site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओमानमा युवा खेलाडीले देखाएको आशा
SkywellSkywell

मस्कट, ओमान । नेपाली क्रिकेट अहिले पुस्तान्तरणको चरणमा छ । अर्थात् पुस्ता हस्तान्तरणको प्रक्रियामा छ । 

पारस खड्को पुस्ताबाट अब सन्दीप लामिछानेको पुस्तामा नेतृत्व जाँदैछ । पुस्तान्तरणको चरणमा कहिलेकाहीँ  टोलीको प्रदर्शन खराब हुने गर्छ । नयाँ पुस्ता प्रतिभावान खेलाडी जन्माउन सकिएन भने टोलीको प्रदर्शन लामो समयसम्म लम्बिन्छ ।

तर ओमान भ्रमणमा युवाहरुले जुन प्रदर्शन गरे, त्यसले पुस्तान्तरणको चरणले पनि नेपाली क्रिकेटमा खास असर नपर्ने संकेत दिएको छ । ओमानमा नेपालले खेलेका ६ मध्य चार खेल जित्यो भने दुई खेलमा पराजित भयो । छ वटै खेलमा युवा खेलाडीको प्रदर्शन परिपक्क रह्यो । अब हामी टिम अघि बढाउन सक्छौं भन्ने सन्देश युवाहरुले दिएका छन् ।

KFC Island Ad
NIC Asia

ओमान भ्रमणमा कप्तान ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी र शरद भेषावकरबाहेक सबै नयाँ पुस्ताका खेलाडी थिए । ज्ञानेन्द्र र विनोदले सबै खेल खेले भने शरदले ओमानविरुद्धको अन्तिम खेलमात्र खेले । ज्ञानेन्द्रले लगातार दुई खेलमा अर्धशतक बनाए । त्यसबाहेक ओमानमा नेपालको प्रदर्शनमा युवा खेलाडी केन्द्र भागमा रहे । 

Royal Enfield Island Ad

कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने र करण केसीको प्रदर्शन अब्बल रह्यो । नेपालको नतिजा यिनै खेलाडीको प्रदर्शनमा अडियो । 

‘‘हामीले जसरी विगत दुई तीन वर्षदेखी नयाँ खेलाडीलाई प्रोत्साहन गरिरहेका थियौं । अब त्यसको नतिजा देखिन थालेको छ । अब हाम्रो चाहना पनि त्यही छ यिनै खेलाडीहरुले विस्तारै टिमको नेतृत्व लिनुपर्छ । यिनै खेलाडीले राम्रो प्रदर्शन गर्नुपर्छ,’’ नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले भने, ‘‘हामीहरुले अब एक समयपछि छाड्नै पर्छ । युवा खेलाडीहरुले एउटा नभए अर्को, अर्को नभए अर्कोले खेल जिताउने गरी प्रदर्शन गरिरहेका छन् । नेपाली क्रिकेटका लागि यो राम्रो संकेत हो ।’’

सन्दीपले पीएनजीविरुद्ध पहिलो खेलमा चार र दोस्रो खेलमा ६ विकेट लिए । दोस्रो खेलमा करियरकै उत्कृष्ट प्रदर्शन गरे । उनले पीएनजीविरुद्धको उक्त खेलमा ५.१ ओभरमा ११ रन दिएर ६ विकेट लिए । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा पनि सन्दीपले तीन खेलमा ८ विकेट लिए । ओमानविरुद्धको अन्तिम खेलमा चार विकेट लिएका सन्दीपले अघिल्लो दुई खेलमा समान दुई विकेट लिएका थिए । अमेरिकाविरुद्धको दोस्रो खेलमा भने उनीले चोटका कारण बलिङ गर्न सकेनन् । 

त्यस्तै करणले ओमान भ्रमणमा पाँच खेलमा १० विकेट लिए । पीएनजीविरुद्ध एक मात्र खेलेका करण विकेटविहीन थिए । तर आईसीसी क्रिकेट विश्वकप लिग–२ मा उनले राम्रो गरे । ओमानविरुद्धको अन्तिम खेलमा चार विकेट लिएका करणले अघिल्लो तीन खेलमा समान दुई विकेट लिए । 

बलिङमा प्रायःजसो राम्रो प्रदर्शन गर्ने नेपालको ब्याटिङ भने कमजोर मानिन्थ्यो । तर एकदिवसीय खेलमा डेब्यू गरेका आसिफ र कुशलको प्रदर्शनले नेपाली टोलीमा आशाका किरण छरेको छ । 

अझ ओपनिङ जोडीमा देखिने सधैको समस्यालाई जो जोडीको आगमनले समाधान गर्ने अपेक्षा गरिएको छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेटका लागि सबैभन्दा ठुलो रनको साझेदारी गर्ने कीर्तिमान पनि यिनै दुईको नाममा छ । अमेरिकाविरुद्ध पहिलो खेलमा कुशल र आसिफले पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए । 

उक्त खेलमा ८४ रन बनाएका थिए । कुशलले ६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा एक अर्धशतकसहित १४४ रन बनाइसकेका छन् । त्यस्तै आसिफले पनि एक अर्धशतकसहित १८९ रन बनाइसकेका छन् । नेपालका लागि सबभन्दा ठूलो साझेदारी गर्ने कीर्तिमान पनि आसिफको नाममा बनेको छ । उनले कप्तान ज्ञानेन्द्र मल्लसँग ओमानविरुद्ध दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गरेका थिए । पारस खड्कापछि नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा व्यक्तिगत उच्च स्कोर पनि आसिफले आफ्नो नाममा लेखाएका छन् । उनले ओमानविरुद्ध ९० रन बनाएका थिए ।

‘‘पारस दाईले सन्यास लिनुभयो । शरद दाईले पनि धेरै गेम खेल्नभएको थिएन । दुर्भाग्य दीपेन्द्रसिंह पनि घाइते भयो । उहाँहरु नहुँदा त्यो स्थानलाई पूर्ति गर्नु जसरी थियो । यस्तो अवस्थामा नयाँ खेलाडीका लागि आफुलाई प्रमाणित गर्ने एउटा अवसर थियो । त्यसमा सफल भएका छन्,’’ नयाँ पुस्ताको प्रदर्शनबारे सन्दीपले भन्छन्, ‘‘खेलाडीहरुले म पनि केही गर्न सक्छु भन्ने भावनाका साथ खेल्नुभयो । यो राम्रो सुरुआत भएको छ । जुन भविष्यका लागि राम्रो संकेत हो ।’’

ओमानमा भ्रमणमा अर्का युवा खेलाडी रोहितले पनि शानदार पुनरागमन गरे । चाहे पीएनजीविरुद्धको खेल होस् वा आईसीसी क्रिकेट विश्वकप लिग–२ होस् नेपालको जितमा रोहितले महत्वपूर्ण इनिङ्स खेलेका छन् । पीएनजीविरुद्ध रोहितले पहिलो खलमा ४१ तथा दोस्रो खेलमा ८६ रन बनाए । मध्यक्रमका ब्याट्सम्यान अमेरिकाविरुद्धको पहिलो खेलमा अविजित ६२ रन बनाए । 

नेपालबाट सबभन्दा कम उमेरमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्ने खेलाडी बनेका गुल्सन झाले पनि सम्भावना देखाएका छन् । भलै उनले खेलेका एक मात्र खेलमा राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङमा विकेट लिन नसके पनि ब्याटिङमा उनले ५३ बलमा दुई चौका र एक छक्कासहित २८ रन जोडेका थिए । यसबाट उनले राम्रो अलराउन्डर बन्न सक्ने संकेत दिएका छन् । 

‘‘युथहरुले यो भ्रमणमा जुन प्रदर्शन गरे त्यो खुसीको कुरा हो । ओपनिङ ब्याट्सम्यानहरुले राम्रो गरेका छन् । रोहितले त्यस्तै राम्रो पुनरागमन गरेका छन् । गुल्सन त्यसैगरी आएका छन्,’’ कप्तान ज्ञानेन्द्रले थपे, ‘‘उनीहरुको वर्क इथिक्सहरु हेर्ने हो भने हामीले यो स्तरमा क्रिकेट खेल्दा खेलाडीबाट जुन कुरा चाहेका थियौं । जुन क्यारेक्टर खोजेका थियौं । त्यो विस्तारै विल्डअफ भइराखेको छ । यसलाई मिलाएर अघि बढाउन सक्यौं भने भविष्यमा धेरै राम्रो हुन्छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  १३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro