site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हजारौँ गर्भवती, सुत्केरी, बिरामी ओहोरदोहोर गर्ने थापाथली सडकको दुर्गति
SkywellSkywell

काठमाडौं । परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल थापाथली र नर्भिक अन्तर्राष्ट्रिय अस्पतालबीचको सडकमा ढलको आहाल छ । सडकभरि खाल्डाखुल्डी छन् । सडकको फुटपाथ ह्युमपाइपका टुक्रा र पाइपले ओगटेको छ ।

दैनिकजसो गर्भवती, सुत्केरी महिला, अपरेसन गर्नुपर्ने गम्भीर समस्या भएका बिरामी बोकेको प्रसूतिगृह र नर्भिक अस्पतालमा उपचार गर्न आउने एम्बुलेन्स यस सडकमा नफसेको दिन छैन । सडककै कारणले अत्यधिक सवारी जाम हुन्छ । बिरामी बोकेका एम्बुलेन्स छिर्न सक्ने अवस्था नै छैन । नर्भिक र प्रसूतिगृह दुई अस्पतालमा दैनिक हजारौँ बिरामी उपचार गर्न आउँछन् ।

‘काठमाडौंका मेयरलाई सडक पिच गर्न भन्दाभन्दा वाक्कदिक्क भइसक्यौँ’ 
प्रसूतिगृह प्रशासनले चार महिनादेखि काठमाडौं महानगरपालिकालाई सडक पिच गर्न अनुरोध गर्दै आएको छ । महानगरले भने सुनेको नसुनेझैँ गरिरहेको छ । यसको प्रत्यक्ष मारमा बिरामीहरू छन् ।

KFC Island Ad
NIC Asia

‘‘प्रसूतिगृहमा उपचार गर्न आउने गर्भवती र सुत्केरी महिलाको अत्यधिक धेरै भिड हुन्छ । दैनिक छिचोली नसक्नु सवारी जाम हुन्छ । ट्राफिक प्रहरी पनि आउँदैनन् । एम्बुलेन्स दैनिक फसेको फस्यै छन,” प्रसूतिगृहकी प्रमुख डा. संगीता कौशल मिश्राले भनिन्, ‘‘ढलका पानी अस्पतालभित्रै पस्छ । काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई पटक–पटक ध्यानकर्षण गराइसकेका छौँ । खै अहिलेसम्म उस्तै सास्ती छ । यस्तो संवेदनशील क्षेत्र अगाडिको सडकको अवस्था यस्तो छ । यहाँको स्थानीय सरकारले बेवास्ता गरिरहेको छ ।”

डा. मिश्राका अनुसार प्रसूतिगृहमा दैनिक ५०० देखि ७०० सम्म गर्भवती, सुत्केरी महिलाहरू उपचार गर्न आउँछन् । ‘‘अन्य हजारौँ बिरामीहरू ओहोरदोहोर गर्ने सडकको दुरावस्थाले गम्भीर असर परिरहेको छ । बच्चा जन्माएर डिस्चार्ज भएर घर फर्किने महिलाहरूका लागि हिँड्ने बाटो समेत छैन । सुत्केरी बेथा लागेर थापाथली चोकदेखि अस्पतालसम्म पुग्न त झनै कठिनपूर्ण छ,” डा. मिश्राले भनिन् ।

Royal Enfield Island Ad

नर्भिक अस्पताल भन्छ– महानगरले गम्भीर लापरबाही गर्‍यो 
नर्भिक अस्पतालले सडक पिच नगरे पनि खाल्डाखुल्डी पुरेर लेयर मिलाइदिए मात्रै धेरै हदसम्म सास्ती कम हुने जनाएको छ । अस्पतालका सीईयो अजय मिश्र गर्भवती महिला र अपरेसन गर्न आउने बिरामीहरूका लागि सडक एकदमै जोखिमपूर्ण रहेको बताउँछन् ।

‘‘स्थानीय तहले संवेदनशील क्षेत्रका सडक पिच गर्न गम्भीर लापरबाही गरिरहेको छ । कैयौँपटक काठमाडौं महानगरपालिकालाई सडक पिच गर्न ताकेता गर्‍यौँ । बेवास्ता गरिरहेपछि अस्पाताल आफैँले केही टिपर गिट्टी ल्याएर सडकको लेयर मिलाउने काम गर्‍यौँ । तर, पुनः सडक खनियो । साध्य लागेन,” सीईओ मिश्रले भने ।

उनका अनुसार यस सडक भएर दैनिक गम्भीर समस्या भई अपरेसन गर्नुपर्ने बिरामी बोकेका एम्बुलेन्स ओहोरदोहोर गरिरहेका हुन्छन् । यस्ता किसिमका बिरामी बोकेर आएका एम्बुलेन्स खाल्डाखुल्डीमा पर्दा बिरामीको स्वास्थ्यमा थप गम्भीर असर पर्ने गरेको सीईओ मिश्रको भनाइ छ ।

‘‘सुत्केरी भएर डिस्चार्ज भएकी महिला, ड्रेसिङ गरेर डिस्चार्ज भएका बिरामी र अपरेसन सफल भएर घर फर्किने बिरामीलाई ठूलो समस्यामा पार्ने सडक हो यो । महानगरले न पिच गर्छ न लेयर मिलाउँछ,” सीईओ मिश्रले भने ।

सीईओ मिश्र महानगरले नेपाल विद्युत् प्राधिकरण र केयूकेएललाई मात्रै दोष थुपारेर आफू पन्छिन नमिल्ने बताउँछन् । ‘‘कम्तीमा सडकको लेयर मात्रै मिलाइदिए पनि हुन्थ्यो नि । अहिले यो सडकमा केयूकेएलले सडक खनेको छैन । विद्यत् प्राधिकरणअन्तर्गतको काम सकिइसकेको छ । यही सडकअन्तर्गतको अरू क्षेत्रमा पिच बाँकी राखेर अस्पतालबीचको सडक तत्काल पिच गरियोस्,” उनले भने ।

चार महिनाअघि नै म्याद सकियो, तर पिच भएन सडक 
सडक पिच गरेर काम सम्पन्न गर्नुपर्ने समय चार महिनाअघि नै सकिइसकेको छ । काठमाडौं महानगरपालिका सहरी पूर्वाधार विकास विभागअन्तर्गतको प्रसूतिगृह–बबरमहल सडक तथा ढल निर्माण आयोजनामा पर्ने सडकखण्ड हो यो ।

उक्त आयोजनाअन्तर्गत बबरमहलदेखि थापाथली चोकसम्मको सडक पिच, माइतीघर–जेभियर कलेज सडक पिच, सडकका दुवैतर्फ कर्ब स्टोन, नर्भिक अस्पतालअगाडिको ढल व्यवस्थापन र सडकका दुवैतर्फ साइड ड्रेन राख्नुपर्ने उल्लेख छ । तर, अहिलेसम्म काठमाडौं महानगरपालिकाले ढल व्यवस्थापन समेत गरेको छैन ।

काठमाडौं महानगरपालिकाले भने ढल व्यवस्थापन गरिसकेको दाबी गरेको छ । काठमाडौं–११ का वडाध्यक्ष हिरालाल तण्डुकार ढल बनाउने काम सकिएको बताउँछन् । ‘‘यसको साइट लेनको काम बाँकी छ । विद्युत् प्राधिकरणले सबै काम सकाएपछि अबको केही दिनमै सडक पिच गरिनेछ,” वडाध्यक्ष तण्डुकारले भने ।

महानगर भन्छ– केयूकेएल र प्राधिकरणका योजनाका कारण पिच गर्न सकिएन 
काठमाडौं महानगरपालिका र जयधनञ्जय र कँडेल जेभीबीच १० महिनाभित्रमा सडक पिच भइसक्नुपर्ने सम्झौता भएको थियो । यो सडकखण्ड निर्माणको कुल लागत चार करोड २२ लाख ८६ हजार ५८५ रुपैयाँ रहेको छ । निर्माण कम्पनीले ०७८ असार १५ गतेभित्रमा सबै काम सकाउनुपर्ने थियो ।

महानगरका सहरी पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापा विद्युत् प्राधिकरण र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले गर्दा सडक पिच गर्न चार महिना ढिला भएको दाबी गर्छन् । थापा भन्छन्, ‘‘वैशाखमै पिच गर्ने तयारी भएको थियो । त्यसै बेला विद्युत् प्राधिकरण र केयूकेएलले केबल र पाइप बिछ्याउने योजना ल्याए । उनीहरूको काम सकिएकै छैन । प्राधिकरणलाई पटक–पटक छिटो सिध्याउन भनिरहेका छौँ । हामी आफैँले उनीहरूको काम गर्न पनि नमिल्ने, कहिले पाइप टेस्टिङको काम भन्ने, कहिले पाइपलाइन बिछ्याइरहेका छौँ भन्छन् । प्राधिकरणले पहिले खाल्डो खनेर त्यसै छोड्यो । अहिले केबल भूमिगत गर्दै छ । यी काम नसकिएकाले हामीलाई सडक पिच गर्न गाह्रो भएको हो ।”

केबल भूमिगत अन्तिम चरणमा : प्राधिकरण
नेपाल विद्युत् प्राधिकरणले यो क्षेत्रमा अहिले धमाधम केबल भूमिगतको काम भइरहेको जनाएको छ । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई कोरोना महामारी र बर्सातका कारणले काममा ढिलो भएको बताउँछन् ।

‘‘दुईवटा ठूला अस्पतालमा उपचार गर्न आउने बिरामीको सास्तीलाई ध्यानमा राख्दै काम अघि बढाइएको छ । सडक साँधुरो छ । अस्पताललाई पनि गम्भीर असर पर्न गएको छ,” प्रवक्ता भट्टराईले भने, ‘‘पिच नभएको सडकमा प्राधिकरणले खनेका खाल्डा पुरिसकिएको छ । अब पिच भएको सडकका खाल्डा पनि पुरेका छौँ, पिच गर्न बाँकी छ । अब चाँडोभन्दा चाँडो काम सम्पन्न हुनेछ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  १५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro