site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 ‘कृषि उत्पादनले बजार पाउन पर्यटक आउनैपर्छ’
Tiktok banner adTiktok banner ad

पोखरा । कोरोनाले कास्कीमा अन्य क्षेत्रमा जस्तै कृषिमा पनि असर गरेको छ । बाह्रखरीले गरेको अन्तरक्रियामा सहभागी व्यवसायीले पर्यटक नआउँदा पोखरामा कृषि उत्पादनले बजार पाउन नसकेको गुनासो गरेका हुन् ।

कोभिड १९ को असरबाट पर्यटनलाई उकास्ने प्रयासस्वरुप बाह्रखरी मिडियाले एनसेल–बाह्रखरी पहलअन्तर्गत पोखराका कृषि, मासु, माछा, फलफूल, डेरी व्यवसायीबीच गरेको अन्तरक्रियामा सहभागी माछा व्यवसायी राजु जलारीले आफ्ना समस्या यसरी सुनाए–

माछा व्यवसायीको पिरमर्का राख्ने अवसर दिनुभएकोमा सर्वप्रथम बाह्रखरी मिडियालाई धन्यवाद । कोडिभ १९ ले विश्व नै समस्यामा परेको बेलामा कुनै पनि व्यवसायी, कुनै पनि क्षेत्र यसबाट उम्कन सकेन । सबैलाई धेरै नै असर पार्‍यो । कोडिभ १९ अगाडि हामी माछा व्यवसायीसहित सबैको राम्रो थियो । किसानले उत्पादन गर्दथे, उत्पादनले सहज रुपमा बजार पाउने अवस्था थियो । जब कोडिभ १९ का कारण लकडाउन भईसकेपछि होटेल व्यवसाय बन्द भएका हुनाले होटेलमा माछा विक्री हुन बन्दै भयो । दैनिक रुपमा घरमा खानको लागि छिटपुट रुपमा बिक्री भएको थियो । त्यसले दैनिकी गुजारा गर्ने बाटो बन्यो । 
उत्पादन हुने तर उत्पादनले बजार नपाउने बित्तिकै सबैको समस्या एउटै हो । 

 

 

लकडाउन खुकुलो भईसकेपछि दशैं, तिहार जस्ता चाडपर्व, पोखरामा भएको सडक महोत्सवका कारण त्यतिखेर माहौल सहज जस्तो भयो । होटेलहरुले माछाको आवश्यकता प¥यो भन्ने थाले । तर, अहिले पनि राम्रो भईसकेको छैन । हाल ३० प्रतिशत जति माछाको कारोबार भएको छ । ७० प्रतिशत व्यवसाय रिकभर हुन बाँकी नै छ । 
कृषि उत्पादनले राम्रो बजार पाउनको लागि पर्यटक नै आउनुपर्छ । माछाको व्यापार बढ्नको लागि होटेल व्यवसाय खुला हुनुपर्‍यो । घरायसी प्रयोजनका लागि १ किलो माछा विक्री गरेर बजार पाउने त होइन । माछाले बजार नपाउँदा दिनभरी राखेर गाडीमा डुलाउनुपर्ने छ । त्यसरी डुलाउँदा विक्री भयो भने त ठिकै हो तर विक्री भएन भने त विग्रन्छ । माछा नष्ट हुन्छ । कोभिड अगाडिको जस्तो त होइन तर केही न केही रुपमा अलिअलि भएपनि जहज भएको छ । 

 

 

होटेल व्यवसायी एक हिसाबले बन्द नै भएको अवस्थामा पनि घरायसी प्रयोजनका लागि माछा खानेको संख्या बढेको छ । मंसीर, पुष र माघ । यो जाडो समयमा माछा खानेको संख्या हुँदा खुद्रा रुपमा माछाको खपत केही बढेको छ ।  हाम्रो पनि समस्या भनेको स्टोरेजको नै हो । अहिलेको बेलामा सरकारले सहयोग गरिदिए पनि हुन्थ्यो तर माछाको लागि मात्रै नभई तरकारी, फलफूलका लागि पनि कोल्ड स्टोरेजको आवश्यकता छ । 

कोभिड १९ को असरबाट पर्यटनलाई उकास्ने प्रयासस्वरुप बाह्रखरी मिडियाले एनसेल–बाह्रखरी पहलअन्तर्गत पोखराका व्यवसायीबीच अन्तरक्रिया गरेको हो । सुस्ताएको पर्यटन क्षेत्रलाई पुनर्जिवित गर्न एनसेललगायतका कर्पोरेट क्षेत्रको सहयोगमा बाह्रखरीले गल्फ आयोजना गर्न लागेको हो ।   एनसेल प्रमुख प्रायोजक रहेको बाह्रखरी गल्फको यो प्रतियोगितामा नेपाल टुरिजम बोर्ड, गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाको पनि सहकार्य रहेको छ । 

अन्य प्रायोजकमा डिसहोम, भाटभटेनी सुपरमार्केटस्, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, काल्र्सबर्ग, सिभास रिगल, हुन्ड्याई मोटर्स र आईएमई रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७  १८:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro