजाइमा स्थान बनाएका सुरजज्यू ठकुरीको स्थानमा पुजन उपरकोटीले मौका पाउने सम्भावना छ । सुमन लामा र तेज तामाङ यथावत् रहन सक्छन् । अथवा, कुनै एकको स्थानमा सन्तोष तामाङ वा एरिक विष्टले मौका पाउने सम्भावना पनि हुन्छ ।

पहिलो खेलमा अञ्जन विष्ट, विमल घर्तीमगर र सुनील बलले नेपालको अक्रमणपंक्ति सम्हालेका थिए । सुनील दोस्रो टोलीमा छैनन् । उनको स्थान मनीष डाँगी वा सुजल श्रेष्ठले लिने सम्भावना छ । तथापि, नयाँ खेलाडीलाई मौका दिए भने दर्शन गुरुङको सम्भावना हुन्छ ।

४–२–३–१ को फर्मेसनमा खेले आशिष लामाको सम्भावना पनि छ । यस फर्मेसनमा गए मिडफिल्डमा व्यापक परिवर्तन हुनसक्छ । अल्मुताइरी ४–१–४–१ को फर्मेसनमा पनि जान सक्छन् । 

नेपालको सम्भावित टिम 

गोलकिपर : किरण चेम्जोङ
रक्षापंक्ति : गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ र सुमन अर्याल
मिडफिल्ड : पुजन उपरकोटी/सुरजज्यू ठकुरी, तेज तामाङ/सन्तोष तामाङ र सुमन लामा
फरवार्ड : अञ्जन विष्ट, विमल घतीमगर र मनीष डाँगी/सुजल श्रेष्ठ

वैकल्पिक खेलाडी : विशाल श्रेष्ठ, सत्रुघन चौधरी, नवीन गुरुङ, सुवास गुरुङ, आशिस राई, एरिक विष्ट, सुशील राई, दर्शन गुरुङ र आशिष लामा ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  १०:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro