site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डेब्यू गरेका गुल्सन अमेरिकाविरुद्ध ‘सरप्राइज प्याकेज’ !
SkywellSkywell

मस्कट, ओमान । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी त्रिदेशीय शृंखलामा अमेरिकाविरुद्धको दोस्रो खेलमा युवा खेलाडी गुल्सन झाले डेब्यू गरेका छन् । 

ओमानको अल अमारतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा अर्का तीव्र गतिका बलर सोमपाल कामीले गुल्सनलाई क्याप दिएका थिए । सोमपालले क्याप दिँदै भनेका थिए, ‘‘राष्ट्रिय टोलीसम्मको यात्रा गर्न र निरन्तरता दिन सजिलो पक्कै छैन । कहिलेकाहीँ प्रदर्शन बिग्रन सक्छ । त्यस्तो बेला पीडा हुन्छ । त्यसबाट आत्तिनु हुँदैन । सफल यात्राको लाग शुभकामना ।’’

नेपालविरुद्ध अमेरिकाका कप्तान सौरभ नेत्रभाल्करले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । 

KFC Island Ad
NIC Asia

को हुन् गुल्सन ?

६ महिनाअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न मेयर्स कपको फाइनल खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) क्लब र नेपाल पुलिस क्लबबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । तर, सबैले अपेक्षा गरेको भन्दा नतिजा भिन्न आयो । पुलिस क्लबले एकतर्फी खेल आफ्नो पक्षमा पार्यो । 

Royal Enfield Island Ad

कारण थियो, १७ वर्षीय तीव्र गतिका बलर गुल्सन झा । गुल्सन झाले उक्त खेलमा सात ओभरमा ३६ रन दिएर चार विकेट लिए । त्यही खेलमा गरेको प्रदर्शनबाट गुल्सनले सबैको नजर आफूमा केन्द्रित गरे । 

गुल्सनले एपिएफको सुरुवाती चारमध्ये तीन ब्याट्सम्यानलाई पवेलियनको बाटो देखाएका थिए । ओपनर शंकर राना ४, कप्तान शरद भेषवाकर र भुवन कार्की शून्य तथा कमलसिंह ऐरीलाई १ रन बनाएर आउट भएका थिए । पुलिस क्लबबाट गुल्सनको त्यो दोस्रो खेल थियो । पहिलो खेलमा भने उनी विकेटविहीन बनेका थिए ।

फाइनलपछिको प्रतिक्रियामा एपीएफका कप्तान शरदले गुल्सनलाई ‘सरप्राइज प्याकेज’ भनेका थिए । शरदले भनेजस्तै गुल्सन अहिले ओमान भ्रमणमा पनि अन्य टिमका लागि ‘सरप्राइज प्याकेज’ बनेका छन् । गुल्सनको बलिङ गर्ने तरिकाबारे अन्य टिम बेखबर छ । भएपनि राम्रोसँग अध्ययन गर्न पाएका छैनन् । त्यसैले पनि आज अमेरिकाका लागि उनी ‘सरप्राइज प्याकेज’ हुन सक्छन् ।

पुलिस क्लबको यात्रा
सर्लाही मलंगवाका ६ फिटभन्दा अग्ला गुल्सनले प्रधानमन्त्री कपका लागि प्रदेश २ बाट छनोट प्रतियोगिता खेलेका थिए । प्रदेशले पनि गुल्सनलाई वैकल्पिक खेलाडीका रूपमा राखेको थियो । प्रधानमन्त्री कपअघि ललितसिंह भण्डारी दुर्घटनामा परेर घाइते भएपछि पुलिस क्लबले उनको विकल्प खोजिरहेको थियो । त्यहीबेला पुलिस क्लबका प्रशिक्षक मनोज कटवालले गुल्सनको बारेमा थाहा पाए । ट्रायलका लागि बोलाए । गुल्सनले मनोजको विश्वास जित्न सफल भए । पुलिस क्लबले गुल्सनलाई आवद्ध गर्यो । 

तर, मेयर कपको सुरुमै उनको ढाडमा समस्या आयो । त्यसकारण सुरुआती खेल गुमाए । सेमिफाइनलमा काठमाडौं मेयर–११ विरुद्ध गुल्सनले मौका पाए । तर उनी विकेटविहीन बने । तर, दोस्रो खेलमा उनले आफ्नो जादु देखाउन सफल भए । 

संयोग नेपाली राष्ट्रिय टोलीमा पहिलो पटक पर्दा पनि उनको खुट्टामा चोट लाग्यो । आईसीसी क्रिकेट विश्वकप लिग–२ का ओमान भ्रमणमा हुँदा चोटकै कारण उनले सुरुआती खेल गुमाए । अहिले फिट भइसकेका छन् । शुक्रबार अमेरिकाविरुद्ध खेल्दैछन् ।

सुरुआती क्रिकेट यात्रा
घरेलु प्रतियोगिता खेलेको छोटो समयमै राष्ट्रिय टोलीमा पर्न सफल गुल्सन एकाएक उदाएका भने पक्कै होइनन् । गुल्सनले पछिल्लो चार वर्षदेखि भारतको राँचीस्थित अरूणोदय क्रिकेट एकेडेमीमा प्रशिक्षण गरिरहेका थिए । क्रिकेटमा लगाव भएका गुल्सनका बुबाले उनलाई त्यहाँ भर्ना गरिदिएका थिए । 

त्यहाँ उनको सम्भावना बलिङमा देखियो । गुल्सनले आफूलाई बलिङमै निखारे । भारतमै पनि एकेडेमी स्थानीय प्रतियोगिताहरु खेलेका थिए । गुल्सनले प्रशिक्षण गरेकै एकेडेमीमा हुर्किएकाहरू भारतको रणजी ट्रफी खेलिरहेका छन् । गुल्सनको यात्रा भने नेपाली राष्ट्रिय टोलीतर्फ मोडियो । त्यसका लागि खुड्किलो बन्यो– काठमाडौं मेयर कप । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  १५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro