site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्वोच्चबाट दंगा प्रहरी हटाउन माग गर्दै नाराबाजी, लाठी प्रहारबाट केही वकिलहरू घाइते

काठमाडौं । कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसरबाट दंगा प्रहरीलाई हटाउन माग गरेका छन् । दंगा प्रहरीले भिड नियन्त्रणका नाममा वकिलहरूमाथि दमन गरेको भन्दै त्यहाँबाट बाहिर निकाल्न माग गरिएको हो ।

सर्वोच्च परिसरमा प्रदर्शनमा उत्रिएका वकिलहरूमाथि प्रहरीले लाठीचार्ज गर्दा आज केही वकिलहरू घाइते भएका छन् । त्यसमध्ये नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र बारका केन्द्रीय सदस्य प्रकाश महर्जनलाई गम्भीर चोट लागेको बताइएको छ ।

वकिलहरू कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरेलगायत घाइते भएका छन् । घिमिरे सर्वोच्च बारका सचिव हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै कानुन व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । अहिले वकिलहरूले नाराबाजी गरिरहेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  ११:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro