site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रदेशमै रहेर जनताका सपना पूरा गर्नु छ : मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संघमा नभइ प्रदेशमै रहेर आफूले जनतासमक्ष गरेका सपना पूरा गर्ने बताएका छन् ।

बाह्रखरी मिडियाले कोभिड १९ को असरबाट पर्यटनलाई उकास्ने प्रयासस्वरुप शनिबार पोखरामा गर्न लागेको गल्फ प्रतियोगिताको अवसरमा बुधबार गरेको अन्तरक्रियामा मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् ।

“अहिले मलाई प्रतिनिधिसभाको टिकट दिए पनि लिन्न, किनकि मैले जनतासँग पाँचवर्ष काम गर्छु भनेर प्रतिबद्धता जनाएको छु, जनताका केही सपना छन् ती पूरा गर्नुपर्छ,” उनले अन्तरक्रियाका क्रममा भने ।

उनले तीन तहको सरकारको समन्वयका लागि प्रदेशको भूमिका महत्वपूर्ण रहेको बताउँदै कर्मचारी र शीर्ष नेताको मनोविज्ञान अहिले पनि केन्द्रिकृत गरेको गुनासो गरे ।

“हामीलाई मुख्य समस्या नै कर्मचारीबाट भयो,” उनले भने, “केही नेता र कर्मचारी काठमाडौंको मानसिकताभन्दा फरक हुनै सकेनन् । यसले संघीयता कार्यान्वयनमा केही चुनौती थपिदियो ।”

Global Ime bank

उनले कर्मचारीमा २० प्रतिशतमात्रै संघीयता पक्षधर र सहयोग गर्ने खालका भएको भन्दै प्रशंसा गरे ।

“कर्मचारीले रिजल्ट होइन, प्रक्रिया हेर्दा समस्या भयो,” मुख्यमन्त्री गुरुङले भने, “कर्मचारीको पुरानो सोच र नयाँ संरचना हुँदा हामीले पनि भनेजस्तो परिणाम दिन सकेनौँ ।”

उनले काठमाडौं र मन्त्रीको मनोवृत्तिका संघीयताविरोधी भएको बताए ।

उनले अहिले आफ्नो पार्टी नेकपामा देखिएको विवाद समाधान हुनै नसक्ने खालको भने नभएको बताए । “मैले पहिले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश र जनताको लागि कालकुट विष पिउन तयार हुनुपर्छ भनेर भनेको थिएँ,” उनले भने ।

कोभिड १९ को असरबाट पर्यटनलाई उकास्ने प्रयासस्वरुप बाह्रखरी मिडियाले एनसेल–बाह्रखरी पहलअन्तर्गत गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङसँग कुराकानी गरेको हो ।

सुस्ताएको पर्यटन क्षेत्रलाई पुनर्जिवित गर्न एनसेललगायतका कर्पोरेट क्षेत्रको सहयोगमा बाह्रखरीले शनिबार पोखरामा आमन्त्रण गल्फ आयोजना गर्न लागेको छ । एनसेल प्रमुख प्रायोजक रहेको बाह्रखरी गल्फको यो प्रतियोगितामा नेपाल टुरिजम बोर्ड, गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाको पनि सहकार्य रहेको छ । 

अन्य प्रायोजकमा डिसहोम, भाटभटेनी सुपरमार्केटस्, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, काल्र्सबर्ग, सिभास रिगल, हुन्ड्याई मोटर्स र आईएमई रहेका छन् ।

प्रस्तुत छ, गुरुङसँग बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले गरेको भिडियो संवाद 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  ०७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu