site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परिवारको कुरा परिवारमै सल्टियो, अहिले सबै खुसी छन् : सन्दीप लामिछाने
SkywellSkywell

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले क्यान र खेलाडीबीचको विवाद छलफलबाटै समाधान हुनु राम्रो पक्ष भएको बताएका छन् । शुक्रबार राति अस्ट्रेलियाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले अब नेपाली क्रिकेटमा समस्या नरहेको पनि बताए ।

"परिवारको कुरा परिवारमै सल्टियो राम्रो पक्ष हो । अहिले सबै कुरामा सबैजना खुसी हुनुहुन्छ । यो एउटा टिम हो, एउटा परिवार हो । नेपालको झण्डाभन्दा ठूलो केही पनि छैन," उनले भने ।

KFC Island Ad
NIC Asia

उनले अब सबैजना मिलेर अगाडि बढ्नुपर्ने बताए ।

अस्ट्रेलिया रहँदा आफूले प्रधानमन्त्री कप नछुटाएर हेरेको पनि उनले बताए । 

Royal Enfield Island Ad

सन्दीपले प्रशिक्षक पुबुदु दासानायकेले आफूलाई 'पिक' गरेकाले उनीसँग सहकार्य गर्न कुनै अप्ठेरो नहुने बताए । बरू यो राम्रो मौका भएको उनले बताए ।

सन्दीपको कप्तानीमा नेपालले यही फेब्रुअरीमा ओमानमा हुने आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोटका लागि १६ सदस्सीय टोलीको घोषणा गरेको छ । नेपालले सन्दीपको कप्तानीमा खेल्न लागेको यो पहिलो प्रतियोगिता हो ।

सुरुमा ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको थियो । क्यानले माघ ६ गते अन्तिम १६ खेलाडीको नाम सार्वजनिक गरिसकेको छ । अन्तिम १६ मा सोमपाल कामी, विनोद भण्डारी, गुल्शन झा टिमबाट बाहिरिएका छन् । लोकेश बम, विवेक यादवले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । जितेन्द्र मुखिया र प्रदीप ऐरीले पुनरागमन गरेका छन् ।
 
क्यानले सन्दीपलाई कप्तानमा नियुक्त गर्नुका साथै तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई २०२२ मा सुरुको ६ महिना सेन्ट्रल कन्ट्रयाक्टमा नराख्ने निर्णय गरेको थियो । त्यसपछि खेलाडी र क्यानबीच लामो समय विवाद चलेको थियो ।

अन्ततः क्यान कारवाही फिर्ता लिन तयार भएको थियो भने खेलाडीहरू सन्दीपलाई कप्तान मान्न तयार भएका थिए । यी सबै घटना हुँदा सन्दीप अस्ट्रेलियामा थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  २३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro