राजनीति

काठमाडाैं । एमाले नेता प्रभु साहले सूचना प्रविधिमार्फ नयाँ युग निर्माण गर्ने लक्ष्यकासाथ आईटी आर्मी गठन गरिएकाे बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत नेता साहले स्वतन्त्र युवाहरूको प्रयासमा गठन भएकाे आईटी आर्मीले मुलुकमा व्याप्त दुराचार, भ्रष्टाचार, बेथितिविरुद्ध संघर्ष गर्ने बताएका हुन् ।
उनल आईटी आर्मीले विद्यमान राजनीतिक संकटको सामना गर्ने दिशामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
मंगलबार भक्तपुर लोकन्थलीको एक पार्टी प्यालेसमा आयोजित भेलाले नेता चन्द्र भुषण साहको संयोजकत्वमा १५१ सदस्यीय आईटी आर्मी गठन गरेको भएकाे हाे ।
प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८ १८:३५
प्रतिक्रिया दिनुहोस्