site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘कतार प्रहरी’ का नाममा नेपालबाट मानव तस्करी
Sarbottam CementSarbottam Cement

काठमाडौं । कतारमा हुने विश्वकपका लागि नेपालबाट धमाधम कामदार लगिँदै छ । यसरी धमाधम विश्वकपको सुरक्षाका निम्ति कतार प्रहरीमा भर्नाका लागि भन्दै नेपालबाट पनि मानव तस्करी भइरहेको छ । अवैध रुपमा भारतको बाटो हुँदै नेपाली कामदारलाई कतार पठाउने गिरोह नै सक्रिय भएको छ ।

केही समयअघि नेपालमै वैदेशिक रोजगार व्यवसायीहरुले ‘वैदेशिक रोजगार ऐन’विपरीत कतार प्रहरीमा जान इच्छुक नेपाली कामदारको अन्तर्वार्तासमेत लिएका थिए । यसरी अन्तर्वार्तामा सहयोग गरेको भन्दै विभागले केही म्यानपावर कम्पनीमा छापा हानेर कागजपत्रहरु नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।

एसओएस, डीडी ह्युमेन रिसोर्सेस र होप इन्टरनेसनमा छापा हानेर विभागले कारबाही पनि गरेको थियो । विभागले उनीहरुलाई ६ महिना कुनै पनि मुलुकमा कामदार पठाउन नपाउने निर्णय गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालबाट कामदार पठाउन अवरोध आएसँगै ती म्यानपावर व्यवसायीहरुले भारतको बाटो हुँदै नेपाली कामदारहरुलाई कतार पठाउने गरेका थिए । यो क्रम अहिले पनि जारी रहेको विभागले जनाएको छ । विभागका महानिर्देशक कुमारप्रसाद दहालले सोमबार नै नेपालस्थित कतारको दूतावाससँग कुरा भएको बाह्रखरीलाई जानकारी दिए । “हामीले पत्र नै पठाउने हो कि भनेर कुरा गर्‍यौं । यो त नेपालको कानुनको धज्जी नै उडाएको हो नि,” उनले भने ।

विभागले भारत हुदै कतारमा कामदार पठाउने सन्जाल खोज्दै गरेको जनाएको छ । सोमबार (आज) मात्रै विभागले काठमाडौंको सिनामंगलमा रहेको कल्याण सेक्युरिटीमा अनुगमनसमेत गरेको छ । व्यक्तिगत रुपमा गएको जसरी चलाखीपूर्ण तरिकाले नेपाली कामदार कतार पठाएको हुँदा पनि दोषीसम्म पुग्न नसकेको महानिर्देशक दहालले बताए ।

Global Ime bank

कतारको मिनिस्ट्री अफ इन्टेरियरबाट भिसा पठाएर नेपालबाट कामदार गएका कारण हालसम्म कति नेपाली कामदार गए भन्ने यकिन तथ्यांक भने नरहेको उनको भनाइ छ । अनुसन्धानका क्रममा अवैध तवरले कतार जाने नेपालीको भिसा भने सक्कली नै रहेको विभागले जनाएको छ । 

विभागका अनुसार कतार प्रहरीका लागि नेपालबाट केही व्यक्ति र म्यानपावरको चलखेल भएको देखिन्छ । उसो त यसअघि पनि नेपालबाट कतारमा गैरकानुनी रुपमा कामदार पठाउने गरिएको थियो ।

पहिले नेपालबाट पारदर्शी रुपमा कामदार नलगे पनि छनोट प्रक्रिया भने नेपालमै हुन्थ्यो । अझ कति कामदार कतार गएका हुन् त्यसको सही तथ्यांक पनि नेपालमै हुने गरेको दहाल बताउँछन् । अहिलेको अवस्था भने फरक छ । महानिर्देशक दहालका अनुसार कामका लागि कतार जाने नेपालीहरु अहिले सही बाटो भन्दा पनि भारत हुँदै अर्थात् गैरकानुनी तवरबाट जाने गरेको पाइन्छ ।

कतारको रोजगारीमा ‘सिन्डिकेट’ छैन ! सरकारी प्रतिवेदन भन्छ–पारदर्शिता धमिल्याउने प्रयास हो

“गैरकानुनी रुपमा कामदार लगेका कारण नेपाल र कतारबीचको सम्बन्ध पनि धमिलिएको छ,” उनले सुनाए, “जोसुकैले कामदार पठाए पनि दीर्घकालीन रुपमा सरकार र कामदारको हित हुँदैन ।” नेपालबाट संस्थागत रुपमै कामदार लगिएको भए सरकार र कामदार दुवैको हित हुने विभागको बुझाइ छ । संस्थागत रुपमा लगिएको भए कामदारले नेपालमै पैसा तिर्न पाउने, बिमा हुने, काममा लगाउने कम्पनीलाई जिम्मेवार बनाउन सकिने र समस्या पर्दा उद्धार गर्न सकिने विभागले जनाएको छ ।

अहिले गैरकानुनी रुपमा सयौं मानिस बिदेसिएका छन् । यसरी गएका कामदारको मृत्यु भए कसरी उद्धार गर्ने भनेरसमेत अन्योलको अवस्था रहेको पनि दहालले बताए ।

“गैरकानुनी रुपमा सयौँ कामदार कतार पुगेका छन् । अबको दुई वर्षमा वर्ल्डकप सकिन्छ । वर्ल्डकप सकिएपछि  कामदार बाटोमा पुगे भने कसले उद्धार गर्छ ?” महानिर्देशक दहालले भने, “दुईचार पैसाको लोभमा मानव बेचबिखन हुँदै छ ।”

यसैबीच वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरे भने जोसुकैले गैरकानुनी रुपमा कामदार पठाए पनि कानुनी सजायको दायरामा ल्याउनुपर्ने बताउँछन् । “गैरकानुनी रुपमा कामदार जाँदै छ भने त सरकारी निकायले नै छानबिन गर्नुपर्छ,” उनी भन्छन्, “गैरकानुनी काम गर्ने म्यानपावरलाई हदैसम्मको कारबाही गरिनुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  २०:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement