site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘केपी ओलीको ठाउँमा म भएको भए अविश्‍वासको प्रस्ताव दर्ता गर्नुअघि नै राजीनामा दिन्थें’

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी ओलीको ठाउँमा आफू भएको भए राजीनामा दिने बताएका छन् । राष्ट्रियसभा बैठकमा पहिलोपटक बोल्दै नेकपाका नेतासमेत रहेका गौतमले यस्तो बताएका हुन् ।

उनले अविश्वासको प्रस्ताव आउँदा ओलीको ठाउँमा आफू भएको भए के गर्थे होला भनेर सोच्दा सो प्रस्ताव दर्ताअघि नै पदबाट राजीनामा दिने निर्णयमा पुग्ने बताएका हुन् । “अविश्वासको प्रस्ताव आउला भन्ने सोचेको थिइनँ । आलोचना गर्ने समूहभित्र बसेर पनि पार्टी एकता बचाउन अविश्वासको प्रस्ताव असफल बनाएको थिएँ,” उनले भने ।

त्यस्तै, उनले प्रतिनिधिसभा विघटन गर्दा प्रधानमन्त्री ओलीले आफूलाई नसोधेको पनि बताए । प्रतिनिधिसभा विघटन गर्दा आफूले असंवैधानिक भनेको भन्दै अहिले संवैधानिक इजलासमा विचाराधीन रहेकाले आफूले सोबारे टिप्पणी नगरेको बताए । 

राष्ट्रियसभामा नेता गौतमले आफू प्रधानमन्त्री ओलीको आलोचक भएको पनि बताए । “प्रधानमन्त्रीको म कटु आलोचक हुँ । उहाँको कार्यशैलीले नै हाम्रो पार्टीमा धेरै धेरै विवाद उत्पन्न गराएको हो, उहाँलाई मैले शैली सुधार गर्नुपर्छ भनेर धेरैपटक भनेको छु,” उनले भने, “प्रतिनिधिसभा भंग गर्दा प्रधानमन्त्रीले सोध्नुभएन । मलाई थाहा थिएन ।” 

म कुनै समूहमा छैन 
गौतमले नेकपामा विभाजन रहेको र त्यसबाट आफू दुखी रहेको पनि बताए । गणतन्त्र स्थापना र कम्युनिस्ट पार्टीको एकता गर्ने आफ्नो जीवनको उद्देश्य पूरा भए पनि अहिले नेकपामा विभाजन देखिएको भन्दै उनले भने, “आज म खुसी हुनुपर्ने हो, तर छैन ।”

त्यस्तै, उनले अहिले नेकपाभित्रको विभाजनमा आफू कुनै समूहमा नभएको पनि स्पष्ट पारे । पार्टी एकता तीन वर्षमै विभाजन गर्नु थियो भने एकता किन गर्नुपर्थ्यो ? भन्दै उनले प्रश्न पनि गरे । उनले नेकपा विभाजनको औचित्य नरहेको पनि बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, पुस २३, २०७७  १३:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro