site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्रिकास्ट कंक्रिटमा नेपाल आत्मनिर्भर, कति पर्छ मूल्य

काठमाडौं । घर, रिसोर्ट, रेस्टुरेन्ट, विमानस्थल, सडक, फुटपाथ तथा भुइँलगायत सजावटमा प्रयोग हुने प्रिकास्ट कंक्रिट प्रोडक्टको राजधानीमा प्राविधिक कार्यशाला सम्पन्न भएको छ । राजधानीमा भएको कार्यशालामा प्रिकास्ट कंक्रिटबाट निर्माण हुने इन्टरलक पेभर, कर्बस्ट्रोन, कंक्रिट टायल, होलो ब्लक, टेक्टायललगायत दुई दर्जन प्रकारका निर्माण सामग्रीको टेक्निकल तथा अन्य विविध पक्षबारे जानकारी दिने उद्देश्यले कार्यशाला गोष्ठी आयोजना गरिएको हो । कार्यशाला तीन दिनसम्म सञ्चालन भएको थियो ।

सहरी विकास तथा भवन निर्माण विभागका निमित्त महानिर्देशक पद्मकुमार मैनालीले गुणस्तरीय प्रिकास्टबाट निर्माण हुने निर्माण सामग्रीको बजार विस्तार हुँदै गएको बताए । “युरोप, अमेरिकी मुलुकमा धेरै वर्षदेखि प्रयोग हुँदै आए पनि नेपाली बजारमा भर्खरै प्रयोग बढ्दै गइरहेको छ,” उनले भने, “नेपालका प्रिकास्टका उत्पादक कम्पनीले गुणस्तरमा कुनै पनि प्रकारको सम्झौता नगरीकनै उत्पादन गर्नुपर्ने बेला भइसकेको छ ।”

निमित्त महानिर्देशक मैनालीले गुणस्तर तथा नापतौल विभागले तोकेको मापदण्डअनुसार प्रिकास्ट कंक्रिट ब्लक (पेभर), प्रिकास्ट कंक्रिट कर्ब, एज (किनारा) गटरलगायतको उत्पादन गर्न निर्देशन दिएका छन् । “प्रिकास्ट कंक्रिट ब्लकले उद्योगकै रुपमा स्थापित हुनु निकै सकारात्मक कुरा हो,” उनले भने, “सरकारले तथा निजी क्षेत्रले पूर्वाधार क्षेत्रमा ठूलो लगानी गरिरहेको परिपेक्षमा यस्ता उद्योगको महत्त्व झनै बढ्दै गइरहेको छ ।”

Dabur Nepal

निमित्त महानिर्देशक मैनालीले प्रिकास्ट कंक्रिट उत्पादन मात्रै होइन बजारीकरणमा समेत ध्यान दिन उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् । कार्यशालामा सहभागी सरोकारवाला निकायले प्रिकास्ट कंक्रिटका निर्माण सामग्री मात्रै नभएर प्रिकास्टको फिटिङ गर्ने जनशक्ति पनि उत्पादन गर्दै लैजानुपर्ने सुझाव दिए ।

एसियन कंक्रिटका निर्देशक अनिल जेटियाले विगत तीन वर्षदेखि प्रिकास्ट कंक्रिटको उद्योग सञ्चालन गर्दै आएको बताए । “नेपालका प्रिकास्ट कंक्रिट उद्योगले युरोप, अमेरिकाका जस्तै गुणस्तरीय इन्टरलक पेभर्स, कर्बस्ट्रोन, कंक्रिट टायल, होलो ब्लक, ब्रिक, ग्रास पेभर्स, ड्रेनलगायत सामग्री उत्पादन गर्दै आइरहेको छ,” उनले भने, “पर्याप्त मात्रामा बजारीकरण नहुँदा उत्पादनले राम्रो बजार पाइरहेका छैनन् ।”

नेपाल गुणस्तर परिषद्को २०७७ कात्तिक २६ गते बसेको बैठकले  प्रिकास्ट कंक्रिट ब्लक (पेभर), प्रिकास्ट कंक्रिट कर्ब, एज (किनारा) गटरलगायतको मापदण्ड तोकेको छ ।

निर्देशक जाटियाले सरकार आफैंले प्रिकास्ट कंक्रिटका निर्माण सामग्रीको मापदण्ड तोक्नु निकै सकारात्मक भएको बताए । “केही सीमित कम्पनीले मात्रै गुणस्तर खालको कंक्रिटका ब्लकलगायतका निर्माण सामग्री उत्पादन गरिरहेका छन्,” उनले भने, “मापदण्ड बनेसँगै अब ग्राहकले गुणस्तर खालको प्रिकास्ट कंक्रिटको निर्माण सामग्री पाउने वातावरण बनेको छ ।” निर्देशक जाटियाले प्रिकास्ट कंक्रिटको निर्माण सामग्री बनाउने उद्योगहरु नेपालमै स्थापित भइरहेको बताए ।

नेपालमा उत्पादन भएका प्रिकास्ट कंक्रिटका सामग्रीहरु पाँचतारे होटेल, रिसोर्ट, सडक, विमानस्थल, फुटपाथ, डिभाइडर (मिडियन) तथा भुईंलगायत सजावटको लागि प्रयोग हुँदै आइरहेका छन् ।

यस्तो छ प्रिकास्ट कंक्रिटको बजार मूल्य
प्रिकास्ट कंक्रिट उत्पादन गर्दै आएका कम्पनीका अनुसार अहिले करिब दुई दर्जनभन्दा धेरै कंक्रिटका ब्लक, कर्बस्टोन, टायल, होलो ब्लक, ब्रिक, ग्रास पेभर, ड्रेनलगायत सामग्री बजारमा उपलब्ध हुँदै आइरहेका छन् ।

एसियन कंक्रिटका सेल्स एन्ड मार्केटिङ उपाध्यक्ष श्यामल झाले राष्ट्रिय गौरवका आयोजनामा समेत कंक्रिटका कर्बस्टोन, पेभर, टायललगायत निर्माण सामग्रीको माग बढ्दै आइरहेको बताए ।

“हाम्रो कम्पनीले उत्पादन गरेको प्रोडक्ट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी विकास कोष, पोखरा, भरतपुर, काठमाडौं र ललितपुर महानगरपालिकामा प्रयोग भइरहेको छ,” उनले भने,  “त्यसबाहेक देशभर रहेका नगरपालिका, गाउँपालिका तथा सरकारले बनाएका सडकको फुटपाथ, डिभाइडर (मिडियन) मा समेत हाम्रो उत्पादन प्रयोग भइरहेको छ ।”

नेपालमा उत्पादन हुने गुणस्तरीय कर्बस्ट्रोन एक किलोमिटर लाम्बाईमा प्रयोग गर्दा भ्याटबाहेक १२ लाख रुपैयाँ पर्छ । गुणस्तरीय इन्टरलक पेभरको एक किलोमिटर लम्बाइ र दुई मिटर चौडाइका लागि २५.३० लाख रुपैयाँ पर्छ ।

त्यसैगरी इन्टरलक एयरपोर्टका लागि १.५ चौडा र एक किलोमिटर लम्बाइका लागि २५.५० लाख रुपैयाँ भ्याटबाहेक खर्च लाग्नेछ । लक्जरी खालको इन्टरलक फुटपाथ निर्माण गर्दा भ्याटबाहेक प्रतिवर्गमिटरको लागि २५ सय ५३ लाग्ने उत्पादक कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १९, २०७७  १८:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro