site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रिय सभाको निर्वाचन प्रक्रिया सुरु

दाङ । आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनको प्रक्रिया प्रारम्भ भएको छ । निर्वाचनका लागि बिहीबार सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

पहिलो निर्वाचनबाट चार वर्षे कार्यकाल पूरा गरेका सांसदहरूको पद रिक्त हुने भएकाले ती रिक्त पदका लागि निर्वाचन हुन लागेको हो ।

लुम्बिनी प्रदेशका निर्वाचन अधिकृत दाङ देउखुरी जिल्ला अदालतका मुख्य न्यायाधीश रितेन्द्र थापाले लुम्बिनी प्रदेशको निर्वाचन अधिकृतको कार्यालय दाङमा स्थापना गरिएको जानकारी दिए । यो प्रदेशमा एक महिला, एक दलित र एक अन्य गरी तीनजनाका लागि निर्वाचन हुने भएको छ ।

यसअघि पनि यो प्रदेशको राष्ट्रिय सभाको निर्वाचन र उपनिर्वाचन दाङमै भएको थियो । लुम्बिनीमा ८१ प्रदेशसभा सदस्य र २१५ स्थानीय तह सदस्य गरी कुल २९६ मतदाता रहेका छन् ।

यसैगरी प्रदेश १ मा पनि ३ जनाका लागि निर्वाचन हुने छ । यो प्रदेशमा एक महिला, एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र एकजना अन्य गरी ३ सिटका लागि निर्वाचन हुने छ । प्रदेश नम्बर १ मा ९२ प्रदेशसभा सदस्य र २७२ स्थानीय तह सदस्य गरी कुल ३६४ मतदाता रहेको निर्वााच आयोगले जनाएको छ ।

प्रदेश नम्बर २ मा एक महिला र एक अन्य गरी २ जनाका लागि निर्वाचन हुने छ । यो प्रदेशमा १०४ प्रदेशसभा सदस्य र २६८ स्थानीय तह सदस्य गरी कुल ३७२ मतदाता रहेका छन् ।

वाग्मतीमा १ महिला र १ अन्य गरी २ सिटका लागि निर्वाचन हुने छ । यो प्रदेशमा १०९ प्रदेशसभा सदस्य र २३७ स्थानीय तह सदस्य गरी कुल ३४६ मतदाता रहेका छन् । गण्डकीमा एक महिला, एक अन्य र एक दलित गरी ३ सिटका लागि निर्वाचन हुने छ । यो प्रदेशमा ५९ प्रदेशसभा सदस्य र १७० स्थानीय तह सदस्य गरी कुल २२९ मतदाता रहेका छन् ।

कर्णालीमा एक महिला, एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र एकजना अन्य गरी ३ सिटका लागि निर्वाचन हुने छ । यो प्रदेशमा ३५ प्रदेशसभा सदस्य र १५६ स्थानीय तह सदस्य गरी कुल १९१ जना मतदाता छन् । यसैगरी सुदूरपश्चिम प्रदेशमा एक महिला, एक दलित र एक अन्य गरी ३ सिटका लागि निर्वाचन हुने छ ।

यो प्रदेशमा ५२ जना प्रदेशसभा सदस्य र १७५ स्थानीय तह सदस्य गरी २२७ मतदाता रहेका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुखले मतदान गर्न पाउँछन् ।  

भोलि (पुस १७ गते) मतदाता नामावली प्रकाशन, १९ गते अन्तिम नामावली प्रकाशन हुने र २० गते उमेदवारी मनोनयन दर्ता हुने निर्वाचन कार्यतालिका रहेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८  २१:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro