site stats
बाह्रखरी :: Baahrakhari
विशेष
प्रतिनिधिसभा विघटनविरुद्ध बहस गर्न १८८ अधिवक्ताको वकालतनामा

काठमाडौं । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सुनुवाइ जारी छ ।

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटा रिट विचाराधीन छ । प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदककातर्फबाट बहस गर्न १८८ अधिवक्ताले वकालतनामा भरेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।

आइतबार अधिवक्ता भीमार्जुन आचार्य र सुनीलकुमार पोख्रेलले बहस गरेका थिए भने आज दोस्रो दिन अहिले दीनमणि पोख्रेलले बहस गरिरहेका छन् । पुस ५ गते प्रतिनिधिसभा विघटन भएको थियो ।

प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  १३:०७
प्रतिक्रिया दिनुहोस्