site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओली सत्ताकब्जाको कम्बोडियन मोडल खोज्दै छन् : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाल कुनै पनि हालतमा बहुराष्ट्रिय देश हुन नसक्ने बताएका छन् ।

नेपाल बहुजातीय, बहुभाषी, बहुसांस्कृतिक देश हो भन्दै उनले उपप्रधानमन्त्रीको हैसियतमा राजेन्द्र महतोले दिएको अभिव्यक्ति विवादास्पद र स्वीकार गर्नै नसकिने बताए ।

आइतबार कोइराला निवास विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, “संविधान बन्ने क्रममा उग्र प्रतिरक्षा गर्ने केपी ओली र उग्र रुपले संविधानको विरोध गर्ने राजपा के बाध्यता पर्‍यो अहिले एकै ठाउँमा आउनुपरेको छ ? यो विषय विचारयोग्य विषय पनि छ । तर, अहिले हिजो विरोध गरेको संविधान मानेर उपप्रधानमन्त्रीको शपथ लिएका महतोले बहुराष्ट्रिय देशको कुरो उठाउनु भएको छ ।” यो अभिव्यक्तिले देशलाई नै सोच्न बाध्य बनाएको र यो कामचलाउ सरकार पुनः विस्तारित हुनु संविधानको बर्खिलाप भएको कोइरालाले सुनाए ।

Dabur Nepal
NIC Asia

जसपाको नेताको हिसाबले मात्र नभई देशको उपप्रधानमन्त्रीको शपथ लिइसकेको हिसाबले राजेन्द्र महतोले दिएको अभिव्यक्ति स्वीकार्य हुन नसक्ने भन्दै कोइरालाले बहुभाषिक, बहुजातीय, बहुधार्मिक, सांस्कृतिक देशको सम्वद्र्धन र संरक्षण गर्ने जिम्मेवारी सबै राजनीतिक दलको भएको स्पष्ट गरे । बहुराष्ट्रिय भन्ने कुरा कुनै ढंगबाट स्वीकार गर्न सकिने विषय नभएको उनले बताए ।

“निर्वाचनको डेट क्लियर भएपछि सरकार विस्तार गर्नु नै गलत हो । कुन बाध्यता परेको हो, संविधानको विरोध गर्ने समूहलाई सरकारमा ल्याउनु परेको ?,” कोइरालाले प्रश्न गर्दै भने, “आचारसंहिता लागिसकेको अवस्थामा सरकार विस्तार भएको छ । गलत संस्कार बसेको छ राजनीतिमा । तत्काल अहिले बनाउनुपर्ने जरुरी के थियो ?” निर्वाचन घोषणा भइसकेको अवस्था, संसद् विघटनको मुद्दा अदालतमा विचाराधीन रहेको र त्यो बेला आफूलाई बचाउनको लागि मात्र ओलीले सरकार विस्तार गरेको हो या निर्वाचन नगर्नको लागि ? भन्दै कोइरालाले प्रश्न गरे ।

भोलि संसद् पुनःस्थापना भएर शेरबहादुर देउवा प्रधानमन्त्री भए पनि त्यो सरकारले पनि निर्वाचन नै गर्ने बताउँदै कोइरालाले नेपाली कांग्रेसको नेकपा (माओवादी केन्द्र)सँगको मेलमिलाप भनेको संसद् पुनःस्थापना गर्नको लागि भएको स्पष्ट गरे ।

“कांग्रेस मध्यममार्गी शक्ति हो । चुनाव नहुने देखिन्छ । चुनाव भए तीन फोर्सले अघि आउँछ । एउटा ओली र राजपा, अर्को कांग्रेस हो र अर्को कम्युनिस्ट घटकहरु हुन सक्छन् । माधव–झलनाथ समूह अर्को शक्ति हुन्छ । संविधान बचाउन र संविधान ट्रयाकमा ल्याउन्जेलसम्म हो, माओवादी अनि कम्युनिस्टसँगको गठबन्धन । तर, कांग्रेस चुनावमा आफ्नै बाटो लागेर जानुपर्छ,” कोइरालाको भनाइ थियो ।

