site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘अहिलेको संकट अस्थायी हो, उच्च मनोबल राखेर धानिन सक्नुपर्छ’
Tiktok banner adTiktok banner ad

पोखराको पर्यटनको कुरा गर्दा विश्व पर्यटनको कुरा पनि आउँछ । कोभिडका कारणले हिजोको जस्तो छैन, पर्यटन क्षेत्र अस्तव्यस्त नै रहेको छ ।  तर पनि दसैंदेखिको अवधिलाई हेर्दा आन्तरिक पर्यटकले गर्दा आशा पलाएको छ । आन्तरिक पर्यटन प्रबर्द्धनको कुरा गर्दा सबैभन्दा पहिले त घुम्न मान्छेको इच्छा हुनुपर्छ । 
पोखरा प्रकृतिमा आधारित पर्यटकीय क्षेत्र हो । पोखरा भन्नेबित्तिकै मान्छेहरुको प्रकृतिका कुराहरु आउँछन् । 

यी प्राकृतिक क्षेत्रहरुलाई नबिगारी अगाडि बढाउनुपर्छ । विकासका लागि भौतिक पूर्वाधारहरु पनि बन्दै जान्छन् तर पनि हिमालजस्ता विषय हाम्रो पर्यटनको स्रोत हो । यसैबाट हामीले पर्यटकलाई लोभ्याउने हो ।  पर्यटन क्षेत्रलाई पुनरउत्थान गर्न व्यवसायीलाई करमा सहुलियत दिनुपर्छ । कर भनेको आय हुँदा दिने हो । अर्को प्रमोसन गर्न आवश्यक छ । धेरै मान्छेले भ्रमण वर्ष सन् २०२० भनेर धेरै लगानी गरे । त्यसले उत्साही बनाएको थियो । उनीहरुले ऋण लिएर पर्यटन क्षेत्रमा लगानी गरेका छन् । सरकारलाई सहयोग गर्नका लागि व्यवसायीहरुले लगानी गरेका थिए । उनीहरुको ऋणलाई कसरी व्यवस्थापन गर्न पछि नाफा भएमा तिर्नेगरी दुई–चार वर्षका लागि ब्याज छुट दिने व्यवस्था गर्नुपर्छ । 

आन्तरिक पर्यटन प्रबर्द्धन गर्न सरकारी कर्मचारीहरुलाई प्रोत्साहन गर्नुपर्छ ।  सरकारी कर्मचारीलाई पैसा दिएरै भए पनि सरकारले प्रोत्साहन गर्नुपर्छ । 

कतिपय व्यवसायीहरु व्यवसाय नै छोड्नुपर्ने स्थितिमा पुगेका छन् । उनीहरुलाई सरकारले हेर्नुपर्छ, सहयोग गर्नुपर्छ । उनीहरुको मुख्य समस्या के हो ? के ग¥यो भने उनीहरु यहि व्यवसायमा बस्न सक्छन् भन्ने विषयमा वार्ता, छलफल गर्नुपर्छ ।  आन्तरिक पर्यटन प्रबर्द्धन गर्न सडक महोत्सव जस्ता गतिविधि पनि आवश्यक छ । 
मान्छेहरु यात्रा गर्न, मनोरञ्जन गर्न खोजिरहेका छन् । एनसेल बाह्रखरी गल्फ पनि पर्यटन गतिविधि नै भयो । यो कार्यक्रमको बेलामा तपाइले विभिन्न कार्यक्रम गर्नुहुन्छ, त्यसले पनि पोखरा सुरक्षित रहेछ भन्ने सकारात्मक सन्देश जाँदा आन्तरिक वा बाह्य पर्यटकहरु आउने सम्भावना हुन्छ । 

मान्छेले सूचना नपाउँदा नै यात्रा गर्न नसकिरहेको हुन सक्छ ।  यस्ता गतिविधिले राम्रो सन्देश दिन्छ, यो प्रमोसनको ठूलो ‘टूल’ हो । यो कार्यक्रम विदेशमा बसेका नेपालीले पनि हेर्ने गरेका हुन्छन् । जब यहाँ पर्यटकीय गतिविधि हुन्छन्, तब मिडियाबाट धेरै छिटो सूचना प्रवाह हुन्छ । त्यसले गर्दा विदेशीलाई पनि यहाँको सुरक्षाको बारेमा जानकारी हुन्छ र नेपाल आउनको लागि पनि प्रोत्साहन गर्छ । 

कुनै पनि व्यवसाय गर्दा शतप्रतिशत सफल हुन्छ भन्ने आशा राख्नु हुँदैन । त्यसैले व्यवसाय सुरु गर्दा संकट व्यवस्थापनका लागि कोष बनाउनुपर्छ ।  त्यसमाथि पनि पर्यटन व्यवसाय भनेको ‘डेलिकेट’ हो । ‘डेलिकेट’ चिजहरु त्यति नै मूल्यवान हुन्छ । जब पर्यटन राम्रो हुन्छ, हाम्रो आम्दानी पनि निकै राम्रो हुन्छ ।  त्यसैले निश्चित रकम संकट व्यवस्थापनका लागि राख्नुपर्छ । 

यसरी काम गर्दा व्यवसाय दीर्घकालीन पनि हुन्छ । कुनै पनि संकट लामो समयसम्म हुँदैन ।  अहिलेको संकट पनि अस्थायी हो । हामी उच्च मनोबल राखेर धानिन सक्नुपर्छ ।  यस्तो संकट सधैँ रहँदैन । केही समयपछि अवस्था राम्रै हुन्छ । त्यसैले हामी आत्तिनु हुँदैन ।  तर, यही बेला कतिपय व्यवसाय भर्खर सुरु भएका पनि थिए । त्यस्ता लगानीकर्ताले लगानी गरिसके । 

लगानी गरेपछि केही पनि आम्दानी नहुँदा आत्तिनु स्वाभाविक पनि हो ।  त्यस्ता व्यवसायीले ऋण लिएर लगानी गरेका छन् भने उनीहरुको समस्या बैंकले पनि बुझिदिनुपर्छ, व्यवसायीलाई निरुत्साहित बनाउनुहुँदैन ।  कोभिड १९ को असरबाट पर्यटनलाई उकास्ने प्रयासस्वरुप बाह्रखरी मिडियाले एनसेल–बाह्रखरी पहलअन्तर्गत पोखराका उद्योगी व्यवसायीसँग जारी राखेको कुराकानीमा कार्कीको यस्तो धारणा आएको हो ।

सुस्ताएको पर्यटन क्षेत्रलाई पुनर्जिवित गर्न एनसेललगायतका कर्पोरेट क्षेत्रको सहयोगमा बाह्रखरीले शनिबार पोखरामा आमन्त्रण गल्फ आयोजना गर्न लागेको छ । एनसेल प्रमुख प्रायोजक रहेको बाह्रखरी गल्फको यो प्रतियोगितामा नेपाल टुरिजम बोर्ड, गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाको पनि सहकार्य रहेको छ । 
अन्य प्रायोजकमा डिसहोम, भाटभटेनी सुपरमार्केटस्, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, काल्र्सबर्ग, सिभास रिगल, हुन्ड्याई मोटर्स र आईएमई रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १९, २०७७  ०९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro