site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालमा लोकतन्त्र किन संस्थागत हुन सकेन ?

विकासशील र अल्पविकसित देशहरूको स्थायित्व र विकासका लागि लोकतन्त्र  सबैभन्दा महत्त्वपूर्ण कारक हो । तर, नेपालजस्ता अल्पविकसित देशमा भने लोकतन्त्रले पनि राम्रो परिणाम ल्याउन सकेको छैन । नेपाली नागरिकहरू शान्ति, समृद्धि र कुशल लोकतान्त्रिक प्रणालीतर्फ अघि बढ्न चाहन्छन् । तर, लगभग दुई दशकको अभ्यासपछि नेपालमा यसको कार्यक्षमताप्रति  निराश हुनपुगेका छन् । 

लोकतन्त्रले लगभग दुई दशकमा पनि नेपालमा स्थायित्व ल्याउन सकोको छैन । यद्यपि, यही कारणले नेपाली समाजे लोकतन्त्रका लागि उपयुक्त छैन भन्ने निष्कर्षमा पुग्नु गलत हुन्छ । हामीले लोकतन्त्रको अभ्यास पूर्वतयारीका साथ गरेका थियौँ भन्ने प्रश्न उठ्न सक्छ भने अर्को पक्ष लोकतन्त्रको लागि आवश्यक वातावरण बनाउन सक्यौँ त भन्ने पनि छ । 

लोकतन्त्र आवधिक चुनावमात्र होइन  । यो जीवने पद्धति र जीवन शैली पनि हो । यस व्यवस्थामा स्वतन्त्रता ,निष्पक्षता, पारदर्शिता र वैयक्तिक सम्मानजस्ता सिद्धान्तहरूको विकास गहन हुन्छन् । यिनै सिद्धांन्तहरूको उपयोगले सामाजिक विकास गर्न सकिन्छ ।े सामाजिक विकासले जनता चेतना र समृद्धि ल्याउने छ । 

अहिले विश्वमै लोकतन्त्र अपेक्षाकृत कमजोर र सुूताएको  स्थितिमा छ । , यस्तोे लोकतन्त्रको हाम्रो देशमा बल्ल  थालनी भएको छ ।  लोकतन्त्र संस्थागत हुन देशमा आर्थिक स्थिति राम्रो हुनुपर्छ ।  लोकतन्त्र राम्रोसँग स्थापित भएका देशहरू आर्थिक दृष्टिकोणले पनि सक्षम छन् । हाम्रो देश आर्थिकरूपमा सम्पन्न नभएकाले  पनि लोकतन्त्र संस्थागत हुन कठिन भएको हो  । समाजको बारेमा साच्न र समाजमा परिवर्तन ल्याउनसक्ने शिक्षित वर्ग जसले देशको आर्थिक स्थिति कमजोर भएको कारण रोजगारीका लागि विदेश पुगेको छ । समाजमा त्यो वर्ग नहुँदा सत्ताहरूको शक्ति विकेन्ंद्रीत हुनसकेको छैन  । 

अहिले राजनीतिक शक्ति जनस्तरमा नभएर केन्द्रमा नै सीमित छ  । त्यों शक्ति समाजमा विकेन्द्रित हुनसकेको छैन । हाम्रो देशमा दलितहरूको स्थिति राम्रो छैन  । हाम्रो निर्वाचन पद्धतिमा दलितहरूको कोटा छुट्ट्याइएकोे छ । तर, समाजमा दलितको प्रतिनिधित्वको अभाव छ  ।उनीहरूका बारेमा आवाज उठाउने मानिसको अझ पनि समाजमा कमी छ  । तिनीहरू सामाजिक र आर्थिकरूपमा पछाडि परेका छन्  । चुनावमा तिनको मतलाई पैसामासाँट्ने अभ्यास राजनीतिक पार्टीहरूमा देखिन्छ । यस्तो स्थितिमा कसरी समाजमा लोकतन्त्र स्थापित हुन सक्छ ?

लोकतन्त्र संस्थागत हुनसामाजिक संरचना पनि जिम्मेवार हुन्छ ।  राजनीतिक संरचना, नागरिक समाज, पसागत संघसंस्था, धार्मिक समूह, महिला समूह, र श्रमिक  जस्ता सामाजिक संरचना अपेक्षाकृत सक्रिय र स्वतन्त्र भए  तिनले राजनीतिक र लोकतान्त्रिक संस्थाहरूको शक्ति सन्तुलनका लागि सक्रिय भूमिका खेल्न सक्छन् । संयुक्त राज्य अमेरिकामा प्रजातन्त्रको गतिशीलताको मुख्य कारण यी मध्य समूहहरूको गतिशीलता हो । तर कुनै मध्य समूह नभए समाज राजनीतिक शक्तिको प्रभुत्वमा जानेसम्भावन बढी हुन्छ  र लोकतन्त्र संस्थगत हुन सक्दैन । हाम्रो देशमा यस्ता संघसंगठन  सक्रिय त छन तर तिनीहरू राजनीतिक पार्टीका भातृ संस्थाहरूको रूपमा विकसित भएका हुन् । उनीहरू समाज सुधार र लोकतान्त्रिक संस्थाहरूको शक्ति नियन्त्रणको लागि सक्रिय हुनुभन्दा पनि राजनीतिक पार्टीको जोड़ घटाउमा नै व्यस्त हुन्छन् । यो पनि नेपालको लोकतन्त्र असफल हुनुको प्रमुख कारण हो  । 

यहाँ  नागगरिक समाज, व्यावसायिक संघसंस्था, पसागत संगठन, धार्मिक समूह, महिला समूह, र श्रमिक युनियनलगायत समाजको सबै समूहको दलगत कित्ताकाट गरिएको छ । तिनले वर्गीय हक, हित र अधिकारको संरक्षण तथा लोकतान्त्रिक संस्थाको निरीक्षण भन्दा पनि निकटताको आधारमा राजनीतिक पार्टीहरूलाई सहयोग गर्ने र ती दलहरू सत्तामा पुग्दा लाभ लिने गरेको देखिन्छ । यो पनि हाम्रो देशमा लोकतन्त्र संस्थागत हुन नसक्नुको कारण हो । 

सामाजिक संरचनाको अर्को तत्त्व स्वतन्त्र बजार अर्थव्यवस्था हो । शक्तिशाली स्वतन्त्र बजारले मुलुकमा राजनीतिक र आर्थिक शक्तिको विकेन्द्रीकरणमा प्रभावकारी भूमिका खेल्न सक्छ । यसले मानिसहरूलाई निगरानी र शक्ति सीमित गर्न पनि सजिलो बनाउँछ  । स्वतन्त्र बजार प्रणालीमा, सरकारको भूमिका परिचालनभन्दा बढी अनुगमनात्मक हुन्छ । निःशुल्क बजार प्रणालीमाँ अधिक रचनात्मकता, प्रतिस्पर्धा र निर्माण हुन्छन् । प्रायः व्यक्तिहरू र स्वतन्त्र बजारको क्षमताभन्दा बाहिरका केही विषयबाहेक अदृश्य हातले यसलाई नियन्त्रण गर्नेछ । समग्रमा स्वतन्त्र बजार प्रणालीमा सरकारको भूमिका सानो हुन्छ भने समाजको भूमिका ठूलो र बढी सक्रिय हुन्छ । 

हाम्रो देशको लोकतन्त्र कमजोर हुनुको एउटा कारण स्वतंत्र बजार प्रणाली नहुनु पनि हो  ।  हाम्रो देशमा उत्पादन हुने तरकारीले बजार पाउँदैन । त्यहीँ भारतीय तरकारीले बजार पाउँछ ।

कुनै पनि देशको लोकतन्त्र संस्थागत  हुनु या न हुनुमा  विदेशी हस्तक्षेप पनि एउटा कारण हुन्छ   ।  उदाहरणका लागि दोस्रो विश्वयुद्धमा जहाँ जहाँ अमेरिकी सेना गयो, त्यहाँ ऊनीहरूले प्रजातान्त्रिक पद्धति स्थापित गरे । अर्थात अमेरिकी सेनाले साथमा लोकतन्त्र पनि बोकेर लगे  । अफगानिस्तानको लातान्त्रिक पद्धति कमजोर हुनुमा भने त्यसं देशमा अमेरिका र रूसको हस्तक्षेप प्रमुख कारण हो ।

नेपालमा लोकतान्त्रिक पद्धति कमजोर हुनुमा छिमेकी देशहरूले यहाँको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्नु पनि एउटा कारण हो । नेपालका प्रायः राजनीतिक परिवर्तनहरूमा भारतको भूमिका रहन्थ्यो । तैपनि, भारतले नेपालमा भएका परिवर्तनहरू स्थिर हुन दिएन  ।नेपालको लोकतन्त्र कमजोर हुनुमा भारतको ठूलो हात छ । विसं २०४६ सालको जनआन्ंदोलनमा भारतीय नेता र रजनीतिक पार्टी हरूको सहयोग रह्यो, । नेपालमा सत्ता परिवर्तन भयो  । तर,  परिवर्तनलाई स्थिर राख्ने काममा भने भारतको सहयोगभन्दा असहयोग बढी भयो । 

नेपालमा लोकतन्त्र संस्थागत नहुनुको  कारण  कम्युनिस्टहरूको बाहुल्य हुनु पनि हो ।  समग्र मतदाताको हिसाबले नेपालमा कम्युनिस्टहरूको बाहुल्य छ ।आधारभूत   तथा सैद्धान्तिक  रूपमा  विश्वका घटना हेर्दा कम्युनिस्टहरू   लोकतन्त्रका अनुकूल होइन  प्रतिकूल  भएको देखिन्छ । नेपालमा पनि माओवादी जन्म नेपालको लोकतान्त्रिक विकासलाई कमजोरमात्र होइन  नष्टै पाने ध्येयबाट गरिएको देखिन्छ । लोकतन्त्रमा मतदानको अभ्यास सबैभन्दा ठूलो उपलब्धि हो  ।यस अभ्यासलाई कमजोर पार्न माओवादीले मतपत्र च्यातेर पुनः मतदान गराई आफ्नो पक्षलाई जिताऐको  उदाहरण छ भने कम्युनिस्टको कार्यकालमा जनताले चुनेर बनाएको संसद्लाई आफ्नो अनुकूलताका लागि संविधान विपरीत विघटन गरेको अर्को उदारण छ । 

अमेरिकाको हार्वर्ड विश्वविद्यालयका राजनीति शास्त्रका  प्राध्यापक द्वय स्टेभन लेविटुस्की र डेनियल जिब्लाटले ‘हाउ डेमोक्य्रासिज डाइ’  भन्ने किताबमा विश्वमा २१ औं शताब्दीमा लोकतन्त्र अत्यन्त खतरनाक स्थितिमा रहेको र २१ औं शताब्दीमासैनिक शासन या हिंसात्मक गतिविधिबाट भन्दा जनताले लोकतंत्रिक विधिबाट  चुनेका जनप्रतिनिधिबाटै भएको लेखिएको छ । 

यसको उदाहरण हाम्रो देशमा पनि देखिन थालेको छ ।  नेपालमा लोकतन्त्र संस्थागत हुन बाधक जनताको मतबाट चुनिएका जनप्रतिनिधि नै जिम्मेवार छन् । लोकतान्त्रिक  देशमा  लोकतन्त्रको संरचर्ना  बलियो बनाउन त्यहाँका संवैधानिक संस्थाहरू जस्तै निर्वाचन आयोग,  नेपालको अख्तियार  दुश्रपयोग अनुसन्धान आयोगजस्तो भ्रष्टाचार नियन्त्रण गर्ने संस्था , अदालत र सञ्चार माधयमले  रेफ्रीको रूपमा तटस्थ भूमिका खेल्नु पर्छ । यी संस्थाबाट  निर्णायकको रूपमा तटस्थ भूमिका नखेलिएकाले पनि नेपालमा लोकातांन्त्रिक संरचना कमजोर भएको हो । यस्ता संस्थामा हुने नियुक्ति  नितान्त  रानीतिक हुन्छन् । सरकारमा रहेको पार्टीले आफूलाई अनुकूल हुनेगरी पदाधिकारी नियुक्त गरेको देखिन्छ । यस्ता संस्थाहरूले पनि लोकतन्त्रको रक्षा र लोकतन्त्रलाई संस्थागत गर्न अपेक्षित तटस्थ भूमिका नखेलेको देखिएको छ । पार्टीको नामको सन्दर्भमा  निर्वाचन आयोगमा नेकपा नामको पार्टी पाहिले दर्ता हुन्छ ,पछि निर्वाचन आयोगले एमाले र माओवादी केन्द्र मिलेर बनेको पार्टीलाई नेकपाकै नामर्मा  दर्ता गरिदिन्छ  । निर्वाचन आयोगले यस्ता विषयमा ध्यान दिनुपर्ने  थियो ।  यौटा नामका दुई पार्टी नहुने कानुनी व्यवस्था छ । पार्टीको नामबाट  चुनावमा उमेदवार उठेको हुन्छ,  सरकार पनि बन्छ । त्यसपछि अदालतले पार्टीको नामै बदर गर्छ । यस्तो अभ्यासले लोकतन्त्र कमजोर बनाउँछ । 

हाम्रो देशको कर्मचारीतन्त्र राणाकालीन सामन्ती परम्परामा जन्मेको र निरंकुश पंचायतकालमा हुर्नेको हो । तिनहरूको सोच आधारभूत रूपमा जे थियो आज पनि त्यही छ  । तिनहरूले भनेको खुरुक्क मान्ने ‘यस मेन’  तरे तर्क र विवेकप्रयोग नगर्ने परिपाटी अहिले पनि कायमै छ  । यो पनि नेपालमा लोकतन्त्र संस्थागत नहनुमा एउटा कारण हो । 

प्रजातन्त्रको सबैभन्दा महत्त्वपूर्ण सिद्धान्त स्वतंत्र आधारमा योग्यताको मूल्यांकन हुनु हो । सबैलाई योग्यता र  समान सिद्धान्तको आधारमा न्याय नगरेसम्म राष्ट्रिय एकता कायम गर्न सकिँदैन  । राष्ट्रिय एकता नभएसम्म लोकतन्त्र  स्थापित हुन सक्दैन । नेपाल लोकतन्त्र असफल हुनुको प्रमुख कारण स्वतन्त्ररूपमा योग्यताको मूल्यांकन नहुनु पनि हो । नेपालमा योग्यताभन्दा भाइभतिजावाद तथा राजनितिक विचारको आधारमा मूल्यांकन हुने गरेको पाइन्छ । उदाहरणको रूपमा नेपालको राजनीतिमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी योगदान होला त्यही आधारमा उनका छोरी,ज्वाइँ, बुहारीलाई उच्च  पद दिनु त प्रजातन्त्रमा नमिल्ने अभ्यास हो । यस्तै कुराले नेपालको लोकतन्त्र कमजोर भएको हो ।

नेपालका  राजनीतिक पार्टीहरूभित्र लोकतान्त्रिक आचरण नहुनु, कुशल व्यवस्थापन नहुनु ,शक्ति साझेदारी नहुनु पनि लोकतन्त्र संस्थागत नहुनुको प्रमुख कारण हुन् । राजनीतिक पार्टी सत्तामा पुग्नेबित्तिकै आपसी मतभेद सुरु हुन्छ र सरकार गिराउने खेल हुन्छ । सधैँ देशमा राजनीतिक तरलता रहिरहन्छ । लोकतन्त्र  संस्थागत हुनुमा यस्तो अभ्यास बाधक बन्छ । 

देशमा लोकतन्त्र संस्थागत गराउनु छ भने राजनीतिक दल हरूभित्र सहिष्णुता  तथा शक्ति साझेदारीको  वातावरण हुनुपर्छ । अर्को, लोकतन्त्रको रक्षा गर्ने संवैधानिक   संस्थाहरूमा  दक्ष, सक्षम र स्वतन्त्र प्रकृतिका व्यक्तिलाई नियुक्त गर्र्ने  संयन्त्र विकास गर्नुपर्छ । अन्यथा, नेपालमा  लोकतन्त्र कहिले संस्थागत हुन सक्दैन । 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  ११:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro