site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
३३ किलो सुन तस्करी र सनम हत्या प्रकरण : ६ जनालाई जन्मकैद, ४८ ले पाए सफाइ 
फाइल तस्बिर ।

विराटनगर । करिब ३३ किलो सुन तस्करीसम्बन्धी मुद्दामा अदालतले आठजनालाई दोषी ठहर गरेको छ । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले मंगलबार आठ प्रतिवादीलाई दोषी ठहर गरेको हो । उनीहरूलाई भिन्दाभिन्दै सजाय तोकिएको छ ।

मोरङको उर्लाबारीका सनम शाक्यको कर्तव्य ज्यान मुद्दामा प्रतिवादीमध्ये मुख्य अभियुक्त मोरङ, उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । एकजनालाई तीन वर्ष र अर्का एकजनालाई ६ महिना कैद सजायको फैसला भएको छ ।

अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनुसार गोरेसहित लाक्पा शेर्पा, मोहन काफ्ले, टेकराज मल्ल ठकुरी, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला सुनाइएको छ । अब उनीहरूले २० वर्ष जेल बस्नुपर्ने सूचना अधिकारी धमलाले जानकारी दिए ।

भारतीय नागरिक राजन कुमारलाई तीन वर्ष र माधव भनिने मदन घिमिरेलाई ६ महिना कैद सजाय भएको छ । अदालतका स्रेस्तेदार टीकेन्द्रवीरजंग राणाका अनुसार मुद्दामा दोषी ठहर भएकाहरू गोरेको समूहका सहयोगी र उनका सवारी चालकहरू हुन् ।

यो मुद्दामा ७७ जना प्रतिवादी थिए । उच्च प्रहरी अधिकृत र गोरेकी पत्नी नीरु भानिने नर्वदा खरेलसहित ४८ जनाले सफाइ पाएका छन् । यो मुद्दामा नेपाल प्रहरीका पूर्वडीआईजी गोविन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, डीएसपीहरू सञ्जयबहादुर राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेललगायत प्रहरी कर्मचारीलाई प्रतिवादी थिए ।

संगठित अपराध, भन्सार ऐन र अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दामा ४८ जनाले सफाइ पाएका हुन् । फरार रहेका २१ जनाको हकमा मुद्दा मुल्तवीमा रहेको स्रेस्तेदार राणाले जानकारी दिए ।

०७४ साल माघ ९ गते गोरेको समूहले दुबईबाट ल्याएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायब भएको थियो । त्यसपछि गोरेको समूहले ०७४ फागुन १८ गते करेन्ट लगाएर यातना दिई सनम शाक्यको हत्या गरेको खुलेको थियो ।

०७५ वैशाख १९ गते सरकारी वकिल कार्यालय मोरङले १७ अर्ब एक करोड ८० लाख ७१ हजार ४०० रुपैयाँ बराबरको ३७ लाख ९९ हजार ५६३ ग्राम (करिब ३३) सुन अवैध रूपमा आयात गरिएको दाबी गर्दै जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो । सोही बराबरको बिगो माग–दाबी थियो ।

अदालतमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी–पैठारी र चोरी–निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा मुद्दा दायर गरिएको थियो । मुद्दाको अन्तिम सुनुवाइ अघिल्लो आइतबारदेखि सुरु भएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १५:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro