site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नगद दुई लाख ३२ हजार रुपैयाँसहित भरतपुरबाट १३ जुवाडे पक्राउ 
जुवा खेलिरहेकाे अवस्थामा पक्राउ परेकाहरू ।

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुरबाट २ लाख ३२ हजार ६ सय ८० रुपैयांँ नगदसहित १३ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति १०  बजे क्षेत्रपुरस्थित  पियाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर २ का घरधनी सुगम पिया, सोही ठाँउका राजेन्द्र कसाई, भरतपुर ११ का पदम तामाङ, भरतपुर २ का रोशन खड्का, विजय गुरुङ, सुर्य बोहोरा, मनिज कुमार र बद्री बोहोरा रहेका छन् । 

अन्य पक्राउ पर्ने जुवाडेमा भरतपुर ७ का राम बहादुर मगर, भरतपुर ११ का रमेश प्रजापती, भरतपुर ३ का विनोद खड्की, भरतपुर १२ का आशिष गुरुङ र नवलपुर, गैंडाकोटका  नवराज क्षेत्री रहेका छन् ।

उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १३, २०७८  २२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro