रामचन्द्र पौडेल कांग्रेस वरिष्ठ नेता हुन् । कांग्रेसको १३ औँ महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा पराजित उनी १४ औँ महाधिवेशनमा पनि नेतृत्वको तयारीमा जुटेका छन् । तर उनलाई यसअघि काँध थापेका नेताहरु आफैँ नेतृत्वको दौडमा छन् ।
यस्तो अवस्थामा तयारी के का लागि ? पौडेललाई नै नेतृत्व किन ? त्यसपछि कांग्रेस कस्तो बन्छ ? छाड्नैपर्ने अवस्था आयो भने कसरी छाड्ने ? लगायतका विषयमा केन्द्रित रहेर बाह्रखरीका बलराम पाण्डे र रमेश वाग्लेसँग पौडेलले शनिबार दिउँसो आफ्नै निवासमा लामो कुराकानी गरेका छन् ।
प्रस्तुत छ, नेता पौडेलसँग १४ औँ महाधिवेशन केन्द्रित कुराकानीको सम्पादित अंश–
कांग्रेसमा नेतृत्वका लागि अहिले नेताहरुको दौडधुप र छलफल तीव्र छ । अब कांग्रेस महाधिवेशन सुनिश्चित बनेको हो ?
महाधिवेशन अनिवार्य आवश्यकता हो । किनभने हाम्रो पार्टीको विधानले हामीलाई चारवर्षको कार्यकाल दिएको छ ।
असाधारण परिस्थितिमा एकवर्ष थप्न सकिन्छ । थपेको समय पनि सकियो । संविधानमै साढे पाँचवर्षभित्र पार्टीहरुले नेतृत्व चयन गर्नुपर्छ भनिएको छ ।
असाधारण परिस्थितिमा एकवर्ष थप्न सकिन्छ । थपेको समय पनि सकियो । संविधानमै साढे पाँचवर्षभित्र पार्टीहरुले नेतृत्व चयन गर्नुपर्छ भनिएको छ ।
अब पनि हामीले महाधिवेशन गर्न सकेनौँ भने वैधानिकतामाथि ठूलो प्रश्न उठ्छ, कांग्रेस लोकतान्त्रिक दल भएकाले त्यस्तो प्रश्न उठ्न दिनुहुँदैन । त्यस्तो अवस्थामा पुगेमा लोकतान्त्रिक पार्टीको प्रतिष्ठामा ठूलो धक्का लाग्छ ।
त्यतिमात्र होइन यो पार्टी नै अराजकतामा परिणत हुन्छ । जस्तोसुकै अवस्थामा पनि पार्टीको महाधिवेशन गर्नैपर्छ ।
तर केही नेताहरुले कोरोनाकाललाई शून्य अवधि मानेर सर्वोच्चमार्फत म्याद थपको तयारी गरेका छन् भन्ने पनि सुनिन्छ, सही हो ?
त्यो कतैबाट पनि पुष्टि हुँदैन । यस्ता कोरोना आउछन् जान्छन् । त्यसलाई शून्य समय मान्न कतैबाट पनि मिल्दैन । यस्तो बहाना बनाएर आफ्नो पद लम्याउने खेल कतैबाट पनि कांंग्रेसका आम नेता कार्यकर्तालाई स्वीकार्य हुँदैन ।
केही नेताहरु सर्वोच्च जानुभयो भने के हुन्छ ?
सर्वोच्च जानुभयो रे ! के त्यस्तोलाई सर्वोच्चले मान्छ ? सर्वोच्चमा गयो भने यो कार्यसमितिको औचित्य के ? सभापति कसरी रहने ? नैतिकता भन्ने हुँदैन र ? यस्तो भयो भने सभापति कसरी रहने भन्ने प्रश्न उठ्छ ।
सर्वोच्च जानुभयो रे ! के त्यस्तोलाई सर्वोच्चले मान्छ ?
भनेपछि महाधिवेशन सुनिश्चित छ ?
सुनिश्चित त छ नै, अनिवार्य पनि छ ।
तपाईं यसपल्ट नेतृत्वको तयारीमा हुनुहुन्छ कि हुनुहुन्न ? कि यसपल्ट कसलाई सभापति बनाउन लाग्नुभएको छ ?
मैले नेतृत्वको तयारी गरिरहेको छु । मैले भन्दा पनि देशभरका साथीहरुले तयारी गरिरहेका छन् ।
तपाईंलाई सभापति बनाउन तयारी गरेका हुन् ?
सही नेतृत्व खोज्न उनीहरुको तयारी हो । कांग्रेस के कारणले कमजोर भयो भन्ने खोजी छ । पार्टीको इज्जत के कारणले धुमिल भयो भन्ने चिन्दा देशभरका कार्यकर्तालाई छ ।
कांग्रेसको ऐतिहासिक भूमिका किन कमजोर भयो ? राष्ट्रप्रतिको जिम्मेवारी के हो ? यि विषयको जवाफ आम कार्यकर्ताले खोजिरहेका छन् ।
कांग्रेसको ऐतिहासिक भूमिका किन कमजोर भयो ? राष्ट्रप्रतिको जिम्मेवारी के हो ? यि विषयको जवाफ आम कार्यकर्ताले खोजिरहेका छन् । त्यसैले उनीहरु यसको सही जवाफ दिन सक्ने क्षमतावान नेतृत्वको खोजीमा छन् ।
१३ औं महाधिवेशनमा तपाईंलाई काँध थापेका नेताहरु अहिले आफैँ नेतृत्वका लागि तयारीमा हुनुहुन्छ । तपाईंलाई कमजोर भएजस्तो लाग्दैन ?
साथीहरुमा नेतृत्वको चाहना हुनु स्वाभाविक हो । धेरै समयदेखि राजनीतिमा छन् । उमेर पनि भइसकेको छ । त्यो कुनै आश्चर्यको विषय होइन ।
चाहना स्वाभाविक छ तर चाहनाले मात्रै केही हुँदैन र गर्दैन भन्ने उहाँहरुले पनि बुझ्नुपर्छ । चुनावमा हामीले अहिले नेतृत्वको विकल्प दिन सक्नुपर्छ र तयार हुनैपर्छ ।
मैले हरेक किसिमका विकल्पको कुरा गरिरहेको छु, जस्तो वैचारिकरुपले पनि अघि बढ्न सक्नुपर्यो । अहिलेको नेतृत्वलाई विकल्प दिन तयार हुनुपर्यो । गणितीय हिसाव, आचरण र चरित्रले पनि विकल्प दिन सक्नुपर्यो ।
मतदाताले अहिलेको नेतृत्वभन्दा के कारणले फरक छ भनेर विकल्प रोज्न पाउनुपर्यो र मतदान गर्न पाउनुपर्यो ।
तपाईंलाई कांग्रेसको सभापति बनाउने चाहिँ किन ? तपाईंले नेतृत्व गरेको कांग्रेस कस्तो हुन्छ ?
यहाँ धेरैले पदको कुरा भन्छन् । मलाई पदको कुनै लोभ छैन । पार्टी सभापति, प्रधानमन्त्री वा पद विशेष भन्दा पनि देशलाई सही दिशा दिन सक्छु भन्ने मलाई लाग्छ ।
एउटा लोकतान्त्रिक संस्कृति निर्माण गर्न चाहन्छु । यहाँ बराबरीका बीचमा अघि हुनुपर्छ भन्ने मान्यता मैले राख्छु । कांग्रेसमा कोही विशेष वर्ग छैन ।
कांग्रेसमा अहिलेसम्म देखिएको कमजोरी भनेको सत्ता र शक्तिको पहुँचमा पुग्नेबित्तिकै आफूलाई विशेष ठानिहाल्ने । त्यो प्रवृत्तिलाई अन्त्य गर्न चाहेको हुँ ।
एउटा लोकतान्त्रिक संस्कृति निर्माण गर्न चाहन्छु । यहाँ बराबरीका बीचमा अघि हुनुपर्छ भन्ने मान्यता मैले राख्छु । कांग्रेसमा कोही विशेष वर्ग छैन ।
म सामूहिक नेतृत्वमा विश्वास गर्छु । मैले आफ्नो आचरण र व्यवहारले पनि यो कुराको पुष्टि गरेको छु ।
१३ औँ महाधिवेशनपछि नेतृत्वलाई काम गर्न नदिने नेताका रुपमा पनि तपाईंलाई चिन्छन् नि ! विभाग गठनदेखि हरेक कुरामा सभापतिलाई किन असहयोग गर्नुभएको ? गुट बढाउने काम पनि गर्नुभयो भन्ने आरोप छ, के भन्नुहुन्छ ?
यसरी आरोप लगाउन पाइँदैन । पार्टीको कुनै पनि काममा मैले असहयोग गरेको छैन । चुनाव होस् या सरकार । केपी ओलीका विरुद्ध सडकमा जान मैले असहयोग गरेको हो ? राष्ट्रिय मुद्दामा मैले नेतृत्वलाई कहिले पनि असहयोग गरेको छैन ।
तर यहाँनेर मैले विगत पनि सम्झाउनुपर्ने हुन्छ । शेरबहादुर देउवा कांग्रेस प्रजातान्त्रिक भन्ने एउटा सानो समूहबाट आउनुभएको हो । एकिकृत कांग्रेसको सभापति पनि बन्नुभयो ।
तर एकिकृत भइसकेपछि पनि उहाँले त्यो पूरानो सानो समूहलाई काखी च्याप्न छोड्नुभएन ।
शेरबहादुर देउवा कांग्रेस प्रजातान्त्रिक भन्ने एउटा सानो समूहबाट आउनुभएको हो । एकिकृत कांग्रेसको सभापति पनि बन्नुभयो ।
कांग्रेसमा धेरै दुःख पाएका, संघर्ष गरेका र पार्टीमा योगदान गरेका नेताहरु पाखा पारियो । मैले यस्ता साथीहरुलाई अन्याय गर्न हुँदैन भनेर बोलिदिएको हुँ ।
उहाँ सभापति हुनेबित्तिकै मैले भनेको थिएँ– तपाईं अब सभापति हुनुभयो, दलको नेता पनि हुनुभयो । तपाईं अब पाँचपटक प्रधानमन्त्री हुँदै हुनुहुन्छ । तपाई सिंगो कांग्रेसको सभापति पनि हुनुभयो । अब लोभ नगर्नुस्, पार्टी बलियो बनाउने काममा लाग्नुस् । सबै कांग्रेसलाई एकै ठाउँमा ल्याएर न्यायपूर्ण व्यवहार गर्नुस् । मूल्यांकनका आधारमा व्यवहार गर्नुस् ।
तर उहाँले पुराना साथीहरुलाई किनारा लगाउने काम रोक्नुभएन । यसको विरुद्ध बोलेको हुँ पार्टीलाई असहयोग गरेको होइन ।
तपाईंले ‘प्रजातान्त्रिक कांग्रेस’ को कुरा गर्नुभयो । तर कतिले ‘प्रजातान्त्रिक कांग्रेस’ गठन गर्न तपाईंले पनि भूमिका खेल्नुभयो । पछि देउवालाई धोका दिनुभयो भन्छन् नि !
पार्टी फुटाउने र नयाँ पार्टी बनाउने कुरामा मेरो भूमिका थियो भन्नु गलत हो । म कहिल्यै पनि पार्टी विभाजनको पक्षमा थिइन ।
गिरिजाबाबुले शेरबहादुरजीलाई जसरी कारबाही गर्नुभयो अर्थात् ‘स्वात्तै दुधमा परेको माखो फालेझैँ’ फालिदिनुभयो त्यसबेला मैले गिरिजाबाबुलाई यसरी कारबाही नगरौँ भनेको हुँ
एउटा कुरा के चाहिँ हो भने गिरिजाबाबुले शेरबहादुरजीलाई जसरी कारबाही गर्नुभयो अर्थात् ‘स्वात्तै दुधमा परेको माखो फालेझैँ’ फालिदिनुभयो त्यसबेला मैले गिरिजाबाबुलाई यसरी कारबाही नगरौँ भनेको हुँ ।
पार्टीमा देउवाको पनि योगदान छ, संघर्षको मैदानमा सँगै आएका नेता हुन् । सामान्य कारबाही गरौँ तर साधारण सदस्यबाटै चाहिँ ननिकालौँ भनेको हुँ । पार्टीमा रहन दिउँ त्यसपछि अघि बढौँ भनेको चाहिँ हुँ । तर यसलाई गलतरुपमा बुझ्नुभएन ।
यो मैले इमान्दारिताका साथ कोसिस गरेको हुँ । गल्ती महसुस गर्न लगाऊँ भनेको हुँ ।
पार्टी विभाजन हुने दिनमा गिरिजाबाबुको निवासमा पुगेर शैलजा आचार्यलाई साक्षी राखेर कारबाही नगरौँ भन्ने नेता हुँ म । तर मैले सकिन । म हारेँ ।
यो कुरा मैले शेरबहादुर देउवालाई पनि भनेको थिएँ– तपाईंलाई म न्याय दिलाउन र पार्टीमा सुरक्षा दिलाउन हदैसम्म लाग्छु ।
तर जुन दिन यो पार्टी विभाजनको अवस्थामा पुग्छ त्यसबेला सहयोग गर्ने छैन भनेर भनेको थिएँ ।
पार्टी विभाजन हुने दिनमा गिरिजाबाबुको निवासमा पुगेर शैलजा आचार्यलाई साक्षी राखेर कारबाही नगरौँ भन्ने नेता हुँ म । तर मैले सकिन । म हारेँ ।
तर मेरो हार लोकतन्त्रको हार नहोस् भनेर गिरिजाबाबुलाई भनेको हुँ । पछि पार्टीमा ल्याउन पनि मैले सकारात्मक भूमिका निर्वाह गरेकै हुँ । मैले उहाँलाई धेरै कुरामा सहयोग गरेको छु उहाँबाट कुनै संकेतसम्म देखिँदैन ।
पार्टीमा सभापति र वरिष्ठ नेता अर्थात् देउवा र तपाईंबीच कहिलेकाहिँ अन्तरंग कुराकानी हुँदैन ? पार्टी कसरी अघि बढाउने भन्ने छलफल हुँदैन ?
उहाँसँग केको अन्तरंग कुराकानी हुने ? उहाँसँग छलफल नै हुँदैन नि । उहाँको बानी कस्तो छ भने एउटा कुरा फ्याट्ट भनिदियो सकियो । उहाँले अर्को पाटोबाट सोच्नुहुन्न ।
त्यो क्षमता र सोच पनि मैले पाइन । सहनशीलता पनि देख्दिनँ । यसो कुरा गर्न खोज्यो ‘हुइट्’ गरिदिनुहुन्छ अनि कुरा सकियो ।
तर कांग्रेसमा कुनै बेला ‘आरएसएस’ भनेर तपाईंहरुकै समूह चर्चामा थियो । रामचन्द्र, शेरबहादुर र शैलजाको, अहिले किन त्यस्तो भयो ?
कांग्रेसका एकजना नेता हुनुहुन्छ । उहाँ मेरो साथी पनि हो विपिन कोइराला, जो नेविसंघको प्रथम अध्यक्ष पनि हुनुभयो ।
उहाँ भन्नुहुन्थ्यो कि –बेनेफिट अफ रिमोर्ट एरिया । शेरबहादुर देउवाको विषमा उहाँको मुखमै त्यही शब्द आउथ्यो ।
उहाँले कांग्रेसले सुदूरपश्चिममा नेता जन्माउनुपर्छ भन्नुहुन्थ्यो । सुदूरपश्चिममा कांग्रेसका ठूला नेता थिएनन् । तर हाम्रोतिर ठूला नेता धेरै थिए ।
सुवर्ण शमशेर, बीपी, गणेशमान, किसुनजी र गिरिजाबाबुले उहाँलाई बढी पुल्पुल्याउनुभयो । भनिन्छ नि बढी पुल्पुलिएका छोराछोरी राम्रा हुँदैनन् भनेर त्यस्तै भएको हो ।
त्यसको फाइदा शेरबहादुर देउवाले प्रशस्तै उठाउनुभयो । अर्थात् ‘लाडप्यार’मा हुर्किने मौका पाउनुभयो ।
सुवर्ण शमशेर, बीपी, गणेशमान, किसुनजी र गिरिजाबाबुले उहाँलाई बढी पुल्पुल्याउनुभयो । भनिन्छ नि बढी पुल्पुलिएका छोराछोरी राम्रा हुँदैनन् भनेर त्यस्तै भएको हो । यो पनि मैले शेरबहादुरजीमा समस्या देख्छु ।
तपाईले १३ औँ महाधिवेशनको समूह कायम राख्न सक्नुहोला ?
अहिले नेतृत्व परिवर्तन आवश्यक छ । यो नेतृत्वबाट कांग्रेसले प्रगति गर्न सक्दैन भन्ने कुरामा जो जो सहमत हुन्छन् उनीहरु एकठाउँमा आउँछन् ।
एकजना भारतीय कविले भनेजस्तै ‘अकेला चलो’ भन्नुपर्छ भने पनि म रोकिन्न । पवित्र उद्देश्यका लागि एक्लै भए पनि अघि बढ्नुपर्छ ।
एकजना भारतीय कविले भनेजस्तै ‘अकेला चलो’ भन्नुपर्छ भने पनि म रोकिन्न । पवित्र उद्देश्यका लागि एक्लै भए पनि अघि बढ्नुपर्छ ।
मलाई १३ औँ महाधिवेशनमा सहयोग गरेका नेताहरुसँग पनि कुरा भइरहेको छ । मलाई विश्वास हामी एकैठाउँमा हुन्छौँ ।
अन्तिम अवस्थामा तपाईंलाई सम्मानित नेता भएर बस्नुस् भनेर परिबन्धमा त पार्दैनन् ?
हेर्नुस्, मलाई पद अनिवार्य होइन । कांग्रेसमा अहिले विकल्प चाहिएको हो । त्यो विकल्प दिनसक्ने म बाहेक अहिले देखेको छैन । अहिले साथीहरुले भनेरमात्रै हुँदैन चुनावमा जित्न पनि पर्छ । पाँच हजार प्रतिनिधिको भावना जित्न सक्नुपर्छ ।
शेरबहादुर देउवाले त सबै किसिमको शक्ति प्रयोग गर्नुहुन्छ । तर हामीले त्यसो गरेर हुँदैन । जब प्रतिनिधिले विकल्प खोज्छन् त्यसबेला जे प्रयोग गरे पनि हुँदैन ।
शेरबहादुर देउवाले त सबै किसिमको शक्ति प्रयोग गर्नुहुन्छ । तर हामीले त्यसो गरेर हुँदैन । जब प्रतिनिधिले विकल्प खोज्छन् त्यसबेला जे प्रयोग गरे पनि हुँदैन । अहिले कांग्रेसमा विकल्पको खोजी भइरहेको छ ।
राजनीति हो, राजनीतिमा सम्भावना प्रशस्तै हुन्छन् । केपी ओली र प्रचण्ड मिलेका उदाहरण पनि छन् । कतै १३ औँ महाधिवेशनमा सभापतिका प्रत्यासी तीनैजना एकठाउँ हुन सक्छन् भन्ने विश्लेषण पनि गरिदैँछ नि ? तपाईं, शेरबहादुर देउवा र कृष्ण सिटौला एकैठाउँमा उभिने सम्भावना छ ?
जो पनि हुने सम्भावना म देख्दिन । एउटा सम्भावना (सबैले बुझ्दा पनि) शेरबहादुरजीकै मान्छेहरुले पनि उहाँलाई अब त अति भइसक्यो, काँध फेर्नुपर्छ भनेका छन् ।
त्यसैले उहाँहरुले मलाई सहयोग गर्न सक्नुहुन्छ ।
तपाईंलाई देउवाले प्रधानमन्त्री उमेदवार अहिले नै घोषणा गरेर जाऔँ, कांग्रेस सभापतिमा मलाई सहयोग गर्नुस् भन्नुभयो भने । किसुनजीलाई देखाएर पनि त कांग्रेस चुनावमा गएको इतिहास छ नि !
यो कुरा १३ औँ महाधिवेशनमै आएको हो । शेरबहादुरजीको विश्वस्त सुत्रबाट यो कुरा आएको थियो तर मैले प्रस्ताव स्वीकार गरिन ।
मैले शेरबहादुर देउवालाई थप अरु १० पल्ट प्रधानमन्त्री मान्न तयार छु तर सभापतिमा सहयोग गर्न सक्दिन ।
मैले शेरबहादुर देउवालाई थप अरु १० पल्ट प्रधानमन्त्री मान्न तयार छु तर सभापतिमा सहयोग गर्न सक्दिन । उहाँले मलाई सभापतिमा सहयोग गर्न सक्नुहुनेछ । अब पनि उहाँलाई नेतृत्व दिनु भनेको पार्टी बर्बाद पार्नु हो । त्यसकारण सभापतिमा मैले उहाँलाई सहयोग गर्ने भन्ने कुरा नै आउँदैन ।
अहिले त्यस्ता प्रस्ताव आएका छैनन् ?
अहिले त्यस्तो कुरा भएको छैन । कसैले प्रस्ताव ल्याएको पनि छैन । बाहिर मान्छेहरुले के के भनेर अडकलबाजी गर्छन् । तर, ती अड्कलबाजी कुनै तथ्यमा आधारित छैनन् ।
कृष्ण सिटौला, सुजाता कोइराला र तपाईंबीच पनि बैठक भयो । केही राजनीतिक सन्देश दिन खोज्नुभएको हो ?
हामी भेट्यौँ । त्यहाँ धेरै लामो कुरा हुन पाएन । सुजाता कोइरालाको ढाकढुक बोल्ने बानी छ । जाँदाजाँदै उहाँले यसपाली रामचन्द्रजी नै सभापति बन्नुपर्छ, अरुले सक्दैनन् भनेर भनिदिनुभयो । सिटौला अवाक हुनुभयो । उहाँले कुरालाई अन्तै लैजान थाल्नुभयो ।
जाँदाजाँदै उहाँले यसपाली रामचन्द्रजी नै सभापति बन्नुपर्छ, अरुले सक्दैनन् भनेर भनिदिनुभयो । सिटौला अवाक हुनुभयो ।
सिटौलाले त्यो कुरामा प्रवेश गर्न चाहनुभएन । उहाँले के भन्नुभयो भने– समायोजन समितिमा गडबड हुँदैछ है रामचन्द्रजी जोगाउनुस् ।
अघिल्लोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेदेखि राजनीतिक लाइन फरक बाटोमा छ । तपाईं कहाँ हुनुहुन्छ यो राजनीतिमा ?
तपाईंले राजनीतिक विषय उठाउनुभयो, म अलिकति अघिदेखिको कुरा भन्छु । कांग्रेस सुतेको थियो इन्तु न चिन्तु भएर ।
बहस चलिरहेको थियो –नेपाली कांग्रेसमा विचारको खडेरी भनेर ।
मैले प्रहरी प्रशासनलाई लोकतान्त्रिक काममा बाधा नपार्न चेतावनी दिएको थिएँ । तर प्रशासनले जबर्जस्ती गर्यो । भोलिपल्टदेखि कांग्रेस जाग्यो ।
त्यसपछि मैले नै हाम्रो विचार किन छायामा पर्यो भनेर अभियान नै चलाएको हुँ ।
हाम्रा विचारहरु धारावाहिक रुपमा दिन थालेँ । हामीले चाहेको समाजवाद कस्तो हो ? बीपीको समाजवादलाई हामी आजको सन्दर्भमा कसरी बुझ्छौँ ? नेपालको आर्थिक विकासको मोडेल कस्तो हुनुपर्छ ? नेपालका राष्ट्रिय प्राथमिकता के हुन् ?, नेपालका सम्भावनाहरु के हुन् ? यी विषयमा मैले आफ्ना धारणा लगातार राख्दै गएँ ।
त्यसैबीचमा दमौली गएँ । त्यहाँ एउटा पुल उद्घाटन गर्ने कार्यक्रम थियो । त्यहाँ मलाई रोक्ने काम सरकारबाट भयो ।
म अघि बढेरै छाडेँ । मैले प्रहरी प्रशासनलाई लोकतान्त्रिक काममा बाधा नपार्न चेतावनी दिएको थिएँ । तर प्रशासनले जबर्जस्ती गर्यो । भोलिपल्टदेखि कांग्रेस जाग्यो ।
अहिले आएर सभापतिले भनेको उल्टो भएको छ । ओलीलाई अंकुश लगाउन नसक्दा फेरि संसद् विघटन गरे ।
लगत्तै नेपालमा संसद् विघटनको घटना आयो । तनहुँ घटनाबाट कांग्रेस उठेको हुनाले त्यसको डिफेन्स गर्न हामीलाई धेरै सजिलो भयो । अनि हामीले कडा विरोध गर्यौँ । तर सभापतिले अदालतमा भएको मुद्दामा नबोलौँ भन्नुभयो । उहाँको इच्छा ओलीले गराएको चुनावमा जाऔँ भन्ने थियो ।
मैले भने– अहिले चुनाव होइन संविधान बचाऔँ भनेको हुँ ।
त्यो बेलादेखि मैले जुन अडान लिएको छु मुलुकको राजनीति सोही दिशामा अघि जाँदैछ ।
अहिले आएर सभापतिले भनेको उल्टो भएको छ । ओलीलाई अंकुश लगाउन नसक्दा फेरि संसद् विघटन गरे ।
अघिल्लो चोटी नै सभापति अलि बढी कस्सिएको भए फरक परिणाम प्राप्त हुन्थ्यो ।
सत्य त मै रै’छु नि । नेपालको लोकतन्त्र जोगाउन पनि कांग्रेसको नेतृत्व मैले गर्नुपर्छ ।
ओली र देउवाबीचको सम्बन्ध के रहेछ । प्रतिपक्षी पनि विरोधमै निस्कन नहुने खालको ?
उहाँहरुको बीचमा के सम्बन्ध हो एउटा सानो उदाहरण हेर्नुस् । यति ठूलो विरोधका बीच संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी भयो ।
विरोध गरेर यो फिर्ता गराउनुपर्ने थियो तर सभापतिले अख्तियारमा एकजना मान्छे पठाउन पाएपछि सन्तुष्ट हुनुभयो । अब गर्ने के ? के रहेछ उहाँहरुको सम्बन्ध यसैबाट थाहा हुन्छ ।
एकपल्ट तपाईंले राजनीतिप्रतिको असम्मान भयो, आत्महत्या गरुँ कि जस्तो लाग्छ भन्नुभएको थियो । राजनीति त्यहीँ वरिपरि छ कि अघि बढेको छ ?
मैले टुँडिखेलबाट त्यही कुरा बोलेको हुँ । म यदि सभापति चुनिएको भए नेपालको राजनीति र कांग्रेसको राजनीतिलाई, कांग्रेसको संगठनलाई सम्मानित राजनीतिको दिशामा ढाल्थेँ ।
मानिसलाई वितृष्णा हुने गरेर राजनीति भनेको फोहोरी खेल हो, यस्तो नबनाउँ भन्ने मेरो चाहना हो ।
तर, दुर्भाग्यले म सफल भइन । शेरबहादुर देउवाको हातमा गएपछि पार्टी बिग्रियो । मेरो लडाइँ नै अहिले त्यहीँनेर हो ।
मानिसलाई वितृष्णा हुने गरेर राजनीति भनेको फोहोरी खेल हो, यस्तो नबनाउँ भन्ने मेरो चाहना हो ।
कांग्रेसले चुनाव हारेपछि तपाईंले नै होइन र ‘देउवाजी पार्टी छाड्नुस् नयाँ पुस्तालाई दिउँ’ भनेको ?
मैल भनेको हो । मैले उहाँलाई परिणामको जिम्मा लिनुस् सक्नुहुन्छ भने मलाई छोड्नुस् नभए अरु कसैलाई दिएर पनि छोड्नुस् भनेको थिएँ । मैले भनेको यही हो ।
त्यसो भए अब दोस्रो पुस्तालाई सहयोग गर्न किन तयार नहुनुभएको त ?
म त्यसमा आपत्ति गर्दिन । मैले एउटा कुरा भनिराखेको छु । म यो प्रवृत्तिको विकल्प चाहन्छु र विकल्प दिने व्यक्तित्व खोजीरहेको छु ।
धुलोबाट उठेर आएको व्यक्ति सभापति हुनुपर्छ भन्ने मेरो मान्यता छ । जसरी भारतमा मोदीको उदय भयो ।
विकल्प म दिन सक्छु भन्ने दाबी गरेर मात्र भएन, विकल्पका योजना र कार्यक्रम लिएर आउने मान्छे म खोजेको हुँ । त्यो अझै पार्टीमा देखिएको छैन ।
धुलोबाट उठेर आएको व्यक्ति सभापति हुनुपर्छ भन्ने मेरो मान्यता छ । जसरी भारतमा मोदीको उदय भयो । त्यसरी कसैको लिगेसी भन्दा पनि धुलोबाट आएको मान्छे सभापति बन्नुपर्छ भन्ने मेरो धारणा हो ।
तीन नेताका छोरा (प्रकाशमान, शशांक र विमलेन्द्र) धुलोबाट उठेका नेतामा पर्छन् कि पर्दैनन् ?
उहाँहरुले पनि काम गर्नुभएको छैन भन्न मिल्दैन । उहाँहरुले पनि आ–आफ्ना क्षेत्रमा काम गर्नुभएको छ । तर, नेताका छोरा मात्र भनेर जसरी आइरहेको छ, त्यो उहाँहरुमाथि पनि अन्याय गरिँदैछ । कांग्रेस बनाउन उहाँहरुको ठूलो योगदान छ ।
शेरबहादुर देउवाले आफू पराजित हुने अवस्था देखियो भने बीपीकै छोरालाई पार्टी हस्तान्तरण गर्छु भन्नुभएको छ भन्ने पनि चर्चामा छ नि !
यो प्रजातन्त्र हो । कसैले कसैलाई हस्तान्तरण गर्ने कुरा प्रजातन्त्रमा हुँदैन । देशभरका कार्यकर्ताले के भन्छन् त्यो हेर्नुपर्छ ।
शेरबहादुर देउवाले शशांक कोइरालालाई मेरो तर्फबाट सभापति उमेदवार बनाउँछु भन्न त सक्नुहुन्छ होला नि, होइन र ?
बनाउनुस् न त ! अरु पनि उठन त पाउँछन् होला नि ! हामीले पनि भोट माग्न त पाइन्छ होला नि !
महाधिवेशन प्रतिनिधिलाई छनोट गर्ने अधिकार त दिइन्छ होला नि ! होइन र ? प्रजातन्त्रमा एकले अर्कोलाई सहयोग गर्न पाइन्छ अन्यथा लिनुहुँदैन ।
बनाउनुस् न त ! अरु पनि उठन त पाउँछन् होला नि ! हामीले पनि भोट माग्न त पाइन्छ होला नि !
तपाईंले परिकल्पना गरेको कांग्रेस कस्तो हो ?
एउटा कुरा त यो राष्ट्रमा राजनीतिक संस्कार र संस्कृतिको विकास गर्नुछ । नेपाली कांग्रेस पार्टी नै नेपालमा लोकतन्त्रको पहरेदार हो ।
समाजलाई लोकतान्त्रिकरण गर्नका लागि नेपाली कांग्रेस आफैँमा लोकतान्त्रिक हुन आवश्यक छ ।
त्यसकारण लोकतन्त्रको पाठशाला पनि नेपाली कांग्रेस बनाउनुपर्छ म त्यसमा लाग्छु ।
समाजलाई लोकतान्त्रिकरण गर्नका लागि नेपाली कांग्रेस आफैँमा लोकतान्त्रिक हुन आवश्यक छ ।
सबै भ्रातृ संस्थाको अधिवेशन हुनुपर्यो । यति समयभित्र विभागहरु बन्छन् भनेपछि विधानले भनेका मितिभित्र विभाग र समितिहरु बन्नुपर्यो ।
अर्को कुरा कांग्रेसलाई विचारशील पार्टी बनाउनु छ ।
नेपालको विकासका लागि नेपालको भूराजनीतिक परिस्थिति, भौगोलिक अवस्थिति, प्राकृतिक विविधतासँग सुहाउँदो विकासको मोडल दिएर अघि बढाउनुपर्छ ।
तपाईं सभापति बन्नुभयो भने प्रधानमन्त्रीको दाबी गर्नुहुन्छ कि हुँदैन ?
म पार्टीको नेतृत्व लिन्छु र पार्टीलाई सफल गराउँछु । त्यसपछि राष्ट्रको नेतृत्व गर्नुपर्ने अवस्था आयो भने पार्टी कसैलाई चलाउनु भनेर जिम्मा लगाउँछु ।
म शक्ति बाँडफाँडमा विश्वास गर्छु । हामीले कुन काम कतिबेला जिम्मेवारी लिनुपर्छ, आवश्यकता र औचित्य हेरेर गर्ने हो ।
म पार्टीको नेतृत्व लिन्छु र पार्टीलाई सफल गराउँछु । त्यसपछि राष्ट्रको नेतृत्व गर्नुपर्ने अवस्था आयो भने पार्टी कसैलाई चलाउनु भनेर जिम्मा लगाउँछु । दुई तीनवटा पद समातेर बस्दिन ।
कांग्रेसमा धर्मको कुरा पनि उठिरहेको छ । महासमिति बैठकमा ठूलै समूहले विशेष प्रस्ताव लगेको थियो । अहिले पनि नेताहरु धर्मका विषय उठाइ नै रहेका हुन्छन् । तपाईंको धारणा के हो ?
म यो विषय धेरै कोट्याउन चाहन्न । धर्मलाई राजनीतिसँग मिसाउनु हुँदैन । धर्मलाई राजनीतिमा मिसमास गरेर आउने संकटलाई अहिले धेरैले बुझेका छैनन् ।
या त नजरअन्दाज गरिरहेका छन् । हामीले त्यसरी आउने संकटलाई पनि सचेततापूर्वक हेर्नुपर्छ । व्यक्तिगतरुपमा म धार्मिक स्वतन्त्रताको पक्षपाती हुँ । म आध्यात्मसँग जोडिएको छु ।
धर्मलाई राजनीतिसँग मिसाउनु हुँदैन । धर्मलाई राजनीतिमा मिसमास गरेर आउने संकटलाई अहिले धेरैले बुझेका छैनन् ।
मलाई त्यत्रो वर्षसम्म जेलमा बस्न, जीवनमा निराश नबनी आशा बोकेर काम गर्न मभित्रको आध्यात्मिक शक्तिले प्रेरित गरिरह्यो । त्यसो भएर म मुलतः आध्यात्मिक मान्छे हुँ ।