site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फेरि नियुक्ती पाउने आशामा मन्त्री ‘क्वाटर’ छाडेनन् ७ पूर्वमाओवादी नेताले

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि मन्त्री पद गुमाएका सातजना पूर्वमाओवादी नेताहरुले पुल्चोकस्थित मन्त्री क्वार्टर छाडेका छैनन् । आफूहरु फेरि मन्त्री बन्ने आशामा उनीहरुले मन्त्री क्वाटर नछाडेका हुन ।

सर्वोच्च अदालतको आदेशपछि पूर्वमाओवादी नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी, मणि थापा, प्रभु साह, दावा लामाको मन्त्री पद गुमेको थियो । मन्त्री पद गुमे पनि उनीहरुले सरकारी निवास र सवारी साधन छाडेका छैनन् । प्रधानमन्त्रीकै निर्देशनमा उनीहरुले सरकारी निवास नछाडेका हुन् । उनीहरुका स्वकीय सचिवहरु भन्छन्, “संसद विघटन भइसकेको छ । यस्तोमा उहाँहरुलाई फेरि मन्त्री नियुक्त गर्ने सम्भावना छ । संसद विघटनको विषय सर्वोच्चमा गएकाले छिनोफानो नभएसम्म सरकारी निवास नछाड्ने भन्ने छ । विघटनको फैसला सदर भएपछि त फेरि मन्त्री बनाउन मिलिहाल्छ नी ।”

सर्वोच्च अदालतले संसद सदस्य नरहेको भन्दै दोस्रोपटक मन्त्री नियुक्त गर्न नमिल्ने अन्तरिम आदेश जारी गरेको थियो ।

नेकपा विभाजनपछि माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले उनीहरुलाई कारवाही गर्दा सासंद पद गुमेको थियो ।

नेताहरु रामबहादुर थापा राष्ट्रिय सभा सदस्य थिए भने रायमाझी, भट्ट, साह र चौधरी प्रत्यक्ष निर्वाचित सांसद पद थिए ।  मणि थापा र दावा लामा भने सांसद थिएनन् । 

गैरसांसदलाई प्रधानमन्त्रीले ६ महिनासम्म मन्त्री नियुक्त गर्न सक्ने कानुनी प्रावधान छ । सोही प्रावधान अनुसार उनीहरु मन्त्री भएका थिए ।

तर, सरकारले चाहेअनुसार संसद विघटनको फैसला सदर भए मन्त्री भएका पूर्व माओवादीहरु सबै दोहोरिने सम्भावना कम छ । यस्तोमा दावा लामा, गौरीशंकर थारु, मणि थापाको पद गुम्ने सम्भावना रहेको र त्यो स्थानमा जसपाका नेताहरुलाई ल्याउने तयारी भइरहेको पूर्व माओवादी नेताहरुकै सहयोगी बताउँछन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  ११:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro