site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केन्द्रीय सदस्य सर्वसम्मत गर्ने प्रयास असफल, यी पदमा हुने भयाे निर्वाचन
Tiktok banner adTiktok banner ad

चितवन ।  एमालेको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ । सोमबार राति निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको हो ।

सबै केन्द्रीय सदस्य सर्वसम्मत गर्ने प्रयास भएको थियो । नेताहरूले केन्द्रीय कमिटी सदस्यका आंकाक्षीहरूलाई अन्यत्र व्यवस्थापनको आश्वासन दिएर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । तर, सफल हुन सकेन ।

प्रदेश १ खुला सदस्यका लागि ७ जनाको उम्मेदवारी परेको छ । त्यसबाट ६ जना निर्वाचित हुनेछन् । यस्तै, सुदूरपश्चिम प्रदेश महिला सदस्यका लागि ५ जनाको उम्मेदवारी परेको छ । त्यसबाट ३ जना निर्वाचित हुनेछन् ।

दलित सदस्यतर्फ ९ जनाको उम्मेदवारी परेको छ । जसमा ८ जना निर्वाचित हुनेछन् ।

यसैगरी थारूतर्फ ५ जना चाहिनेमा ६ जनाको उम्मेदवारी परेको छ । पिछडिएको क्षेत्रतर्फ ४ जनाको उम्मेदवारी परेको छ । उनीहरूमध्येबाट ४ जना निर्वाचित हुनेछन् ।

खुला सदस्यतर्फ १०५ जनाको उम्मेदवारी परेको छ । जहाँबाट ८४ जना निर्वाचित हुनेछन् । 

पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिवमा प्रतिस्पर्धा हुनेछ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुनेछ । उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे र सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ ।

सात जना सचिव हुने व्यवस्था भएको ठाउँमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टङ्कप्रसाद कार्की, टोपबहादुर रायमाझी, पद्माकुमारी अर्याल, भीमप्रसाद आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टको उम्मेदवारी परेको छ ।

निर्वाचन राति २ बजेबाट हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  २३:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro