site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एभर्टनका प्रशिक्षक बेनिटेज बर्खास्त
Tiktok banner adTiktok banner ad

काठमाडौं । इङ्लिस प्रिमियर लिगको क्लब एभर्टनले आइतबार मुख्य प्रशिक्षक राफेल बेनिटेजलाई बर्खास्त गरेको छ । शनिबार राती रेलिगेसनमा संघर्ष गरिरहेको नर्विच सिटीसँग २–१ ले पराजित भएको एक दिनपछि एभर्टनले मुख्य प्रशिक्षक बेनिटेजलाई बर्खास्त गरेको हो । 

‘‘सिनियर टोलीका मुख्य प्रशिक्षक बेनिटेजसँगको सहकार्य समाप्त भएको घोषणा गर्दछ,’’ एभर्टनले आफ्नो आधिकारिक वेबसाइटमा लेखेको छ, ‘‘यो निर्णय तत्कालबाट लागु हुनेछ । उनको स्थानमा कसलाई ल्याउने भन्ने निर्णय चाँडै हुनेछ ।’’

बेनिटेज जुन २०२१ मा एभर्टनसँग अनुबन्ध भएका थिए । लिभरपुलका पूर्व प्रशिक्षक बेनिटेजले कार्लो एन्सेलोट्टीको स्थान लिएका थिए । एन्सेलोट्टी स्पेनिस क्लब रियाल मड्रिड गएपछि एभर्टनले बेटिनेजलाई अनुबन्ध गरेको थियो । 

एभर्टनले लिगमा राम्रो सुरुआत गरे पनि पछिल्लो आश्चर्यजनक रूपमा खराब लयबाट गुज्रिएको छ । लिगमा १९ खेल सकिँदा एभर्टन अहिले १९ अंकका साथ १६औँ स्थानमा छ । जुन रेलिगसन क्षेत्रमा रहेको नर्विच सिटी भन्दा ६ अंकले मात्र हो । तथापि एभर्टनले नर्विच सिटीभन्दा दुई खेल कम खेलेको छ । 

बेनिटेजले लिभरपुलबाहेक रियाल मड्रिड, इन्टर मिलान, चेल्सी, नापोली, भ्यालेन्सिया, न्युक्यासल युनाइटेडजस्ता क्लबलाई प्रशिक्षण दिइसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २, २०७८  २१:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro