site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘पदयात्रा मार्ग मोटर बाटोले खुम्चँदै गए’
Tiktok banner adTiktok banner ad

गण्डकी प्रदेश मातहतमा रहेको पर्यटन मन्त्रालयले सबैभन्दा बढी लगानी गरेको छ, होमस्टेमा । होमस्टेको अवधारणा ल्याइसकेपछि होमस्टे बनाइसकेपछि त्यसको प्रवद्र्धन कसरी गर्ने भन्ने विषयमा राज्यबाट केही पनि आएन । भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भएर आएपछि आन्तरिक पर्यटन प्रवद्र्धन गर्न भनेर वार्षिक दुई साताको पेड लिभ सुरु गरे । त्यसरी नै वार्षिक एक साता भए पनि कर्मचारीलाई पर्यटन भ्रमण बिदा दिन आवश्यक छ ।

त्यसरी दिइने पेड लिभको मिस यूज नहोस् भनेर प्रावधान पनि राख्नुपर्छ । त्यसले होमस्टेसहित समग्र पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउँछ । त्यसरी जोड दिने हो भने राज्यले सुरु गराएको होमस्टेको प्रवद्र्धन हुने, कर्मचारीहरू पनि घुम्न जान पाउने हुन्छ । त्यसले कर्मचारीलाई रिफ्रेसमेन्ट हुन्छ र आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुर्याउँछ । यस्ता कुरामा पर्यटन मन्त्रालयले ध्यान दिन जरुरी छ ।
 

 


विश्वमै प्रचार–प्रसारमा रहेको राउन्ड अन्नपूर्ण ट्रेकिङ । ती पदयात्रा मोटरबाटोका कारणले खुम्चँदै गएका छन् । यसका लागि स्थानीय तहबाट खासै पहल भएको छैन । अहिले हाम्रो संस्थाले नयाँ पदयात्राको खोजी गरिरहेको छ । सडक बाटोले अवरोध पुर्याएको ठाउँमा नयाँ पदयात्राको खोजी गरिरहेको हो । नयाँ पदयात्रा मार्ग खोजी गरेर मात्रै भएन, त्यहाँका स्थानीय सरकारहरूले नयाँ पदयात्रा मार्गहरूमा लज हाउसहरूको पनि विस्तार गर्दै जानुपर्छ ।

र, आन्तरिक पर्यटकलाई पदयात्रामा रुचि बढाउनका लागि अहिले भइरहेका ट्रेकिङ रुटहरूमा जलहरूको विस्तार गर्नुपर्छ । अहिले पनि २०३० देखि एनटीएनसीको नियम लगाइएको छ । त्यो समयका लागि ठीक थियो तर अहिले पनि त्यही नियम छ । जस्तो उदाहरणका लागि अन्नपूर्ण आधार शिविर जानुभयो भने त्यहाँ तीनवटा भन्दा होटेल छैनन् । त्यो बेलामा आउने पर्यटकको संख्या र अहिले आउने पर्यटकको संख्या धेरै छ । त्यसैले त्यहाँका लजहरू विस्तार गर्न आवश्यक छ । त्यहाँको वातावरण नबिग्रने गरी मापदण्ड राखेर पदमार्ग क्षेत्रहरूमा लज हाउसहरूको वृद्धि गर्न जरुरी छ । विस्तार गर्नका लागि यो सही समय हो । हामी तयारी भएर बस्नुपर्छ । ट्रेकिङ रुटमा लज हाउसहरू भयो भने आन्तरिक पर्यटकहरूमा पनि ट्रेकिङ जाने रुचि बढ्छ ।

 

 


 
त्यसैगरी आन्तरिक पर्यटक बढाउन विद्यालयहरूमा एडुकेसनल टुर गराउनुपर्छ । वार्षिक रूपमा क्यालेन्डरमै राखेर विद्यालयहरूले यस्तो कार्यक्रम गर्दा आन्तरिक पर्यटन प्रवद्र्धन हुन्छ । आन्तरिक पर्यटनमा केही न केही टेवा पुर्याउँछ ।

 

 

कोभिड १९ को असरबाट पर्यटनलाई उकास्ने प्रयास स्वरुप बाह्रखरी मिडियाले एनसेल–बाह्रखरी पलह अन्तर्गत पोखराका पर्यटन व्यवसायीबीच गरेको अन्तरक्रियामा उनले यस्तो आग्रह गरेका हुन् । सुस्ताएको पर्यटन क्षेत्रलाई पुनर्जिवित गर्न एनसेललगायतका कर्पोरेट क्षेत्रको सहयोगमा बाह्रखरीले गल्फ आयोजना गर्न लागेको हो ।  
एनसेल प्रमुख प्रायोजक रहेको बाह्रखरी गल्फको यो प्रतियोगितामा नेपाल टुरिजम बोर्ड, गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाको पनि सहकार्य रहेको छ । 

अन्य प्रायोजकमा डिसहोम, भाटभटेनी सुपरमार्केटस्, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, काल्र्सबर्ग, सिभास रिगल, हुन्ड्याई मोटर्स, र आईएमई रहेका छन् ।


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  १२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro