site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
प्रदेश १ मा ४१७ कोरोना संक्रमित थपिए
Sarbottam CementSarbottam Cement

विराटनगर ।  प्रदेश १ मा आइतबार ४१७ जना कोरोना संक्रमित थपिएका छन् । आइतबार ९७८ जनाको पीसीआर परीक्षण गरिएकोमा १७० महिला र २४७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

याेसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३३ हजार ३३४ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ६५ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २ हजार ७६९ पुगेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अ‍ाइतबार मोरङमा २४२, सुनसरीमा ६९, झापामा ४४, तेह्रथुममा ५, संखुवासभामा ४, उदयपुरमा ३, इलाममा २, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा ९८ महिला र १०२ पुरुष सहित २०० जना, सुन्दरहरैचामा १६, बुढीगंगामा ६,  बेलबारीमा ४, उर्लाबारीमा ३,  रतुवामाई र सुनबर्षीमा २–२, धनपालथान, जहदा, कानेपोखरी, कटहरी, रंगेली, ग्रामथान, र पथरीशनिश्चरेमा १–१ र स्थानीय तह नखुलेका २, सुनसरीको इटहरीमा ३१, इनरुवामा १०, रामुधुनीमा ८, धरानमा ५, देवानगञ्जमा ४, बराहक्षेत्र र हरिनगरमा, कोशी गाउँपालिका र स्थानीय तह नखुलेका २–२, भोक्राहानरसिंह, बर्जु र गढीमा १–१, झापाका दमकमा २३, कमल गाउँपालिकमा ११, हल्दिबारीमा ३, भद्रपुर, मेचीनगर र स्थानीय तह नखुलेका २–२, कनकाईमा १, तेह्रथुमको म्याङलुङमा ५, संखुवासभाको खाँदबारीमा ४, उदयपुरको त्रियुगामा ३, इलामको इलाम नगरपालिका र माईजोगमाईमा १–१, खोटाङको हलेसी तुवाचुङ र धनकुटाको महालक्ष्मीमा १–१ र प्रदेश १ बाहिरका ४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  २०:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय