site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विप्लवका कार्यकर्ता खोज्‍न गाउँगाउँमा प्रहरीको ‘अपरेसन’
SkywellSkywell

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव हुन् नेत्रविक्रम चन्द ‘विप्लव’ । तर पछिल्लो ३ वर्षयता भूमिगत छन् । उनी सार्वजनिक कार्यक्रममा देखिएका छैनन् तर पार्टीनिकट पत्रकारसँग भने भिडियो अन्तर्वार्तामा देखिँदै आएका छन् । केही दिनअघि मात्रै उनले पार्टीको मुखपत्र ई-रातोखबरलाई एक भिडियो अन्तर्वार्ता दिएका छन् ।

ग्रामीण इलाकाजस्तो लाग्‍ने अन्तर्वार्तास्थलमा उनी भिडियोमा देखिएका छन् । तर सुरक्षाकर्मीलाई भने उनको ‘लोकसन’ खोज्‍न मुस्किल भएको छ । पार्टीका कैयौं शीर्ष नेतालाई पक्राउ गर्न सफल प्रहरी विप्लवसम्म भने पुग्‍न सकेको छैन । सशस्त्र युद्धको तयारीस्वरुप सैन्य तालिम गरिरहेको सूचना सुरक्षा निकायसम्म पुगेको छ ।

KFC Island Ad
NIC Asia

केही समयअघिसम्म विप्लव भारतमा रहेको दाबी गर्दै आएको सुरक्षा निकाय पछिल्लो समय उनी नेपालमै रहेको बताउँदै आएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली विप्लवसम्म पुग्ने सूचना संकलनमा जुटेको छ । स्रोतका अनुसार प्रहरीको विशेष व्युरोको टोलीसमेत सक्रिय छ ।

तर विप्लवले इन्टरनेट, मोबाइललगायत सामग्री प्रयोग नगर्ने भएकाले उनको अवस्था पत्ता लगाउन असहज भएको सुरक्षा निकायको निष्कर्ष छ । एक सुरक्षा अधिकारीले भने, “उनी आफूमात्रै होइन उनको टिममा भएका कसैले पनि मोबाइल, इन्टरनेट प्रयोग गर्दैनन् । उनलाई अति गोप्य टोलीले मात्रै भेट्न पाउँछ । पार्टीकै स्थायी नेताको समेत विप्लवसम्म पुग्‍ने सहज अवस्था देखिएन । तर उनी नेपालको ग्रामीण इलाकामा बस्छन् भन्नेसम्मका सूचना हामीसँग छन् ।”

Royal Enfield Island Ad

आन्तरिक सुरक्षामा विप्लव नेतृत्वको नेकपा नै मुख्य चुनौती रहेको सुरक्षा निकायको निष्कर्ष छ । कतिपय स्थानमा प्रहरी र सो समूहबीच झडपसमेत भएको छ ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले गाउँ-गाउँ र जंगलमा समेत ‘सर्च एन्ड अरेस्ट अपरेसन’ चलाउँदै आएको छ । यस्तै पछिल्लो एक सातायता गाउँ-गाउँमा सो समूहको खोजीका लागि सुरक्षाकर्मीको टोली व्यापक परिचालन भएको छ । खासगरी पहाडी जिल्लाहरुमा सुरक्षाकर्मीको टोली खटिएको छ ।

पार्टीको केन्द्रीय संरचनामा पार्टी महासचिव नेत्रविक्रम चन्दको नियन्त्रणमा रहने गरी पाँच सदस्यीय सचिवालय र तीन सदस्यीय सल्लाहकार समिति छ उदय चलाउनेको कमान्डमा सैन्य ब्युरोसमेत गठन विप्लव समूहले गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार विस्फोटक पदार्थ राखी जनमानसमा त्रास फैलाउनेदेखि चन्दा संकलन कार्यमा काममा विप्लव समूह सक्रिय छ ।
फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७  १०:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro