site stats
बाह्रखरी :: Baahrakhari
देश
गृह मन्त्रालयद्वारा २६ कर्मचारीको सरुवा, को कहाँ ?

काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, मन्त्रालयका सहसचिव तथा उपसचिव गरी २६ कर्मचारीको सरुवा गरेको छ ।

यही चैत २६ गतेको गृहमन्त्रीस्तरीय निर्णयानुसार मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईलाई अध्यागमन विभागको प्रमुख, सहसचिव शिवराम गेलाललाई बाँकेको प्रजिअ, धर्मेन्द्र मिश्रलाई नवलपरासी पश्चिमको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सहसचिव सुुशील वैद्यलाई अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं, होमप्रसाद लुईंटेललाई लमजुङको प्रजिअ, अनिता निरौला र विश्वप्रकाश अर्याललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालयमा पठाइएको छ ।

मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेलाई बैतडी, नवराज सापकोटालाई रोल्पा, सुनिल खनाललाई डोटी, भरतमणि पाण्डेलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई गृह मन्त्रालयमा ल्याइएको छ । सहसचिव जनार्दन गौतमलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालय रुपन्देहीको प्रमुख अध्यागमन अधिकृतमा सरुवा गरिएको छ । नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकलाई गृह मन्त्रालयमा ल्याइएको छ ।

बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलाई रुपन्देहीको सहायक प्रजिअमा, उपसचिव शंकरबहादुर विष्टलाई टीकापुर इलाका प्रशासन कार्यालयबाट बाँकेको सहायक प्रजिअ र बाँकेका प्रजिअ रामबहादुर कुरुङ्वाङलाई इप्रका टीकापुरमा पठाइएको छ ।

गृह मन्त्रालयका उपसचिव गोपालकुमार अधिकारीलाई बाजुराको प्रजिअमा पठाइएको छ । बाजुराका प्रजिअ कृष्णप्रसाद गैरेलाई कारागार कार्यालय पर्सा, डोटीका प्रजिअ भीमप्रसाद भट्टराईलाई चितवनको सहायक प्रजिअ, कास्कीका सहायक प्रजिअ गुरुप्रसाद ढकाललाई इलाका प्रशासन कार्यालय लेखनाथ, कास्की तथा लेखनाथका कृष्णचन्द्र पौडेललाई कास्की जिल्लाको सहायक प्रजिअमा सरुवा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङका उपेन्द्रराज पौडेललाई इलाका प्रशासन कार्यालय बुटवल, रोल्पाका प्रजिअ नरेन्द्रकुमार रानालाई गृह मन्त्रालय, कारागार कार्यालय मोरङका उपसचिव सुवासकुमार लामिछानेलाई इलाका प्रशासन कार्यालय धरान र लमजुङका प्रजिअ श्रीकृष्ण शर्मालाई कारागार कार्यालय मोरङ पठाइएको छ । रासस

प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  २०:०२
प्रतिक्रिया दिनुहोस्