विशेष
1614086656.jpg)
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले सत्यको जित भएको बताएका छन् । संसद् पुनःस्थापनापछि चितवनमा आयोजित आयोजित कार्यक्रममा उनले संवैधानिक सर्वोच्चता स्थापित भएको भन्दै सबैलाई धन्यवाद दिए ।
उनले संवैधानिक इजलासमा रहेका प्रधानन्यायाधीशलगायत सबैलाई धन्यवाद दिँदै असंवैधानिक कमद सच्याउन भूमिका खेलेकोमा खुसी व्यक्त गरे ।
निकै प्रशन्न मुद्रामा प्रस्तुत भएका उनले देशमा दीपावली सुरु भएको र हर्षबढाइँ भइरहेको बताए । प्रधानमन्त्री केपी ओली गणतन्त्रवादी, लोकतन्त्रवादी नरहेको बताउँदै भ्रमबाट मुक्त हुन आग्रह पनि गरे ।
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७ १९:३५
प्रतिक्रिया दिनुहोस्