१४६ जना सांसदले अदालतमा परेड नै गरिसकेपछि न्यायमूर्तिहरु यो कुरामा अत्यन्तै सतर्क देखिएको भन्दै कोइरालाले न्यायमूर्तिहरुको विषयमा टिकाटिप्पणी गर्ने ठाउँ नभएको बताए । भने, “संसद् पुनःस्थापना हुन्छ । संसद् पुनःस्थापनाले पनि बाटो त चुनाव नै हो । संसद् चल्न सक्दैन भन्ने पनि हामीले बुझेका छौँ । ओलीजीको नेतृत्वमा निष्पक्ष चुनाव हुन सक्दैन । स्वतन्त्र र निष्पक्ष चुनाव नहुने भएकोले निर्वाचनको मिति घोषणा गरेपछि सरकारले मन्त्रिमण्डल गठन गरेको छ त्यो संविधानको बर्खिलाप छ । न्याय भनेको संसद् पुनःस्थापना भएर जान्छ । शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ । ओली तानाशाह र अधिनायकवाद भएर हिँड्नुभएको छ ।”

ओली कम्बोडिया र बंगलादेशी मोडलको खोजीमा छन्
ओलीलाई तानाशाह बनाउन बाटो सहज गरिदिने काम कांग्रेसले गरेको बताउँदै उनले जसरी, जुन दिन ओली प्रधानमन्त्री बनेका थिए, त्यसपछिका क्रियाकलाप सत्ताकब्जा गर्दै जानेतर्फ उन्मुख भएको सुनाए । सम्पत्ति शुद्धीकरण, राजस्व अनुसन्धान विभाग आदिलाई कब्जा गर्दै जानु र कांग्रेस चुप लागेर बस्नुले पनि मनोबल बढेको बताउँदै कोइरालाले भने, “सडक र संसद् दुवैतिरबाट कांग्रेसले जोडदार ढंगले जवाफ दिएको भए आज  ओलीको मन बढ्ने थिएन ।”

ओली सत्तामा आउनुअघि नै एउटा कार्यक्रममा सत्ताकब्जा कसरी गर्न सकिन्छ भनेर अभिव्यक्ति नै दिएको स्मरण गर्दै कोइरालाले प्रचण्डलाई सत्ताकब्जाको कुरा गर्ने ओली अहिले आफू त्यही पथमा लागेको आरोप लगाए । यो कार्यमा संविधानको संरक्षक मानिने राष्ट्रपतिले साथ दिएको कोइरालाको आरोप छ ।

ओलीले कोरोना वा अन्य कारणले चुनाव गराउन नसक्ने अनि सत्ता टिकाउन कम्बोडियन मोडलमा जान खोजेको बताए । भने, “कतिपटक त कम्बोडिया नै गएजस्तो लागेको छ । कि विपक्षीलाई सखाप बनाएर जाने बंगलादेशी मोडलमा जान खोजेको हो ? तीसवर्षे पञ्चायत पनि आन्दोलनले ढलेको थियो । अब ओलीलाई ढाल्ने विकल्प आन्दोलन मात्र हो ।”

कांग्रेसको निर्वाचन जिल्ला–जिल्लामा गर्नुपर्छ
केन्द्रीय पदाधिकारीको चारवर्षे कार्यकाल सकिएको, फेरि एक वर्ष विधानअनुसार बढाइएको र अब संविधानले दिएको अवधि पनि भदौभित्र सकिन लागेकोले कांग्रेसको निर्वाचन जसरी पनि हुनुपर्ने उनले बताए । “बरु, मोडालिटी चेन्ज गरेर निर्वाचन गर्नुपर्छ । काठमाडौंमा जम्मा भएर महाधिवेशन गर्न सक्ने अवस्था छैन । संविधानले पनि दलहरुको निर्वाचन गर्नुपर्छ भनेको छ । अधिवेशन भनेको छैन,” कोइरालाले भने, “निर्वाचन भनेको छ । २०१४ साल र त्यसअघि जसरी जिल्ला–जिल्लामा निर्वाचन हुन्थ्यो, मतगणना केन्द्रमा ल्याएर गणना हुन्थ्यो । सभापति, केन्द्रीय पदाधिकारीको त्यसरी नै चुनाव हुनुपर्छ । कोरोनाको कहर ठिक भएको बेला नीति तथा कार्यक्रमको बहस गरेर ल्याइनुपर्छ । समाजवाद र राष्ट्रियताको बहस व्यापक रुमा गरेर अघि बढ्नुपर्छ ।”

लोकतन्त्रको रक्षा गर्ने पार्टी कांग्रेस मात्र भएकोले कांग्रेसले लोकतान्त्रिक पद्धति र संविधानलाई लिकमा हिँडाउन सक्नुपर्ने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  ११:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro