site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
महाराष्ट्रमा चलचित्र छायांकनको अनुमति, आमिर खानका छोरा जुनेदको डेब्यु चलचित्रको छायांकन सुरु

मुम्बई । बलिउड अभिनेता आमिर खानका छोरा जुनेद खानको डेब्यु रहने चलचित्रको छायांकन सुरु भएको छ । महाराष्ट्र सरकारले लकडाउन प्रतिबन्धलाई सहज बनाउन थालेसँगै मुम्बईमा चलचित्र र टेलिभिजन सुटहरू विस्तारै सुरु हुन थालेको छ । दोस्रो लहरको लकडाउन खुलेसँगै छायांकनमा जाने पहिलो चलचित्र जुनेदको अभिनय रहने चलचित्र ‘महाराजा’ भएको इन्डियन एक्सप्रेसले दाबी गरको छ । 

जुनेदले मंगलबारबाट छायांकन सुरु गरेका छन् । इन्डियन एक्सप्रेसका अनुसार चलचित्रको छायांकन चलचित्रको प्राथमिक कास्ट र २५ जना जुनियर कलाकार र केही कु्र सदस्यहरुको उपस्थितिमा सुरु भएको हो । 

आइतबार १०० बढी कास्ट र क्रु का सदस्यहरूको कोरोना परिक्षण गराइएकोमा नेगेटिभ आएकाहरूलाई मात्रै छायांकनमा उपस्थित गराएको छ । 

महाराजाको कथा सन् १८६२ को कथित कुख्यात महाराजाको लाइबल केसमा आधारित छ । जुनेद खानका साथै यस चलचित्रमा शालिनी पाण्डे, शर्वरी वाघ, जयदीप अहलावात मुख्य भूमिकामा देखिने छन् ।
 
आइतबार महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले चलचित्र र टेलिभिजन सिरिजको छायांकन सुरु गर्न अनुमति दिएको थियो । यद्यपि उनीहरूले कोभिड–१९ विरुद्धको सबै सुरक्षाका प्रोटोकलहरू भने पालना गर्नुपर्ने पनि बताइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  २१:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro