site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बालकोटमा मध्यरातसम्म गुटको छलफल, ओलीसँग प्रतिष्पर्धाको तयारीमा रावल र भुसाल !
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमालेको महाधिवेशनको तिथि नजिकिँदो छ । चितवनको नारायणी किनारमा मंसिर १० गते उद्घाटनपछि नेतृत्व चयनको प्रक्रिया अघि बढाउने तयारी एमालेले गरेको छ ।

पदाधिकारीमा को–को भन्ने जोडघटाउ भने चलिरहेको छ । तर, महाधिवेशनमा कुन पदमा उठ्ने भन्ने मुख नेताहरुले खोलेका छैनन् । 

महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने भन्दै सर्वसम्मत नेतृत्व चयन हुनुपर्ने अधिंकाशको माग रहेको नेताहरु बताउँछन् । त्यसैले पनि नेताहरुले औपचारिक रुपमा उमेदवारीका विषयमा बोलेका छैनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सर्वसम्मत हुने गरी अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव गर्नुपर्ने नेताहरुको भनाइ छ । अध्यक्ष ओली निवास बालकोटमा महाधिवेशन केन्द्रित छलफल रातारात भइरहेको एक नेताले जानकारी दिए ।

सोमबार राति मात्रै बालकोटमा २ बजेसम्म नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल र सुवास नेम्वाङबीच छलफल भएको स्रोतको दाबी छ । तथापी, पदाधिकारीको विषय टुंगिएको छैन । 

Global Ime bank

स्रोतका अनुसार वरिष्ठ उपाध्यक्ष र महासचिवका आकांक्षीको व्यवस्थापनका लागि भन्दै राति अबेरसम्म गुटका बैठक सञ्चालनमा रहेको नेकपा एमालेका एक नेताले जानकारी गराए ।

पार्टी विभाजनका बखत तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका १० भाइ १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति गरेर एमालेमा नै रहे । ती नेता र पूर्व माओवादीबाट आएका नेताहरुलाई पदाधिकारीमा व्यवस्थापन गर्न चुनौतीपूर्ण छ । 

उपाध्यक्ष युवराज ज्ञवाली सर्वसहमतिका लागि धेरै भूमिका अध्यक्ष ओलीको रहने बताउँछन् । 

“सर्वसम्मतिका लागि सबैभन्दा धेरै भूमिका अध्यक्षको नै हो । मापदण्ड बनाएर बनाएर प्रस्ताव ल्याउन सकिन्छ,” उनी भन्छन्,“सर्वमान्य रुपमा सहमति बन्न नसकेपनि सहमति हुने अवस्था बनाउन सकिन्छ । सहमतिमा चयन नहुँदा चुनावमा जानैपर्छ ।” 

तर ओलीले अहिलेसम्म पदाधिकारीमा कसलाई अघि बढाउने भनेर मुख खोलेका छैनन् । उनी अझै पनि ‘पर्ख र हेर’को अवस्थामा रहेको स्रोत बताउँछ । 

एमाले विभाजनको पीडाबाट ग्रुजिएको र पाँच दलीय गठबन्धनले पराजित गराउने भन्दै आन्तरिक झगडालाई मलजल गर्न नहुने पक्षमा ओली निकट नेताहरु छन् ।

नेपाललाई सुरुवातमा उक्साएर पार्टी विभाजनमा साथ नदिएका नेताहरुलाई ओलीमा विलिन भएको आरोप पनि लागिरहेको छ ।

सोही आरोपबाट बच्न ओलीलाई चुनौती दिनुपर्ने पक्षमा केही नेताहरु छन् । “ओलीमा विलिन भएको आरोप हामीलाई लागिररहेको छ । हामी ओलीमा विलिन भएका होइनौं । एमालेमा रहेका हौं । ती आरोपहरु चिर्नका लागि पनि चुनौती दिनैपर्ने अवस्था छ । सर्वसम्मत हुने भनेर जे भन्यो त्यसमा सहमत हुन सकिँदैन यसबारेमा नेताहरुबीच छलफल होला,” एक नेता भन्छन् । 

नेपालले छुट्टै पार्टी गठन गरेपछि एमालेमा अध्यक्ष ओलीसँग भिड्ने नेताहरु नरहेको टिप्पणी पनि हुने गरेको छ । अध्यक्षमा ओली नै दोहोरिने निश्चित जस्तै छ । तथापी, उपाध्यक्ष भीम रावलले अध्यक्षमा उठ्ने संकेत यसअघि नै गरेका छन् । 

रावलले गत कात्तिक २३ गते गृहजिल्ला अछामस्थित साँफेबगर नगर कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्षमा उठ्ने संकेत गरेका थिए । कमिटी बैठकमा कार्यकर्ताहरुले अध्यक्षमा उठ्न भनेपछि उनले त्यो आवाजलाई कमजोर हुन नदिने बताएका थिए । 

त्यसपछि बाह्रखरीसँगको कुराकानीमा उनले नेता कार्यकर्ताहरुको आवाज आएकाले आफूले उमेदवारी घोषणा गर्ने जानकारी गराएको तर औपचारिकरुपमा काठमाडौंमा थप छलफलपछि मात्रै तय गर्ने बताएका थिए । तर रावलले अहिलेसम्म औपचारिकरुपमा अध्यक्षमा उमेदवारी घोषणा गरेका छैनन् ।

उता, उपमहासचिव घनश्याम भुसालले पनि अध्यक्षमा उठ्ने तयारी गरिरहेका छन् । उनले निकस्टस्थहरु त्यसका लागि तयारी गरिरहेको बताउँछन् । उनी निकट एक नेताका अनुसार महाधिवेशन प्रतिनिधिहरुको विवरण आइसकेपछि मात्रै औपचारिक निर्णय गर्ने तयारी गरेका छन् ।

अहिले  सहमतिका नाममा ओली निकटलाई मात्रै प्रतिनिधिमा ल्याउने तयारी गरिएको भन्दै एमालेका कतिपय नेताले आक्रोश व्यक्त गरेका छन् ।

प्रतिनिधि छनोटको विवरण पार्टी केन्द्रीय कार्यालयमा आउने क्रम जारी छ । 

“प्रतिनिधिको विवरण अझै आइसकेको छैन । प्रतिनिधिको अवस्था के–कस्तो छ । त्यो पनि हेर्नुपर्यो । अनि के गर्ने भन्ने छलफल हुन्छ,” ती नेताले भने । 

प्रतिनिधि छनोटमा सर्वसम्मत हुँदा १० भाइको अवस्था कमजोर रहेको बताइन्छ । कतिपय स्थानमा एकलौटी रुपमा रुपमा प्रतिनिधि छनोट भएको भन्दै विरोध पनि भइरहेको छ । 

ओलीविरुद्ध रावल र भुसाल दुवै उमेदवार हुने सम्भावना कम रहेको एक नेताको दाबी छ ।

उनका अनुसार दुईजना छलफल गरेर एकजनाले उमेदवार दिन सक्नेछन् । तर त्यो पनि प्रतिनिधिको नामावली हेरिसकेपछि मात्रै । “दुवै जना अध्यक्षमा लड्ने अवस्था नरहला । दुई जनाले छलफल गरेपछि मात्रै कुरा टुंगिन्छ,” उनले भने । 
 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  १४:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC